नेपालमा कोभिड-१९ संक्रमणबाट १३ जना पत्रकारको मृत्यु

काठमाडौं । नेपालमा कोभिड-१९ संक्रमणबाट हालसम्म १३ जना पत्रकारको मृत्यु भएको छ। हालसम्म ७५० भन्दा बढी पत्रकार कोभिड-१९ बाट संक्रमित भएको नेपाल पत्रकार महासंघले जनाएको छ। कोभिड-१९ को जोखिमको ख्याल गरी स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा महासंघले अपिल गरेको छ । महासंघले शान्तिराम कार्कीको ३३ वर्षको अल्पायुमै भएको निधनप्रति दुःख व्यक्त गरेको छ।

सम्बन्धित सामग्री

कोरोना संक्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाए

काठमाडौं। नेपाल पत्रकार महासंघले हालसम्म कोरोना भाइरस संक्रमणका कारण देशभर १३ जना पत्रकारको मृत्यु भएको जनाएको छ। हिजो मात्र नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको मृत्यु भएको थियो।हालसम्म नेपालमा ७ सय ५० जना भन्दा बढी पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको महासंघले बताएको छ। पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेकोमा महासंघले चिन्ता व्यक्त गरेको छ।