पाँचदलीय गठबन्धन कायम रहन्छ : जसपा अध्यक्ष यादव

जनता समाजवादी पार्टीका अध्यक्ष एवम पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन सम्म पनि पाँच दलीय गठबन्धन कायम रहने बताउनु भएको छ । प्रेस मञ्च धनुषाले बुधबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले पाँच दलीय गठबन्धन भित्रमा विभिन्न खालका कमि कमजोरी भएपनि लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठन भएको पाँच दलीय गठबन्धन लामो समय सम्म चलिरहने पक्षमा आफुहरु सदैव रहेको बताउनुभयो । उहाँले पाँच दलीय गठबन्धनले लोकतन्त्र संस्थागत गर्नमा अहम भूमिका खेलेको भन्दै दलहरुले अनेक त्रुटिका बावजुद पाँच दलीय गठबन्धनलाई कायम राख्नु पर्ने धारणा राख्नुभयो ।