सहरी नीतिमा समयानुकूल सुधार आवश्यक छ : मन्त्री झाँक्री

फागुन २८, धनगढी । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय सहरी नीति २०६४ मा समयानुकूल सुधार गर्न जरुरी भइसकेको बताएकि छन् । धनगढीमा शनिवार आयोजित राष्ट्रिय सहरी नीति र सहरी विकास ऐन तर्जुमा सम्बन्धी कार्यशालामा मन्त्री झाँक्रीले व्यवस्थित सहरको विकासका लागि समयसापेक्ष नीति आवश्यक रहेकामा जोड दिइन्।            ‘पहाडबाट तराईतिर, ठूला सहरबाट साना सहरतिर बढ्दै गएको बसाइँसराइ चुनौतीका रूपमा देखिन थालेको छ’, उनले भनिन्, ‘नयाँ परिवेशमा कस्तो नीति बनाउँदा यी चुनौतीको सम्बोधन हुनसक्छ भनेर सहरी नीति र सहरी विकास ऐन तर्जुमा गर्न लागिएको छ ।’            प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालयले आफ्नो कार्यक्षेत्र घटाएर भए पनि समयानुकूल सहरी विकासको नीति ल्याउनुपर्ने बताए। उनले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सहरी विकाससम्बन्धी अनुभव भएका इञ्जिनीयरलगायत जनशक्ति नहुँदा कार्यसम्पादनमा समस्या भइरहेको बताए।            कार्यशालामा सहरी विकासविज्ञ गिरिजाप्रसाद गोर्खालीले सहरी विकासका चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रदेशसभाका सदस्यलगायत सहभागी रहेको कार्यशालामा सहरी विकास मन्त्रालयका सचिव मनिराम गेलाल, सहसचिव विष्णुप्रसाद शर्मालगायतले सहरी नीतिको अवश्यकतामाथि प्रकाश पारेका थिए।            राज्यको पुनःसंरचनासँगै संविधानको भावना र मर्मअनुसार राष्ट्रिय सहरी नीति २०६४ लाई समयसापेक्ष सुधार गर्न लागिएको बताइएको छ । मन्त्रालयले सहरी विकासका लागि दूरदृष्टिका रूपमा ‘समृद्ध, जीवन्त, सुन्दर र समावेशी सहर’ को प्रस्ताव गरेको छ । यसअनुसारको लक्ष्य पनि तय गरेको छ । प्रस्तावित सहरी विकास ऐनको ‘युटिलिटी करिडोर’ को मस्यौदासमेत तयार भइसकेको बताइएको छ ।            सहरी पूर्वाधार निर्माण गर्दा प्रमुख सहरी सडक, नयाँ सहरको मुख्य तथा सहायक सडक, सम्भाव्यता अध्ययनले सिफारिस गरेका सहरी सडकलगायतमा खानेपानी, ढल, विद्युत् ऊर्जालगायत जनउपयोगी सेवा प्रदान गर्न आवश्यक पूर्वाधारलाई एकीकृतरूपमा व्यवस्थित गर्न ‘युटिलिटी करिडोर’ निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको छ ।रासस

सम्बन्धित सामग्री

भगवान दाहिने भएको भए घर किन जानुपथ्र्योः मन्त्री झाँक्री

काठमाडौं, १२ असार । शहरी विकास मन्त्रालयबाट बिदा हुँदै गर्दा मन्त्री रामकुमारी झाँक्री रोइन् । उनले पत्रकार सम्मेलनमा आँसु पुछ्दै गरेको दृश्य देखिन्थ्यो । झाँक्रीलाई बिदाईका बेला मन्त्रालयका कर्मचारीले बुद्धको मूर्ति दिए । उपत्यका विकास प्राधिकरणकी जानुका ढकालले गणेश दिइन् । उनले भगवान्को मूर्ति पाउँदा कर्मचारीले भगवान्ले राम्रो गरुन् भन्ने कामना गरिन् । झाँक्रीले जवाफमा […]

हामी एमालेबिरुद्ध एकजुट हुनु पर्छ : मन्त्री झाँक्री

गुल्मी । नेकपा एकीकृत समाजवादीका सचिव एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले प्रतिगामी शक्तिलाई परास्त गर्नको लागि पाँचदलीय गठबन्धन बनाएको बताएकी छिन् । सोमबार गुल्मीको मालिका गाउँपालिका –८ मर्भुङ्ग सिमलटारीमा पाँच दलीय गठबन्धनद्धारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले अहिले एमालेविरुद्ध सबै एकजुट हुनुपर्ने अवस्था आएको बताइन् । ‘दुई–दुईपटक एमाले अध्यक्ष केपी शर्मा ओलीबाट […] The post हामी एमालेबिरुद्ध एकजुट हुनु पर्छ : मन्त्री झाँक्री appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री झाँक्री अमेरिका प्रस्थान

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छन् । अमेरिकाको न्युयोर्कस्थित युएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री शुक्रबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् । उनले आगामी अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता सहसचिव विष्णुप्रसाद शर्माले जानकारी दिए । युएन ह्वाबिटेट अन्तर्गत सञ्चालित ‘न्यू अर्बन एजेन्डा २०१५ को कार्यान्वयनको […]

समय सीमित छ, गर्नुपर्ने काम धेरै छ : मन्त्री झाँक्री

काठमाण्डौ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताउनुभयो ।  मन्त्रालयमा आज शुक्रवार एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडीबीको सहयोगमा चालु योजना द्रुतगतिमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने काम धेरै छन् । एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिट...

समानताको अधिकारका निम्ति खबरदारी गर्न जरुरीः मन्त्री झाँक्री

काठमाडौं, २४ फागुन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला सहभागिताको सुनिश्चितता र सामाजिक न्यायसहितको समानताको अधिकारका निम्ति खबरदारी गर्न जरुरी रहेको धारणा राखेकी छिन् । आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । संविधानले महिला हकअधिकारको सुनिश्चितता गरेपनि यसको व्यवहारिक कार्यान्वयन […]

मन्त्री झाँक्री डिस्चार्ज, अझै केही दिन भेटघाट नगर्ने

काठमाडौं, १७ कार्तिक । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पतालबाट डिस्चार्ज भएकी छिन् । निमोनिया संक्रमण भई उनी एक साता वीर अस्पतालमा बसेर स्वास्थ्यलाभ गरेकी थिईन् । उनले आफ्नो उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, सुरक्षाकर्मी साथीहरु, मन्त्रालयका कर्मचारीलगायत सबैमा आभार प्रकट गरेकी छिन् । अझै आफूलाई संक्रमणको उच्च जोखिम कायम रहेको हुँदा चिकित्सकको सल्लाअनुसार […]

मन्त्री झाँक्री अस्पतालमा

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन्। निमोनिया र ज्वरो आएपछि मन्त्री झाँक्रीलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए। “सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि...

सहरी बिकास मन्त्री झाँक्री अस्पताल भर्ना

काठमाडौ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई ज्वरो आई अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन्। मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले जानकारी दियो । स्रोतका अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएको बताइएको छ ।