कोरोना संक्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाए

काठमाडौं। नेपाल पत्रकार महासंघले हालसम्म कोरोना भाइरस संक्रमणका कारण देशभर १३ जना पत्रकारको मृत्यु भएको जनाएको छ। हिजो मात्र नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको मृत्यु भएको थियो।हालसम्म नेपालमा ७ सय ५० जना भन्दा बढी पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको महासंघले बताएको छ। पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेकोमा महासंघले चिन्ता व्यक्त गरेको छ।

सम्बन्धित सामग्री

इन्टरपोलमार्फत १३ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक वर्षमा १३ जना फरार अपराधीलाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय इकाई (इन्टरपोल) मार्फत पक्राउ गरेको छ । नेपालमा अपराध गरी विदेश गई लुकेर बसेकालाई प्रहरीले पक्राउ गरेको हो । बिहिबार नेपाल प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा २०७९ चैतदेखि २०८० फागुन ३० गतेसम्म १३ जना पक्राउ परेको प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक […]

भूकम्पमा परी घाइते भएका १३ जना भेरी अस्पतालबाट डिस्चार्ज

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घइते भएर भेरी अस्पतालमा भर्ना भएकामध्ये १३ जना डिस्चार्ज भएका छन् । आज जाजरकोटका ८ र रुकुम पश्चिमका ५ जना गरी १३ जना निको भएर डिस्चार्ज भएका हुन् ।

पाल्पामा जीप र भ्यान दुर्घटना, १३ जना घाइते

६ कात्तिक, पाल्पा । पाल्पामा आज भएका छुट्टाछुट्टै दुर्घटनामा १३ जना घाइते भएका छन् । आज सोमबार बिहान र दिउँसो दुई स्थानमा भएका दुर्घटनामा परी १३ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार बिहान पाल्पाको रम्भा गाउँपालिका नम्बर ४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् […]

सुडानमा रहेका १३ जना नेपाली नेपाल आइपुगे

काठमाण्डाै - सुडानकाे कायराेमा रहेकाे नेपाली राजदूतावासको सम्पर्कमा आएका १३ जना नेपाली नेपाल आइपुगेका छन् । दूतावासको सम्पर्कमा रहेका ३१ जनामध्ये साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा पुर्याइएका १९ जनामा १३ जना हिजाे नेपाल आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । छ जना रोजगारदाता कम्पनीको संयुक्त अरब इमिरेट्सको दुबईमा रहेकाे शाखामा स्थानान्तरण भएका छन् । चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपाली नागरिकको चीन सरकारको सहयोगमा यसअघि नै उद्धार भइसकेको छ ।  अन्य १२ जना मध्ये नौ जना न...

मलाम गएका १३ जना शनिबारदेखि सम्पर्कविहीन

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलाम गएका १३ जना सम्पर्कविहीन भएका छन् । लगातार पाँच दिनदेखिको अविरल वर्षाका कारण उनीहरु पहिरोमा परी बेपत्ता भएका छन् । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलाममा तिला नदी गएका स्थानीय ५३ जनामध्ये १३ जना पहिरोमा परेका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार […]

कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

कालिकोटको तिलागुफामा मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–४ राँचुलीबाट १३ जना बेपत्ता भएको खबर आएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव प्रसाद श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने–‘हराएको सूचना आएपछि घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ ।’ बेपत्ता भएकाहरु राँचुली गाउँका हुन् । शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

आज थपिए १३ जना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १३ जना कोभिड १९ का संक्रमित थपिएका छन्। यस समयमा २ हजार ६३४ जनामा गरिएको परीक्षणमा १३ जना संक्रमित भेटिएका हुन्।आज ९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय १० जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयको विवरण अनुसार हालसम्म नेपालमा ९६ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।