संविधानअनुसार समयमै निर्वाचन हुँदा लोकतन्त्र संस्थागत

संविधानसभाबाट जारी भएको विसं २०७२ को संविधानअनुसार दोस्रो संसदीय निर्वाचन समयमै हुने वातावरणले नेपालमा लोकतन्त्रको संस्थागत विकासमा सहयोग पुगेको छ । यसअघिका संविधानअनुसार समयमै आवधिक निर्वाचन नहुँदा लोकतान्त्रिक व्यवस्था धरापमा परेकामा यसपटक भने समयमै निर्वाचनको वातावरण बनेकामा पेशागत संस्थाले खुसी व्यक्त गरेका छन् ।अवधि नसकिई दुईपटक विघटन गरिएको प्रतिनिधिसभा सर्वोच्च अदालतले गरेको संविधानको व्याख्याका कारण समयमा दोस्रो निर्वाचन हुने वातावरण बनेको हो । नेपाल प्राध्यापक सङ्घका अध्यक्ष प्रा डा रमे

सम्बन्धित सामग्री

संविधानअनुसार समयमै निर्वाचन हुँदा लोकतन्त्र संस्थागत

संविधानसभाबाट जारी भएको विसं २०७२ को संविधानअनुसार दोस्रो संसदीय निर्वाचन समयमै हुने वातावरणले नेपालमा लोकतन्त्रको संस्थागत विकासमा सहयोग पुगेको छ ।

‘पैसा तिर्न र नेता रिझाउन सक्नेहरु समानुपातिकमा परे’

समानुपातिक पद्धतिका नाममा दलहरुले जस्तो अभ्यास गरिरहेका छन्, त्यसले लोकतान्त्रिक व्यवस्थामाथि नै मजाक भइरहेको छ । यो प्रवृत्तिमा सुधार गर्न नसक्ने हो भने हामीले प्राप्त गरेको लोकतन्त्र संस्थागत हुनसक्दैन ।

राजनीतिमा युवा र महिला आकर्षण

लोकतन्त्रको आधारशीला आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, व्यवस्थापिका–संसद् र क्रियाशील कार्यपालिका हुन्। लोकतन्त्र संस्थागत गरी कानुनी राज्यद्वारा आम नागरिकका आवश्यकता पूर्ति गर्नु आधुनिक समाजको आवश्यकता हो। लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो, जसले सम्पूर्ण देशवासीलाई स्वतन्त्रपूर्वक जीवनयापन, व्यापार–व्यवसाय तथा सम्पूर्ण मौलिक हक सुनिश्चित भएको अनुभूति प्रदान गर्छ। र, यसको मुख्य आधारशीला नै आवधिक निर्वाचन हो, जहाँ आम नागरिकले स्वच्छन्द ढङ्गबाट आफ्नो मताधिकार प्रयोग गरी विकासको मूलप्रवाहीकरणमा सहभागिता जनाउन सक्छन्।

पाँचदलीय गठबन्धन कायम रहन्छ : जसपा अध्यक्ष यादव

जनता समाजवादी पार्टीका अध्यक्ष एवम पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन सम्म पनि पाँच दलीय गठबन्धन कायम रहने बताउनु भएको छ । प्रेस मञ्च धनुषाले बुधबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले पाँच दलीय गठबन्धन भित्रमा विभिन्न खालका कमि कमजोरी भएपनि लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठन भएको पाँच दलीय गठबन्धन लामो समय सम्म चलिरहने पक्षमा आफुहरु सदैव रहेको बताउनुभयो । उहाँले पाँच दलीय गठबन्धनले लोकतन्त्र संस्थागत गर्नमा अहम भूमिका खेलेको भन्दै दलहरुले अनेक त्रुटिका बावजुद पाँच दलीय गठबन्धनलाई कायम राख्नु पर्ने धारणा राख्नुभयो ।

लोकतन्त्र संस्थागत गर्न स्थानीय निर्वाचन महत्वपूर्ण: पूर्वप्रधानमन्त्री खनाल

गृहजिल्ला इलामको सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै खनालले स्थानीय सरकारले पूर्वाधारदेखि नागरिकका सबैखाले समस्या समाधानमा सघाउने बताए।...

लोकतन्त्र संस्थागत गर्न आवधिक निर्वाचन

आवधिक निर्वाचनले लोकतन्त्रको संस्थागत विकासमा महìवपूर्ण टेवा पुुग्ने भन्दै संविधान तथा निर्वाचन विज्ञहरूले स्थानीय तह निर्वाचनको मिति सरकारले घोषणा गरेकोमा स्वागत गर्नुभएको छ । विज्ञहरूले निर्धारित मितिमै चुनाव गराउन सम्बन्धित सबै निकायले आ–आफ्नो स्तरबाट सहयोग गर्नुपर्ने पनि बताउनुभएको छ ।

राजनीतिक तटस्थताको भाष्य

गएको साता केही अमेरिकी टेलिभिजनहरूले सत्ताबाट बिदा हुँदै गरेका आफ्ना राष्ट्रपति ट्रम्पको प्रत्यक्ष प्रसारण बोल्दाबोल्दै काटे । हुन पनि ट्रम्पको लगातारको अनियन्त्रित अभिव्यक्तिले उहाँको पदीय मर्यादा पटक्कै राख्न सकेको छैन र उहाँ संसारलाई नयाँ दृष्टान्त प्रस्तुत गर्दै हुनुहुन्छ । यही क्रममा उहाँले जनमत र निर्वाचन प्रक्रियाकै बेवास्ता र अपमान गर्दै सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभयोे– मैले चुनाव जितेँ । तर, ट्वीटरले नै उहाँको ट्वीटको मुनि नोट राखिदियो, विविध स्रोतहरूले यो चुनावलाई अर्कै ढङ्गले चित्रण गरेका छन् । अनि त्यही नोटमा क्लिक गर्दा बाइडेनले निर्वाचन जितेको समाचारमा पुगिने प्रबन्ध गरिदियो । राष्ट्रपति कार्यालयको बाहिर जाने ढोका अगाडि पुग्नुभएको ट्रम्पका अभिव्यक्तिहरूले राजनीतिमा शक्तिसँगै आधिकारिकता स्थापित हुने पत्रकारिताको सामान्य मान्यता लोकतन्त्र संस्थागत भएको मुलुकमा भने खण्डित पनि हुन सक्ने प्रस्ट देखाएको छ । अप्र्रिmकाका कैयन पिछडिएका मुलुकमा निर्वाचन हारेपछि शक्ति परिचालन गरेर सत्तामा टिकिरहने शासकहरू देखिएका थिए । त्यसैले कुनै कमजोर लोकतन्त्र भएको मुलुकमा भएको भए ट्रम्पको अवस्था अर्कै हुने थियो । ट्रम्पले सामाजिक सञ्जालमा एक–एक पङ्तिको अनियन्त्रित आक्रोश व्यक्त गरिरहेकै बेला पूर्वराष्ट्रपति बाराक ओबामाले भने उहाँप्रतिको सारा क्रोधलाई आफ्नो पुस्तकमा व्यवस्थित रूपमा उन्नुभएको छ । सामाजिक सञ्जालमा अन्धाधुन्ध लेखेरमात्र आफ्नो कुरा स्थापित हुँदैन भन्ने कुरा उहाँको पुस्तकले एक साताभन्दा कम समयमा पाएको वाहवाहीबाटै प्रस्ट भएको छ । एकातिर ट्रम्प, जो हारेको चुनावमा मैले जितेँसम्म लेख्नुहुन्छ । उहाँको लेखाइले ट्वीटरलाई नै लाज लाग्छ, ट्वीट हटायो भनेर रोइकराइ गर्लान् भनेर हुन सक्छ, उहाँलाई झनै नाङ्गो बनाउनेगरी टिप्पणी थपिदिन्छ । अर्कोतिर ओबामा, जो चार वर्षको मेहनतपछि सात सय पृष्ठको आफ्नो आत्मकथा लिएर आउनुहुन्छ । इतिहासलाई मूल्याङ्कनको दायित्व सुम्पेर जनताका सामु आफ्नो वृत्तान्त पस्कनुहुन्छ । टाइविना कोट लगाएको हँसिलो अनुहार आवरणमा समेटिएको छ । आवरणको अन्तरनिहित सन्देश प्रस्ट छ, उहाँ आफ्नो सरल र सामान्य छवि देखाउन चाहनुहुन्छ ।

चुनावसम्बन्धी सकारात्मक सन्देश दिने समाचार सम्प्रेषण गर्न आवश्यक

काठमाडौं, कात्तिक ७ – निर्वाचन आयुक्त इला शर्माले स्वच्छ र सत्यतथ्य समाचार सम्प्रेषणबाटै लोकतन्त्र संस्थागत हुने भएकाले चुनावनसम्बन्धी समाचार जि...