गौतमबुद्ध विमानस्थलमा ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण

१४ कात्तिक, बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मारमा बनेको ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण गरिएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलको प्रवेशद्वारामा उक्त बुद्ध मूर्तिको अनावरण गरेकी हुन् । साढे २ अर्ब मूल्यको बुद्धमूर्तिको तौल एक हजार आठ सय किलो तथा उचाइ १.९ मिटर र चौडाइ ६० सेन्टिमिटर रहेको छ । बहुमुल्य धातु ‘ह्वाइट […]

सम्बन्धित सामग्री

गौतमबुद्ध विमानस्थल : अन्तरराष्ट्रिय उडान बन्द हुँदा किस्ता तिर्न समस्या

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल (जीबीआईए)मा अहिले अन्तरराष्ट्रिय उडान बन्द छ । भैरहवास्थित उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्दै आएका हिमालय एयरलाइन्स र जजिरा एयरलाइन्सले १ महीनादेखि उडान बन्द गरेका छन् । ७ महीना सञ्चालन भएको यो विमानस्थलबाट मङ्सिर २९ गतेबाट हिमालय र पुस ६ गतेबाट जजिराले उडान बन्द गरेका हुन् । त्यसयता उक्त विमानस्थलमा अन्तरराष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थल कार्यालयका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । ‘आन्तरिक उडानबाट वार्षिक ३५ करोड रुपैयाँसम्म आम्दानी हुन्छ,’ दाहालले भने, ‘यसले सामान्य खर्च व्यवस्थापन भए पनि विदेशी ऋणको साँवा/ब्याज तिर्न गाह्रो हुने देखिन्छ ।’ उनका अनुसार अहिले साँवा र ब्याज गरेर वार्षिक ४० करोड रुपैयाँ किस्ता तिर्नुपर्छ । ऋण संरचनाअनुसार यो विमानस्थलमा लिइएको ऋणको साँवाब्याज ६/६ महीनामा भुक्तानी गर्नुपर्छ, जसअनुसार यो विमानस्थलले अन्तरराष्ट्रिय उडानबाट मात्रै आम्दानी गरेर मासिक ३ करोड ३३ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिन्छ । विमानस्थल सञ्चालनमा आएको पहिलो वर्ष दैनिक एउटा अन्तरराष्ट्रिय उडान हुने प्रक्षेपण गरिएको उनको भनाइ छ । यो विमानस्थलमा एशियाली विकास बैंक (एडीबी), ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओएफएफआईडी)सहितका विकास साझेदार संस्थाको लगानी छ । तराईका विमानस्थलमा हिउँदको समयमा मौसम प्रतिकूल हुँदा बिहानपखको उडानमा ढिलाइ हुने समस्या पुरानै भए पनि यो विमानस्थलमा मौसमकै कारण उडान/अवतरणमा समस्या नहुने अर्थात् कम भिजिबिलिटीमा पनि अवतरण गर्न सक्ने प्रविधि जडान गरिएको छ । कम भिजिबिलिटी (८०० देखि ९०० मीटर)मा पनि जहाज अवतरण हुन सक्ने आईएलएफ (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) प्रविधि जडान भए पनि सुचारु हुन भने सकेको छैन । विमानस्थल सञ्चालनमा आएको ७ महीना र अहिले बन्द भएको १ महीना गरी ८ महीना हुँदासम्म भारतले आईएलएफ सुचारु गर्ने अनुमति नदिएको दाहालको भनाइ छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मुलुकका विमानस्थलहरूमा जहाज अवतरण हुनका लागि भिजिबिलिटी १६ सय मीटर र २ हजार मीटरसम्म हुनुपर्छ । २ खाले इन्जिन भएका जहाज अवतरणका लागि छुट्टाछुट्टै भिजिबिलिटी हुनुपर्छ । जेट इन्जिन भएका विमानका लागि भिजिबिलिटी २ हजार मीटर आवश्यक हुन्छ । प्रोपेलर इन्जिन भएका विमानका लागि भने १६ सय मीटर भिजिबिलिटी चाहिन्छ । दाहालका अनुसार मौसम प्रतिकूलता र यात्रु कम हुँदा विमानस्थलमा अन्तरराष्ट्रिय उडान हुन नसकेको हो । गौतमबुद्धबाट मलेशियाको क्वालालम्पुरसम्म चार्टर्ड उडान गर्दै आएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने यात्रु नै नहुँदा अन्तरराष्ट्रिय उडान बन्द गरिएको बताए । यात्रु पर्याप्त भएमा उडानमा समस्या नभएको उनको भनाइ छ । विमानस्थल सञ्चालनमा आएसँगै श्रम कार्यालय, वैदेशिक रोजगार विभाग, स्वास्थ्य जाँचजस्ता एकाइहरू पूर्णरूपमा सञ्चालन नहुँदा यात्रुहरू काठमाडौं गएर पुनः गौतमबुद्धमा आउनुपर्ने बाध्यता रहेको दाहालको भनाइ छ । ‘मुख्य समस्या अहिले भिसा सेन्टर, मेनपावर, स्वास्थ्य परीक्षणको हो,’ दाहालले भने, ‘यो आन्तरिक समस्या भयो, अर्को प्रमुख पक्ष भनेको हवाई रूटकै हो ।’ सीधा हवाई रूट उपलब्ध नहुँदा सिमरा पुगेर गौतमबुद्ध विमानस्थलमा जहाज आउँदा काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभन्दा १५ मिनेट टाढा पर्छ ।’ यसैगरी भारतीय नागरिकहरूले सीधा यो विमानस्थलमा आएर अहिले पनि उडान गर्न पाउँदैनन् । भारत सरकारले आफ्ना नागरिकलाई यो विमानस्थलबाट अन्य विदेशी गन्तव्यमा जानका लागि चाहिने अनुमति नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) दिएको छैन, जसले गर्दा भारतीय यात्रु यो विमानस्थलबाट उडान गर्न नमिल्ने उनको भनाइ छ । पश्चिम नेपालबाट विदेश यात्रा गर्ने तथा वैदेशिक रोजगारीका लागि जाने यात्रु पनि यहाँबाट बाहिर नजाँदा र सीमावर्ती क्षेत्रका भारतीय यात्रुले यो विमानस्थल प्रयोग गर्न नमिलेपछि यात्रु संख्या कम भएको उल्लेख गरिएको छ । उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान भएयता नोभेम्बर अर्थात् मध्य मङ्सिरसम्ममा २५ हजार ४८१ जना यात्रुले सेवा लिएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार २ सय १९ पटक जहाज उडान/अवतरण (फ्लाइट मुभमेन्ट) हुँदा ती यात्रुले सेवा लिएका हुन् । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल तराईमा पर्ने र मौसम खराबीकै कारण उडान बन्द भएको बताए । यद्यपि फेब्रुअरी २ देखि जजिराले उडान सञ्चालन गर्ने उनको भनाइ छ । यस्तै मार्च सकिएपछि ‘समर सेड्युल’ लागू हुने भन्दै उनले यो सेड्युलमा नेपाल वायुसेवा निगमसहित हिमालय, कतार एयरवेज, फ्लाई दुबईले उडान गर्ने विश्वास व्यक्त गरे ।

जजिरा एयरवेजले कतारको दोहाबाट पनि गौतमबुद्ध विमानस्थलमा नियम उडान भर्ने

काठमाण्डौ – कुवेतपछि जजिरा एयरवेजले खाडीको अर्को देश कतारबाट पनि गौमतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उडान भर्ने भएको छ । जेठ २ गते नै विमानस्थलको औपचारिक उद्घाटनका दिनदेखि नै कुवेतबाट उडान भर्ने तालिका सार्वजनिक गरिसकेको जजिरा एअरले कतारको दोहाबाट पनि आउँदो १२ जुन अर्थात् जेठ २९ गतेदेखि उडान भर्ने भएको हो ।  एयरलाइन्सले दोहाबाट गौतमबुद्ध विमानस्थल हप्ताको तीन वटा उडान भर्नेछ । कतारबाट टिकट लिनका लागि थप जानकारी चाहिएमा कतारस्थित सम्पर्क कार्यालयमा ४४२७१०१० तथा ३०७०१०४२ मा सम्पर्क गर्न सकिन्छ । ज...

गौतमबुद्ध विमानस्थल जेठ २ गतेदेखि सञ्चालनमा आउने

काठमाडौं । नेपालको दोश्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आगमी जेठ २ गते बुद्ध पूर्णिमाको दिनदेखि विधिवत रुपमा सञ्चालनमा आउने भएको छ । हालै निर्माण सम्पन्न सो विमानस्थलमा उडान र अवतरण जाँच्नका लागि नेपाल वायु सेवा निगमको वाइडबडी विमानले सफलतापूर्वक परीक्षण उडान गरेको छ । नेपाल वायु सेवा निगमले नेपालकै दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलमा अपेरशनल […]

वैशाख १ गते गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान

काठमाडौं (अस) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ सफल भएपछि परीक्षण उडानको तयारी थालिएको छ । विमानस्थलमा वैशाख १ गते परीक्षण उडानको तयारी गरिएको हो । थाइल्याण्डको एरो थाईले १० दिनसम्म गरेको क्यालिब्रेशन फ्लाइट सफल भएको प्रारम्भिक प्रतिवेदन आयोजनालाई दिएको छ । उक्त एयरलाइन्सले सोमवार क्यालिब्रेशन फ्लाइटका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुखहरूलाई विस्तृत जानकारी गराएको छ । यद्यपि प्रारम्भिक प्रतिवेदन बुझाएको एरो थाईले अबको १ सातामा अन्तिम प्रतिवेदन बुझाउने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । एरो थाईले अन्तिम प्रतिवेदन दिएलगत्तै उक्त विमानस्थलमा भन्सार, अध्यागमनका कार्यालयका साथै ग्राउण्ड ह्याण्डलिङ र कार्गाेको व्यवस्थापनका लागि संरचना विकास गरिने दाहालले बताए । एरो थाईले फाइनल प्रतिवेदन बुझाएपछि आयोजनाले परीक्षण उडान र व्यावसायिक उडानका लागि आवश्यक तयारीका लागि गृहकार्य अघि बढाउने पनि उनले जानकारी दिए । फागुन ६ गतेदेखि १५ गतेसम्म एरो थाईले उक्त विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गरेको थियो । उक्त उडानबाट परीक्षण उडान र व्यावसायिक उडान गर्न सकिने प्रारम्भिक निष्कर्ष आएकाले अन्य तयारी शुरू गर्न लागिएको उनको भनाइ छ । क्यालिब्रेशन फ्लाइटका क्रममा समस्या नभएपछि आयोजनाले परीक्षण उडानको समय तोकेको हो । परीक्षण उडानपछि जेठ २ गतेदेखि व्यावसायिक उडान गरिने उनले बताए । परीक्षण उडान सफल भएलगत्तै प्राधिकरणले अन्तरराष्ट्रिय उडानका लागि अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीहरूलाई निवेदन दिन आह्वान गर्नेछ । निर्माण शुरू गरेको झन्डै ७ वर्षमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न भएको हो । आन्तरिक विमानस्थलको रूपमा रहेको उक्त विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न थप ५०० बिघा जग्गा अधिग्रहण गरिएको थियो ।

गौतमबुद्ध विमानस्थलमा जनशक्ति व्यवस्थापन

काठमाडौं । क्यालिब्रेशन र त्यसलगत्तै नियमित उडानको तयारी भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि कर्मचारी व्यवस्थापनको तयारी शुरू भएको छ ।  हालसम्म ९९ प्रतिशत काम सम्पन्न भइसकेको विमानस्थल सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले महाप्रबन्धक (एमडी) नियुक्त गरिसकेको छ । प्राधिकरणले गौतमबुद्ध विमानस्थलको महाप्रबन्धकका रूपमा माघ २ गते नै गोविन्दप्रसाद दाहाललाई नियुक्त गरेर पठाएको छ । २ गतेदेखि नै महाप्रबन्धक दाहाल विमानस्थलमा पुगेका छन् । उक्त विमानस्थल व्यवस्थापनका लागि १५१ जना कर्मचारीको दरबन्दी छ भने हाल उक्त विमानस्थलमा महाप्रबन्धकसहित ३४ जना कर्मचारी नियुक्त भइसकेका छन् । केन्द्रीय कार्यालय प्राधिकरणले आन्तरिक तथा खुलाबाट कर्मचारी पदस्थापना गर्दै छ । नवनियुक्त महाप्रबन्धक दाहालले अहिले सबै कर्मचारी नभए पनि बढीमा ३० जना कर्मचारी तुरुन्तै आवश्यक पर्ने जानकारी दिए । उनले रेडियो, मेकानिकल, कम्प्युटर, फायर क्षेत्रतर्फ तुरुन्तै कर्मचारी आवश्यक हुने बताए । सञ्चालनोन्मुख उक्त विमानस्थलमा क्यालिब्रेशन उडान छिट्टै हुने भएकाले पनि तुरुन्त कर्मचारी पदस्थापना आवश्यक देखिएको हो । जनवरी २२ अर्थात् शनिवार एरो थाइको टोली नेपाल आउने तयारी गरेको उनले जानकारी दिए । विमानस्थलमा क्यालिब्रेशन उडानका लागि थाइल्यान्डको उक्त कम्पनीसँग प्राधिकरणले सहमति गरिसकेको छ । सरसफाइ, ट्रली अपरेटरलगायत जनशक्ति पनि राख्ने गरी प्राधिकरणले तयारी गरेको छ । २०७१ मा गौतमबुद्ध विमानस्थल निर्माण शुरू गरिएको हो । करीब ७ वर्षमा सम्पन्न भएको उक्त राष्ट्रिय गौरवको आयोजनालाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन थप ५०० बिगाहा जग्गा अधिग्रहण गरिएको थियो । जग्गाको मुआब्जामा रू. २२ अर्ब खर्च भइसकेको उक्त आयोजनामा विमानस्थल निर्माणतर्फ र इक्वीप्मेन्टतर्फ हुने रू. ७ अर्ब लगानीमध्ये हालसम्म रू. २ अर्ब मात्रै भुक्तानी हुन बाँकी छ । झन्डै साढे ६ दशकको पर्खाइपछि नेपालले दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध विमानस्थललाई सञ्चालन गर्दै छ । यद्यपि कोरोना भाइरसका कारण निर्माण सम्पन्न हुन ढिलाइ भएको विमानस्थलको अहिले कोरोनाकै कारण परीक्षण तथा क्यालिब्रेशन उडानको मिति पनि पटकपटक सारिँदै आएको छ । निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको यो विमानस्थल प्राधिकरण आफैले सञ्चालन गर्ने कि निजीक्षेत्रलाई दिने भन्ने विषयमा अभैm निर्णय भएको छैन । विमानस्थल सञ्चालनको मोडालिटीका विषयमा प्राधिकरणले गृहकार्य गरिरहेको बताएको छ ।

गौतमबुद्ध विमानस्थलमा एरो थाईले 'क्यालिब्रेशन फ्लाइट' गर्ने !

काठमाण्डाै – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्न थाइल्यान्डकाे एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौताअनुसार एरो थाईलाई क्यालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ । क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकर...

गौतमबुद्ध विमानस्थलमा एरो थाईले यान्त्रिक परीक्षण उडान गर्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा …