चितवन–२ को उपनिर्वाचन, रविको प्रतिस्पर्धी को ?

काठमाडौं। नागरिकतासम्बन्धी मुद्दामा रवि लामिछाने पदमुक्त भएपछि रिक्त चितवन २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा आकांक्षीहरुले टिकटको लागि पार्टीभित्र लविङ थालेका छन्। उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंसिर ४ मा यही क्षेत्रबाट निर्वाचित रवि लामिछाने चुनावको तयारीमा लागिसकेका छन्। उनी रास्वपाबाट निर्विकल्प उम्मेदवार हुन्।

सम्बन्धित सामग्री

चितवन २ को उपनिर्वाचन : कांग्रेसबाट उम्मेदवारका लागि ११ जना सिफारिस

६ चैत, चितवन । चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १२ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार आकांक्षी ११ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ । गत निर्वाचनमा पराजय भोगेका कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठसहित जिल्ला पार्टी सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, देवेन्द्र गुरूङ, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन […]

आम जनता पार्टीले चितवन- २ को उपनिर्वाचन बहिष्कार गर्ने

काठमाडौँ – आम जनता पार्टीले चितवन- २ मा उपनिर्वाचन गर्ने निर्णय नसच्याए बहिष्कार गर्ने चेतावनी दिएको छ। प्रभु साह अध्यक्ष रहेकाे उक्त पार्टीले शनिबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई पक्षपाती, द्वेष र हतारो भएको र त्यसलाई नसच्याए उपनिर्वाचनमा भाग नलिने जनाएको हाे। पार्टीले अघिल्लो प्रतिनिधिसभामा एक दर्जन स्थानमा रिक्त हुँदा उपनिर्वाचनका लागि […]

चितवन २ लाई उम्मेदवार छान्न रास्वपाले बोलायो केन्द्रिय समिति वैठक

निर्वाचन आयोगले १० वैशाखमा चितवन २ मा उपनिर्वाचन गर्ने घोषणा गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ ।  आज (सोमवार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकले उम्मेदवारको ...

सत्ता गठबन्धनमा लामिछानेको माग- चितवन-२ को उपनिर्वाचन मिति छिटो तोकियोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा उपनिर्वाचनको मितिबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ राजनीतिक दलका नेताहरूको आइतबारको बैठकमा लामिछानेले चितवन-२ को उपनिर्वाचन चाँडो हुनुपर्ने माग गरेका हुन् ।

चितवन २ मा उपनिर्वाचन मिति छिट्टै तोकिने

चितवन क्षेत्र नं. २ बाट निर्वाचित रवि लामिछानेको नागरिकता कायम नरहेको फैसलापछि उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य कायम नरहेपछि सो क्षेत्रमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले लामिछाने नेपालको नागरिक कायम नरहेको सर्वोच्चले फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुने बताउनुभयो । निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेपछि सो …

चितवन २ मा उपनिर्वाचन कहिले ?

रवि लामिछानेको सांसद पद खारेजसँगै उनी निर्वाचित भएको चितवन २ मा कहिले उपनिर्वाचन हुन्छ–  प्रश्न उठेको छ । तर,

चितवन २ मा रास्वपाका लामिछानेलाई अग्रता

चितवन २ को उपनिर्वाचन मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता लिनुभएको छ । पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका वडा १ र ३ को गणना सकिँदा लामिछानेले ११५५ मत प्राप्त गर्नुभएको छ ।

चितवन–२ मा उपनिर्वाचन

सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने नेपालको नागरिक कायम नरहेको फैसला गरेपछि चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुनेछ ।