लुम्बिनी सरकारको अलमल– मुख्यमन्त्रीको काँधमा मन्त्रालयको भारी, न त मन्त्री, न छन् कर्मचारी !

चार दलीय गठबन्धन र एमालेभित्र खेलेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका कूलप्रसाद केसी अनिर्णयको बन्दी बनेका छन् । आठ महिनाका लागि मुख्यमन्त्री बनेका केसीले ४५ दिनको समय त्यसै फालेका छन् । उनले २८ साउनमा शपथ लिएका थिए । केसीले डेढ महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन समेत सकेका छैनन् ।  मुख्यमन्त्री केसीको अलमलले प्रदेश सरकार कुहिरोमा हराएको कागजस्तै भएको छ । यसलाई प्रदेशका नेताहरूले मुख्यमन्त्रीको अक्षमता भन्न थालेका छन् । १५ सदस्यीय मन्त्रीमण्डल बनाएका केसीको काँधमा ९ वटा मन्त्रालय छन् । मन्त्रालय फुटाएर &lsquo...

सम्बन्धित सामग्री

मन्त्री मनाङेद्धारा पिटिएका कर्मचारी भन्छन्, एक्कासि लात्ताले हान्नु भो

मंगलबार दिउँसो कार्यालय समय सकिने बेलामा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका अधिकृतस्तर आठौं तहका कर्मचारी प्रकाश ओझालाई कार्यकक्षमा बोलाई हातपात गरेका थिए । कर्मचारी ओझाले मन्त्रीले आफूलाई तथानाम गालीगलौज गरी हातपात गर्ने प्रयास गरी आफ्नो आत्मसम्मानमा चोट पु-याएको गुनासो गरेका छन् । सो घटनापछि मोबाइल […] The post मन्त्री मनाङेद्धारा पिटिएका कर्मचारी भन्छन्, एक्कासि लात्ताले हान्नु भो appeared first on राजधानी राष्ट्रिय दैनिक.

गण्डकीका मन्त्री मनाङेले कर्मचारी कुटे

गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् ।‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’ कुटिएका भनिएका कर्मचारी ओझाको फोन स्विच अफ छ । घटना के कारणले भएको भन्ने पनि खुलेको छैन ।‘भनाभन भएको हो भन्ने सुन

म रकेटको स्पीडमा छु, कर्मचारी थोत्रा ट्वीनटर जस्ता छन् : मन्त्री प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले कर्मचारी प्रशासनको सुस्तताको कारण भनेजस्तो काम गर्न नसकिरहेको गुनासो गरेका छन् । बुधबार नेपाल पर्वतारोहण संघले आयोजना गरेको एक कार्यक्रममा मन्त्री आलेले आफ्नो स्पीड रकेटजस्तो र कर्मचारी थोत्रा ट्वीनटरजस्तो भएको बताएका हुन् ।पर्वतीय पर्यटन मजदुरका लागि जापानको निप्पोन फाउण्डेसनले गरेको सहयोग रकम स्वीकार गरी वितरण गर्नेबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री आलेले कर्मचारी संयन्त्रले पूर्ण सहयोग नगरेको गुनासो गरेका हुन् । आफूले पर्यट

कर्मचारी व्यबस्थापन हुन्छ: मन्त्री बराल

गण्डकी, २९ कात्तिक: गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने जानकारी दिएका छन् । अर्थ मन्त्रालयद्वारा आइतबार मुस्ताङमा आयोजित बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तत्र्रिmया एवं छलफल कार्यक्रममा उनले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेको हुँदा छिट्टै कर्मचारी व्यवस्थापन गर्ने बताए । उनले भने “ सङ्घीय सरकारले प्रदेशमा आवश्यक […]

छिट्टै कर्मचारी व्यबस्थापन हुन्छ– मन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने जानकारी दिएका छन् । अर्थ मन्त्रालयद्वारा आइतबार मुस्ताङमा आयोजित बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तत्र्रिmया एवं छलफल कार्यक्रममा उहाँले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेको हुँदा छिट्टै कर्मचारी व्यवस्थापन गर्ने बताए । उनले भने, “ सङ्घीय सरकारले प्रदेशमा आवश्यक पर्ने कर्मचारी व्यवस्थापन गर्न नसक्दा र प्रदेशले लोकसेवा आयोग ढिलो ल्याउँदा कर्मचारी व्यवस्थापन गर्न कठ

मन्त्री छैनन् तर कर्मचारी सरुवाको चटारो

काठमाडौं, साउन ३०। सरकारले प्रशासन सुधार र नीतिगत तहको सुधारभन्दा पनि कर्मचारी सरुवालाई उच्च प्राथमिकता दिन थालेको पाइएको छ । कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन तर्जुमाका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने सरकार अहिले कर्मचारी सरुवाजस्ता ससाना विषयमा नै अल्झन पुगेको आरोप प्रशासकको छ । एक महिनाको अवधिमा सरकारले दुईपटक गरी […]

मन्त्री छैनन् तर कर्मचारी सरुवाको चटारो

सरकारले प्रशासन सुधार र नीतिगत तहको सुधारभन्दा पनि कर्मचारी सरुवालाई उच्च प्राथमिकता दिन थालेको पाइएको छ । कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन तर्जुमाका लागि महŒवपूर्ण भूमिका खेल्नुपर्ने सरकार अहिले कर्मचारी सरुवाजस्ता ससाना विषयमा नै अल्झन पुगेको आरोप प्रशासकको छ । एक महिनाको अवधिमा सरकारले दुईपटक गरी दर्जन बढी सचिवको सरुवा गरिसकेको छ भने सहसचिवहरूको सरुवा गर्ने क्रम पनि जारी राखेको छ ।कर्मचारी सरुवामा कुनै मापदण्ड छैन । सत्तासीन दलका नेता तथ

नेपालको निजामती कर्मचारी प्रणाली दोषपूर्ण छ : मन्त्री त्रिपाठी

२४ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले नेपालको निजामती कर्मचारी प्रशासन दोषपूर्ण रहेको बताएका छन् । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहेका मन्त्री त्रिपाठीले प्रशाासन समूहका निजामती कर्मचारी आवश्यकता भन्दा ७० प्रतिशत बढी रहेको दाबी गरे । ‘म बडा स्पष्टताका साथ अनुभवका आधारमा भन्दैछु, हाम्रो निजामती कर्मचारी प्रणाली दोषपूर्ण छ । […]