आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

काठमाडौँ– देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । सरकारले एक वैशाखदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह चलाएको हो । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरूक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो । शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ […]

सम्बन्धित सामग्री

टोखामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । काठमाडौँको उत्तरी भेगमा रहेको टोखामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा आजदेखि यही वैशाख ७ गतेसम्म नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु गरिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका सबै वडामा जन्म, मृत्यु, बसाइसराइ, विवाह र सम्बन्धविच्छेद दर्ताजस्ता व्यक्तिगत घटनाको दर्ता […]

४२ हजारभन्दा बढी घटना दर्ता

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सञ्चालन गरेको १६ दिने व्यक्तिगत घटना दर्ता अभियानका क्रममा ४२ हजार ३७० घटना दर्ता भएका छन् । विभागले वैशाख १ देखि १६ गतेसम्म मुलुकभर जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइसम्बन्धी व्यक्तिगत घटना दर्ता अभियान सुरु गरेको थियो । पञ्जीकरण निर्देशक युवराज कट्टेलले कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण अभियान अपेक्षाअनुरूप सफल नभएको बताउनुभयो । उहाँले १६ दिनमा जन्म दर्ता २८ हजार ८१२, मृत्यु चार हजार ४४९, विवाह पाँच हजार ५०८, सम्बन्ध विच्छेद २१२ र बसाइँ सराइसम्बन्धी तीन हजार ३९० घटना दर्ता भएको जानकारी पनि दिनुभयो ।

व्यक्तिगत घटना दर्ता (सम्पादकीय)

व्यक्तिगत घटना दर्तालाई थप प्रभावकारी बनाउने उद्देश्यले वैशाख १ देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताहका रूपमा मनाइँदै छ । यसलाई विस्तार गरी वैशाख १६ गतेसम्म व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरिनेभएको छ । जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँ–सराइजस्ता पाँचवटा महŒवपूर्ण व्यक्तिगत घटना दर्ता गर्न जागरण फैलाउन सरकारले यो अभियान सुरु गरेको हो । देशभरका छ हजार ७४३ वटै वडामा सञ्चालन गरिने यो अभियानमा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षासम्बन्धी सेवा दर्ता शिविर सञ्चालन गरिँदैै छ । छ वर्षअघि नेपालले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा सन् २०२४ अर्थात् विक्रम संवत् २०८० सम्ममा व्यक्तिगत घटना दर्तालाई सतप्रतिशत पु¥याउने प्रतिबद्धता जनाएको थियो । यही प्रतिबद्धता पूरा गर्न यो अभियान सुरु गरिएको हो । अहिले मुलुकमा व्यक्तिगत घटना दर्ता ६५ प्रतिशतमात्र रहेको छ । यो न्यून दर हो । अघिल्ला केही वर्षमा राम्रै प्रगति भए पनि २०७७ को वर्ष यो कार्य निराशाजनक रह्यो । खासगरी कोरोना महामारीका कारण व्यक्तिगत घटना दर्ता प्रभावित भएको हो । घटना दर्ताका लागि आवश्यक संरचना र जनशक्तिको अभाव तथा जनचेतनाको अभाव अर्काे समस्या हो । व्यक्तिगत घटना दर्ता राज्य र नागरिकबीचको कानुनी सम्बन्धको आधार भए पनि यसलाई आमनागरिकले गम्भीर रूपमा नलिँदा र जिम्मेवार निकायले व्यक्तिगत घटना दर्ताकार्यलाई सहज बनाउन नसक्दा राम्रो प्रगति हासिल हुन नसकेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन–२०७६ को दफा १८ ले घटना

आजदेखि देशभर दुई हप्ते व्यक्तिगत घटना दर्ता विशेष अभियान सुरु हुँदै

काठमाण्डौ – आजदेखि देशभर दुई हप्ते व्यक्तिगत घटना दर्ता विशेष अभियान सञ्चालन हुने भएको छ । गृह मन्त्रालयले नागरिकको घटना दर्ता गराउने कामलाई तिब्रता दिँदै छुटेकालाई समावेश गराउन आजदेखि अभियान सञ्चालन गर्न लागेको हो । अभियान सबै पालिकामा सञ्चालन हुने गरी संयन्त्रसमेत निर्माण गरिएको मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । यो वर्ष घुम्ती शिविरसमेत सञ्चालन गरी विशेष दर्ता अभियान सञ्चालन गर्न लागिएको विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले बताउनुभएको छ । सरकारले व्यक्तिगत घटना दर्तालाई उच्च प्राथमिक...

व्यक्तिगत घटना अनलाइनबाटै दर्ता

दोलखाको मेलुङ गाउँपालिकाले पनि अनलाइनबाटै व्यक्तिगत घटना दर्ता सुरु गरेको छ । गाउँपालिकाले वडा नं ७ की नरमाया श्रेष्ठको अनलाइनबाट मृत्यु दर्ताको घटना दर्ता गराई मृत्यु दर्ताको प्रमाणपत्र वितरण गरेपछि अनलाइन प्रणालीको सुरु गरेको हो ।अनलाइनमार्फत मृत्यु दर्ता गराई मृत्यु दर्ताको प्रमाणपत्र लिएका मृतकका परिवारलाई व्यक्तिगत घटना ३५ दिनभित्र दर्ता गराएवापत गाउँपालिकाले प्रदान गर्दै आएको […]

नव वर्षको अवसरमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ वर्षको अवसरमा व्यक्तिगत घटना दर्ता सप्ताह आयोजना गरेको छ।

व्यक्तिगत घटना अनलाइनबाट दर्ता सुरु

रौतहट : रौतहटको गुजरा नगरपालिका १ र २ मा अनलाइनबाटै व्यक्तिगत घटना दर्ता कार्य सुरु भएको छ। साविक रंगपुर गाविसमा व्यक्तिगत घटना दर्ता अनलाइनबाट सुरु गरेको गुजरा नगरपालिका १ र २ का वडा सचिव रत्नबहादुर स्याङ्तानले जानकारी दिए।  मंगलबारदेखि वडा कार्यालयबाट विवाह, मृत्यु, जन्म दर्ता, बसाइँसराइ, सम्बन्धब...

पर्वतको बिकट गाउँपालिकामा अनलाइनबाट घटना दर्ता सुरु

पर्वतः पर्वतको दक्षिण क्षेत्रमा पर्ने र विकट मानिएको महाशिला गाँउपालिकाका प्रत्येक वडामा अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्न सुरु भएको छ।  गाउँपालिकातका छवटै वडा कार्यालयमा आउने सेवाग्राहीका व्यक्तिगत घटना अनलाइनमार्फत दर्ता गर्न थालिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिए। उनले भने, ‘कागजी प्रक्रियामा ...