एकीकृत समाजवादीमा गएका वडा अध्यक्ष चौधरी एमाले मै फर्किए

रौतहट : नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पासपत चौधरी पुनः नेकपा (एमाले)मै फर्किएका छन्। उनले आइतबार आफू एमाले मै रहेको घोषणा गरेका हुन। यसअघि उनले एकीकृत समाजवादीमा सनाखत गरेका थिए।पार्टी कार्यालय चन्द्रनिगाहपुरमा आयोजित नगर कमिटिको बैठकमा चौधरीले एकीकृत समाजवादीमा सनाखत गरे पनि पुनः एमालेमै फर्किएको घोषण गरे। आफूले सूर्य चिह्नबाट नै चुनाब जितेकाले एमाले छाड्न नसकेको उनको भनाइ छ।वडा अध्यक्ष चौधरीसँग एकीकृत समाजवादीमा सनाखत गरेकी सोही वडाकी वडा

सम्बन्धित सामग्री

काभ्रेबाट जम्मा ५६ जना अर्थात् १६ प्रतिशत जनप्रतिनिधिले छाडे एमाले

काभ्रे : काभ्रेमा नेकपा एमालेबाट निर्वाचित ५६ जना स्थानीय जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। एमाले विभाजन भएपछि १६ प्रतिशत अर्थात् ५६ जना स्थानीय जनप्रतिनिधिले एमाले छाड्दै नयाँ पार्टीमा सनाखत गरेका हुन्।एकीकृत समाजवादीमा सनाखत गर्नेमा मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा, नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठसहित ११ वडा अध्यक्ष र ३२ जना वडा सदस्य रहेका छन्।जसमा एमाले छाड्ने वडा अध्यक्षहरूमा मण्डन देउपुर–१, ३, ६, ७ र

डोल्पामा ४१ जना जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा खनाखत

सुर्खेत– डोल्पामा नेकपा एमाले छाडेर ४१ जना जनप्रतिनिधिहरूले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । सोमबार सामूहिक रूपमा जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरूले हस्ताक्षर गरेका हुन् । ठूलीभेरी नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीसहित आठ जना वडा अध्यक्ष, चार जना जिल्ला समन्वय समितिका सदस्य, १० जना वडा सदस्य, महिला सदस्य सात जना, दलित महिला सदस्य […]

मकवानपुरमा गाउँपालिका अध्यक्षसहित १० जनाले गरे एकीकृत समाजवादीमा सनाखत

हेटौँडा : नेकपा (एमाले) छोडेर नेकपा (एकीकृत समाजवादी)मा सोमवार मकवानपुरका एक गाउँपालिकाका अध्यक्ष, हेटौँडा उपमहानगरपालिका कार्यपालिका सदस्य तथा वडा अध्यक्ष लगायत १० जना जनप्रतिनिधिले सनाखत गरेका छन्। सोमवार एकीकृत समाजवादीमा सनाखत गर्नेहरुमा इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, हेटौँडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य कल्पना विक, हेटौँडा-१ का सदस्य ईश्वरी कामी (सुनार), इन्द्रसरोबर…

आफ्नौ वडामा एक्लिए मुख्यमन्त्री आचार्य

माधव नेपाल समूह परित्याग गरेर केपी शर्मा ओलीको पक्षमा लागेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य आफनै वडामा एक्लिएका छन् । मुख्यमन्त्री आचार्यको सुनसरी इनरुवा नगरपालिका ६ नम्बर वडाबाट एमालेबाट निर्वाचित वडा अध्यक्ष कोषराज अधिकारी र वडा सदस्य राजेश दाहाल एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मुख्यमन्त्री आचार्यको वडा समेत रहेको तात्कालीन मधेसा गाउँ विकास समिति हाल इनरुवा नगरपालिका ६ मा पर्दछ ।अधिकारी र दाहाल शनिबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । इनरुवामा आयोजित न

भानुका जनप्रतिनिधि एमालेमै रहने

भानु नगपालिकामा माधव नेपाल तर्फको पार्टी नेकपा एकीकृत समाजवादीमा जाने लगभग शून्य नै देखिएको छ । भानु नगरपालिकको ७ वटा वडा अध्यक्ष तथा सदस्यहरू, वोर्ड सदस्यहरु पूरै एमाले संस्थापन पक्षमा रहने गरी कार्यक्रममा उपस्थित भएका थिए ।