बीआरआई अन्तर्गत ओलीको चुनावी क्षेत्रको औद्योगिक पार्क नबन्दै विवाद

काठमाडौं, ५ चैत्र । दमकमा बन्न लागेको औद्योगिक पार्क विवादमा परेको छ । मुआब्जामा असन्तुष्टि जनाउँदै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । हजारौं आदिवासीलगायत स्थानीय मुआब्जाको विषयमा विरोधमा छन् । दमक औद्योगिक पार्क निर्माणमा कतिपयको जग्गा अधिकरण गरिएको थियो । चीनको लगानीमा उक्त पार्क बन्न लागेको हो । स्थानीयले मुआब्जामा असन्तुष्टि जनाउनुका साथै रोजगारीको सुनिश्चितता […]

सम्बन्धित सामग्री

हरियो बत्तीको पर्खाइमा

चीनको बेल्ट एन्ड रोड इनिसियटिभस् (बीआरआई)अन्तर्गत झापाको दमकमा निर्माण हुने नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण दुवै सरकारको ‘हरियो बत्ती’को पर्खाइमा छ । नेपालकै ठूलो औद्योगिक क्षेत्र, दक्षिण एसियाकै नमुना र बीआरआई परियोजनाअन्तर्गत निर्माण हुने नेपालको पहिलो परियोजना रहेको यो औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । डीपीआर तयार भइसकेपछि नै गत सालको फागुन १७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको थियो । शिलान्यास भए पनि एक वर्षसम्म नेपाल चीन सरकारबाट निर्णय नहुँदा निर्माण कार्य अगाडि बढ्न नसकेको पार्क व्यवस्थापन समितिले जनाएको छ ।

६५ अर्ब चिनियाँ लगानीमा चीन-नेपाल मैत्री औद्योगिक पार्क

१६ फागुन, काठमाडौं । नेपालकै ठूलो र दक्षिण एशियाकै नमूना भनिएको चीन-नेपाल मैत्री औद्योगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार शिलान्यास गरेका छन् । झापाको दमकस्थित रतुवा र मावा नदीबीचको एक हजार ४२२.२५ हेक्टर क्षेत्रफलमा उक्त पार्क दुई वर्षभित्र निर्माण सम्पन्न हुने चिनियाँ कम्पनीले जनाएको छ । चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) […]