सुदूरपश्चिमका चार जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भएको पुष्टि भएको छ । १६ दिनअघि गौरिफन्टा नाका हुँदै भारतबाट नेपाल आएका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव पठाइएकोमा मंगलबार मात्रै ओमिक्रोन पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका दुई, बझाङ र डोटीका एक÷एकजनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण सङ्क्रमण पुष्टि भएको हो । कार्कीका अनुसार कञ्चनपुरको