‘असफल प्रशिक्षक’ स्टन्टमा रमाएको एन्फा अल-मुताइरीले राजीनामा दिने आशमा

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफूलाई संयुक्त राष्ट्रसंघभन्दा पनि अझ स्वायत्त निकायका रुपमा मान्छ। अर्थात संयुक्त राष्ट्र संघमा प्रभावशाली देशहरूको शक्ति हाबी हुन सक्छ तर विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई कुनै पनि देशले दबाब दिन सक्दैन साथै कुनै देशका कानुनको अधिनमा राख्न सक्दैन।त्यसैले हरेक देशका फुटबल संघको अन्तरराष्ट्रिय सम्बन्ध फिफाको निर्देशन र फिफाअन्तर्गतका निकायबाटै सञ्चालित हुन्छ। अर्थात नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामा जोसुकै निर्वाचित भए पनि अन्तरराष्

सम्बन्धित सामग्री

एन्फा विवाद : महासचिवसँगको टकरावपछि पाण्डेको राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङका सल्लाहकार नवीन पाण्डेले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय महासचिव किरण राईसँग टकराव सुरु भएपछि पाण्डेले असन्तुष्टि जनाउँदै एन्फा छाड्ने निर्णय गरेका...

एन्फा लिग कमिटी संयोजक शर्माले दिए राजीनामा

काठमाडौँ- एन्फा लिग कमिटीका संयोजक विज्ञानराज शर्माले राजीनामा दिएका छन् । नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौं रेजर्सका निर्देशक रहेका शर्माले लिग कमिटीको संयोजकबाट राजीनामा घोषणा गरेका हुन् । उनले एन्फा लिगका महासचिवलाई राजीनामा पत्र पनि बुझाएका छन् । नेपाल सुपर लिग दोस्रो संस्करणमा काठमाडौं रेजर्समा आवद्ध रहेकाले राजीनामा दिएको उनले बताएका छन् । ‘लिग […]

एन्फा प्रवक्ता राईद्वारा राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन् । उनले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन् ।एन्फा प्रवक्ताको रुपमा उनले तीन वर्ष तीन महिना काम गरेका छन् । २०७५ वैशाखमा एन्फा सदस्यमा निर्वाचित भएपछि उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । पत्रकार सम्मेलन गर्दै उनले ’अर्ली इलेक्सन’ […]

एन्फा प्रवक्ताले एकाएक किन दिए राजीनामा ?

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य किरण राईले प्रवक्ता पदबाट आज एकाएक राजीनामा दिएका छन् ।     राईले सातदोबाटोस्थित एन्फाको मुख्यालयमा पुगेर अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन् । पछिल्लो समय एन्फा कार्यसमिति दुई खेमामा बाँडिदा तटस्थ देखिएका राईले केन्द्रीय सदस्यको भूमिकामा फुटबलमा सक्रिय भएर लाग्नका लागि राजीनामा दिएको बताए । उनले आफू कुनै खेमामा पनि नजाने भन्दै आफूसँग सहीलाई सही र गलतलाई गलत भन्नसक्ने हैसियत भएको दाबी गरे । राईले एन्फा नेतृत्वको...

एन्फा प्रवक्ताकाे राजीनामा

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र गलत नजिर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न प्रवक्ता किरण राईले आज साेमवार आफ्नो पदबाट राजीनामा दिनुभएकाे छ । प्रवक्ताबाट राजीनामा दिनुभएका किरण राईले विभिन्न पक्षबाट भइरहेका गतिविधि बन्द गर्न आग्रह गर्दै एन्फाको निर्वाचनको प्रक्रिया सुरु गर्नुपर्ने मध्यमार्गी प्रस्ताव पनि पेस गर्नुभएकाे छ ।  राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवादकाे छानबिनका लागि खेलकुद मन्त्रालयलाई जिम्मा दिने विषयमा असहमत भएका प्रवक्ता कि...

एन्फा प्रवक्ताबाट किरण राईले दिए राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ताबाट किरण राईले राजीनामा दिएका छन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा बुझाएपछि राईले पत्रकार सम्मेलन गरेका छन् । एन्फाको केन्द्रीय सदस्य समेत रहेका राईले प्रवक्ताबाट राजीनामा दिएको बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले पुष्टि गरेका छन् । उनको राजीनामाको कारण भने खुलाइएको छैन ।

एन्फा प्रवक्ता राईले दिए राजीनामा

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन्। एन्फा मुख्यालयमा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राईले सोमबार राजीनामा बुझाएका हुन्। एन्फाका केन्द्रीय सदस्यसमेत रहेका राईले राजीनामाको कारण भने खुलाएका छैनन् ।  उनले एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गरी राजीनामाको कारण खुलाउने बताएका छन्।

एन्फा प्रवक्ता राईले पदबाट दिए राजीनामा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले आज पदबाट राजीनामा दिएका छन्। वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद पेचिलो बन्दै जाँदा राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका हुन। प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दैछन्। केन्द्रीय सदस्य राईले शनिबार मध्य रातमा फेसबुकमा स्टाटस राख्दै राजीनामा दिने संकेत दिएका थिए।

प्रशिक्षकको राजीनामा आएको छैन : एन्फा

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारिक रुपमा नआएको जनाएको छ । प्रशिक्षकले उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिन बाध्य भएको घोषणा गरेको समाजिक सञ्जालमा पोस्ट गरेका थिए । तर उपाध्यक्ष नेम्वाङले आफु माथि आक्षेप लगाउने षडयन्त्र भएको प्रतिक्रिया दिएका छन् ।नेपाली राष्ट्रिय फुटबल टिमका […]