काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आबद्ध दलहरू मिलेर अघि बढ्नु आवश्यक रहेको बताउनुभएको छ । आज आइतवार काठमाण्डाैमा आयोजित काठमाण्डाै क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा आबद्ध दलहरू मिलेर अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको जिकिर गर्दृ राजनीतिक स्थायित्वका लागि सबै पार्टी एक हुन आवश्यक रहेको बताउनु भयो । उहाँले चुनावमा कुनै एक पार्टीको बहुमत...