नेपालमै खोप उत्पादन गर्न सरकारको अनुमति

काठमाडौं, साउन २०। सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको हो । विश्वका विभिन्न देशमा खोप उत्पादनका लागि अनुमति दिने गरिएकाले त्यसको सिको गर्दै नेपालले पनि खोप उत्पादक कम्पनीलाई […]

सम्बन्धित सामग्री

बङ्गलादेश र एडीबीबीच एक अर्ब अमेरिकी डलरको ऋण सम्झौता

काठमाडौं । बङ्गलादेश सरकार र एसियाली विकास बैङ्क (एडीबी)बीच एक अर्ब अमेरिकी डलरभन्दा बढीको ऋण सम्झौतामा मङ्गलबार हस्ताक्षर भएको छ । उक्त ऋणले बङ्गलादेशलाई ऊर्जा दक्षता अभिवृद्धि गर्न, खोप आपूर्ति सुरक्षा सुनिश्चित गर्न, स्वच्छ खानेपानी र सूचना प्रविधि (आईटी)सम्बन्धी पूर्वाधार र प्रणालीहरू विकास गर्न तथा व्यापार करिडोर स्तरवृद्धि गर्न सहयोग गर्नेछ । स्मार्ट मिटरिङ ऊर्जा दक्षता सुधार परियोजनाले आवासीय ग्राहकहरूका लागि छ लाख पचास हजार स्मार्ट प्रिपेड ग्यास मिटर स्थापना गरेर घाटा कम गर्न सरकारको प्रयासलाई सहयोग गर्नेछ । बैंकका अनुसार खोप, थेराप्युटिक्स एण्ड डायग्नोस्टिक्स म्यानुफ्याक्चरिङ एन्ड रेगुलेटरी स्ट्रेन्थेनिङ परियोजनाले गोपालगञ्जमा प्रति पाँच करोड ८० लाख खोप उत्पादन गर्ने क्षमताको एसेन्सियल ड्रग्स कम्पनी लिमिटेड (इडीजीएल) खोप, थेराप्युटिक र डायग्नोस्टिक्स उत्पादन सुविधा र भण्डारण एकाइ स्थापना गर्नेछ ।   परियोजनाले कम्तीमा पाँच फिल–एन्ड–फिनिस खोपका अतिरिक्त बीज बैंक, मास्टर सेल बैंक र वर्किङ सेल बैंक विकास गरेर कम्तीमा दुई पूर्ण–चक्र खोपको निर्माणमा पनि सहयोग गर्नेछ ।  बैंकका अनुसार चट्टोग्राम पहाडी क्षेत्र समावेशी र लचिलो सहरी खानेपानीआपूर्ति तथा सरसफाइ आयोजनाले बन्दरवन, लामा र रङ्गमती सहरमा प्रतिदिन चार करोड ४४ लाख लिटरको कूल क्षमताको पानी प्रशोधन केन्द्र निर्माण गर्नेछ । यस्तै २४ किलोमिटर प्रसारण लाइन पनि निर्माण हुनेछ । साथै तीन सय ४० किलोमिटर नयाँ पानी वितरण नेटवर्क घरपरिवारमा जडान हुनेछ ।  उक्त परियोजनाले मल र ठोस फोहरको प्रशोधन र व्यवस्थापनका लागि दुईओटा एकीकृत व्यवस्थापन सुविधा पनि विकास गर्नेछ । रासस/एजेन्सी

स्वदेशमै कोरोना विरुद्धको खोप उत्पादन गर्ने सरकारको घोषणा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमै कोभिड-१९ भ्याक्सिन उत्पादन नीति ल्याइने बताएकी छिन्। मंगलबार सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै उनले कृषि क्षेत्रलाई विशेष प्राथमिकता लिइने पनि बताइन्।उनले आगामी वर्ष थप २२ हजार दुई २ सय हेक्टर कृषि योग्य जमिनमा सिचाइ सुविधा सरकारले पुर्‍याउने बताइन्। उनले भनिन्,‘तरकारी विषादी परीक्षण,क्वारेन्टिनमा निजीलाई पनि समावेश गरिने छ।’

नेपालमा कोभिड-१९ विरूद्धको खोप उत्पादन सम्भव छ? बनाउन चासो देखाउँदै कर्पोरेट

काठमाडौं। संयुक्त सरकारको न्युनतम साझा कार्यक्रममा खोप उत्पादनका लागि नेपालमै 'भ्याक्सिन ल्याब' स्थापना गर्न पहल गर्ने उल्लेख छ। संयुक्त सरकारका नीति

खोप उत्पादन गर्न नेपालमै भ्याक्सिन ल्याब, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार

काठमाडौँ । सरकार सञ्चालनका लागि सत्ता गठबन्धन आबद्ध पाँच दलले बनाएको कार्यदलले सरकारको प्राथमिकता निर्धारण गर्दै  न्यूनतम साझा कार्यक्रमको खाका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।  कार्यदलले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारको योजना, कार्यक्रम र प्राथमिकता समेटिएको न्यूनतम साझा कार्यक्रमको नौ पेजको खाका बुझाएको हो ।

मन्त्रिपरिषद् बैठक : नेपालमै खोप उत्पादन गर्न अनुमति,भूमि आयोग खारेज

काठमाडौं (अस) । सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको हो । विश्वका विभिन्न देशमा खोप उत्पादनका लागि अनुमति दिने गरिएकाले त्यसको सिको गर्दै नेपालले पनि खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको हो । बंगलादेशले रसियाली खोप उत्पादक कम्पनीलाई आफ्नै देशमा उत्पादनको अनुमति दिएको छ भने भारतले पनि सेरम कम्पनीमार्फत अस्ट्राजेनिकाको कोभिसिल्ड खोप उत्पादन गर्दै आएको छ । नेपालले पनि खोप उत्पादन गर्न चाहने विदेशी कम्पनीलाई स्वीकृति प्रदान गर्नेछ । सरकारले रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । यसअघि रेल विभागले विभिन्न ठेक्कापट्टामा चलखेल गरेको गुनासो सुनिँदै आएको थियो । विशेषगरी काँकडभिट्टादेखि सुनसरी–इनरूवासम्मको रेलवे लाइनसम्बन्धी ठेक्कामा चलखेल भएको बताइँदै आएको छ । सरकारले उनलाई पदबाट हटाउने योजनाका साथ स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । विभागमा बसेर उनले प्रभावकारी काम नगरेको, अनावश्यक ठेक्कापट्टामा मात्रै ध्यान दिएको आरोप सरकारको छ । त्यस्तै सरकारले उनको आचरणमा समेत प्रश्न उठाएको छ । मंगलवारकै मन्त्रिपरिषद् बैठले भूमिसम्बन्धी आयोग पनि खारेज गरेको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो । भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमिसम्बन्धी आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोवासीहरूको लगत संकलन गरिरहेको थियो ।

नेपालमा खोप उत्पादन गर्न अनुमति दिने सरकारको निर्णय

न्युज अफ नेपाल, काठमाडौं । नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिने सरकारले निर्णय गरेको छ । सरकारले खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले जनाकारी दिए । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको बताइएको छ ।

नेपालमा खोप उत्पादक कम्पनीलाई अनुमति दिने सरकारको निर्णय

सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले बताए । विश्वका विभिन्न देशमा खोप उत्पादनका लागि अनुमति दिन गरिएको हुनाले त्यसको सिकेका गर्दै नेपालले पनि खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको हो । जस्तै बंगलादेशले रसियन खोप उत्पादक कम्पनीलाई आफ्नै देशमा उत्पादनको अनुमति दिएको

साउन ६ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले निःशुल्क खोप उपलब्ध गराउन खोप उत्पादन गर्ने कम्पनीहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साढे चार बजेबाट बैठक जारी रहेको छ । मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेर निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिएका छन् । ‘सम्भव त संसद अधिवेशन अन्त्य गर्नेबारेमा छलफल र नि

सरकारले नसके हामी खोप खरिद गर्छौं : मन्त्री राई

काठमाडौं। प्रदेश सरकारलाई अनुमति भए खोप खरिद गर्न सकिने प्रदेश–१ सरकारका सामाजिक विकासमन्त्री उषाकला राईले बताएकी छन्। केन्द्र सरकारको खोप खरिद गर्ने प्रक्रिया ढिलो भइरहेको छ। त्यसैले हामीसँग सम्पर्कमा रहेका खोप सप्लाइ गर्ने कम्पनी,एनआरएन र खोप उत्पादन गर्ने कम्पनीसँग समन्वय गरेर खरिद गर्न सकिने उनले बताइन्। "संघीय सरकारको अनुमति भए हामीले खोप खरिदको प्रयास थाल्न सक्छौं", उनले भनिन्।