काठमाण्डाै – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबी खोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गर्नुभएको छ । सडक अतिक्रमण नगर्न पटक–पटक सचेत गराउँदा पनि नमानेपछि आज बुधवार मन्त्री झाँक्री आफैँ त्यस करिडोरको अनुगमनमा जानुभएको हो ।
सवारीसाधन नै पास नहुने गरी निर्माण सामग्री राख्ने, पसल राख्ने, टेबल, कुर्सी समेत राखेर बस्ने अवस्था भएपछि उपत्यका विकास प्राधिकरणले कानुन विपरीत सडक अतिक्रमण नगर्न सचेत गराउँदै आएको थियो । मन्त्री झाँक्रीले आज अनुगमनका क्रममा पनि सडक अतिक्रमण गर्ने काम नगर्न फेरि ...