आजदेखि देशभर दुई हप्ते व्यक्तिगत घटना दर्ता विशेष अभियान सुरु हुँदै

काठमाण्डौ – आजदेखि देशभर दुई हप्ते व्यक्तिगत घटना दर्ता विशेष अभियान सञ्चालन हुने भएको छ । गृह मन्त्रालयले नागरिकको घटना दर्ता गराउने कामलाई तिब्रता दिँदै छुटेकालाई समावेश गराउन आजदेखि अभियान सञ्चालन गर्न लागेको हो । अभियान सबै पालिकामा सञ्चालन हुने गरी संयन्त्रसमेत निर्माण गरिएको मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । यो वर्ष घुम्ती शिविरसमेत सञ्चालन गरी विशेष दर्ता अभियान सञ्चालन गर्न लागिएको विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले बताउनुभएको छ । सरकारले व्यक्तिगत घटना दर्तालाई उच्च प्राथमिक...