कम आय भएका देशका लागि विश्व बैंकद्वारा ९३ अर्ब डलर सहयोगको घोषणा

पुस १, काठमाडौं । विश्व बैंकले कम आय भएका देशहरूलाई कोभिड–१९ बाट सृजित संकटको सामना गर्दै हरित, अझ लचिलो र समावेशी भविष्य निर्माणका लागि ९३ अर्ब डलरको पुनःपूर्ति ‘प्याकेज’ घोषणा गरेको छ ।             अन्तरराष्ट्रिय विकास संघबाट प्रवाह हुने उक्त सहायता ‘प्याकेज’ संघको ६१ वर्षको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो हो । जापानले ‘भर्चुअल’ रूपमा आयोजना गरेको दुई दिने बैठकमा बुधवार उक्त सहमति भएको विश्व बैंकले बिहीवार बताएको छ ।             विश्वका ७४  ओटा गरिब देशमा प्रवाह गरिने उक्त सहायता रकमको ७० प्रतिशत अफ्रिकी मुलुकहरूलाई उपलब्ध गराइनेछ । जलवायु परिवर्तनको प्रभावको सामना, अनुकूलन र जैविक विविधताको संरक्षण, प्राकृतिक प्रकोपलगायत भविष्यका संकटहरुमा अझ राम्रोसँग तयारी गर्न तथा सामाजिक सुरक्षा बढाउनेतर्फ केन्द्रित हुने विश्व बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।             निर्धन देशहरूको घट्दो राजस्व, बढ्दो ऋण जोखिम, कमजोर अर्थतन्त्र, द्वन्द्व र अस्थिरताको खाद्य सङ्कटलगायत विषम परिस्थितिलाई दृष्टिगत गरी प्याकेज घोषणा गरिएको हो । उक्त सहायता आगामी  चार वर्षसम्म परिचालन हुनेछ । विश्व बैंकको कार्यक्रमबाट विश्वका ४ करोड मानिसले स्वास्थ्य र पोषण सम्बन्धी सुविधा पाउनेछन् । महामारीको असर अर्थतन्त्रमा परेका यी देशहरुलाई हरित अर्थतन्त्र विकास तथा मानव पुँजी विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, पोषण कार्यक्रमजस्ता क्षेत्रमा राहत रकम खर्च हुने बताइएको छ ।

सम्बन्धित सामग्री

तिलौराकोटमा ४३ बढी देशका पर्यटक

विश्व सम्पदामा सूचीकृतका लागि प्रस्तावित बुद्धको क्रीडास्थल प्राचीन कपिलवस्तुको तिलौराकोटमा ४३ बढी देशका पर्यटकले भ्रमण गरेका छन्।...

घोडाबाँधेमा फहराइए एक सय ९८ देशका झण्डा

बागलुङको घोडाबाँधे भ्युटारमा एक सय ९८ देशका झण्डा फहराइएको छ । भ्युटावरलाई विश्व सांस्कृतिक ग्रामका रुपमा विकास गर्न यहाँ झण्डा फहराएर सुरुआत गरिएको हो । जिल्लाको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सङ्गमस्थलमा पर्ने भ्युटार क्षेत्र उच्च पहाडी क्षेत्रमा पर्छ । यहाँबाट उच्च पहाडसँगै दजर्नौँ हिमशृङ्खला देखिने र विदेशी पर्यटकको रोजाइमापर्ने भएको हुँदा भ्युटावरलाई प्रवद्र्धन गर्न …

एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

काठमाडौँ,२४ माघ । चोक चोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उनि नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउछन् । उनले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइसकेका छन् । विश्वका सबै देशको राष्ट्रगान गाउने तयारीमा रहेका उनि हाल ८२ […]

‘मेस्सी र रोनाल्डो आफ्नो देशका मात्र होइनन्, सारा विश्व फुटबलका हुन्’

कतार (हाम्रो खेलकुद) – ब्राजिलियन डिफेन्डर मार्किन्हसले लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई अर्जेन्टिना र पोर्चुगलको मात्र नभएर सारा विश्व फुटबलले आफ्नो मान्नु पर्ने बताएका छन् । समूह चरणमा स्विटजरल्यान्डको सामना गर्नुअघि आइतबार मार्किन्हसले पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन् । उनलाई मेस्सी र रोनाल्डोको विश्वकपमा अन्तिम उपस्थितिबारे आफ्नो धारणा राख्न सोधिएकोमा मार्किन्हसले दुवैको प्रशंसा गरे […]

इबोला प्रकोप बढेपछि अफ्रिकी देशका स्वास्थ्यमन्त्रीहरू युगान्डामा भेट्दै

अफ्रिकाका विभिन्न ११ देशका स्वास्थ्यमन्त्रीहरू युगाण्डामा भेट्ने भएका छन्। उनीहरूको बैठक युगाण्डमा हुन लागेको हो। पछिल्ला दिनहरूमा अफ्रिकी देशहरूमा इबोला संक्रमणको प्रकोप बढेकाले यसको नियन्त्रणका विषयमा आवश्यक परामर्श गर्नका लागि उनीहरूको बैठक बस्न लागेको बताइएको छ। अफ्रिकाका विभिन्न देशका स्वास्थ्य मन्त्रीहरूले यी देशका बीचको अन्तर देशीय समन्वय गरी इबोलाको नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न सो बैठक बस्न लागेको हो। युगाण्डामा रहेको विश्व स्वास्थ्य संगठनमा सो बैठक बस्न लागेको हो।विश्व स

पाचौँ विश्व संस्कृत दिवस आज

काठमाडौं : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको पाँचौँ संस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो। पाँचौँ विश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतलगायत देशका विभिन्न संस्थाले संयुक्तरूपमा गरेका छन्। नेपालबाट नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्व विद्यालयको संस्कृत केन्द्रीय विभाग र सोही विश्वविद्यालयअन्तर्गत त्रिचन्द

पाँचौँ विश्व संस्कृत दिवस आज : ७ देशका प्रतिनिधि काठमाडौँमा

काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको पाँचौँसंस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । पाँचौँविश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतलगायत देशका विभिन्न संस्थाले संयुक्तरूपमा गरेका छन् । […]

विश्व बैंकको चेतावनी- धेरै देशका लागि मन्दीबाट बच्न गाह्रो हुनेछ

२५ जेठ, वासिङ्टन । युक्रेनमा रुसले गरेको आक्रमणका कारण देखाउँदै विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २.९ प्रतिशतमा घटाएको छ जुन जनवरीको प्रक्षेपणभन्दा १.२ प्रतिशतले कम छ । ‘विश्व अर्थतन्त्रले ८० वर्षभन्दा बढीमा विश्वव्यापी मन्दीबाट प्रारम्भिक पुनः प्राप्तिपछि यसको तीव्र गिरावटको अनुभव गर्ने अपेक्षा गरिएको,’ बैंकले मङ्गलबार आफ्नो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा उल्लेख गरेको छ […]

विश्व आलु सम्मेलन ‘डबलिन’मा सुरू, ६० देशका प्रतिनिधिहरू सहभागी

काठमाडौँ – आयरल्याण्डको डबलिनमा विश्व आलु सम्मेलन सुरू भएको छ। सो सम्मेलनमा विश्वका कम्तीमा पनि ६० देशका १ हजार जनाभन्दा बढी प्रतिनिधिहरू सहभागी भएका बताइएको छ। सोमबारबाट सुरू भएको सो सम्मेलन चार दिनसम्म सञ्चलान हुने भएको बताइएको छ। सो सम्मेलनमा आलु खेतीमा लागेका किसानका साथै यस खेतीका विशेषज्ञ, आलु खेतीसम्बन्धी कृषि प्राविधिक एवं सरकारी अधिकारीहरूको […]