रहेनन् जनवादी गायक जेबी टुहुरे

जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ। उनको बिहीबार मध्याह्न साढे १२ बजे उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा निधन भएको हो। भदौ १ गते मस्तिस्कघात भएपछि उनलाई अस्पताल लगिएको थियो। टुहुरेको पार्थीव शरीरलाई नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखेपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। टुहुरेको ‘आमा दिदी […]

सम्बन्धित सामग्री

मेयर हर्क साम्पाङको निम्तोमा प्रचण्ड धरान पुगे, जेबी टुहुरे पार्कमा वृक्षारोपण

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' धरान पुगेका छन्। धरानका मेयर हर्क साम्पाङको निम्तोमा धरान पुगेका प्रचण्डले त्यहाँ रहेको जेबी टुहुरे स्मृति पार्कमा वृक्षरोपण गरेका हुन्।  साता अगाडि काठमाडौं आएका धरानका मेयर साम्पाङ र उपमेयर अइन्द्र बिक्रम बेघाले प्रचण्डसँग भेट गर्दै धरानमा आउन निम्तो दिएका थिए। …

धरानमा जेबी टुहुरे प्रथम स्मृति सन्ध्या तथा स्रष्टा सम्मान हुने

८ भदौ, काठमाडौं । वरिष्ठ जनगायक जेबी टुहुरेको सम्मान र सम्झनामा यही भदौ १० गते (शुक्रबार) धरानमा जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा एकजना वरिष्ठ गायकलाई रु १ लाख राशीको ‘जेबी टुहुरे श्रष्टा सम्मान–२०७९’ बाट सम्मान समेत गरिने आयोजक जेबी टुहुरे फाउन्डेसनले जनाएको छ । तत्कालीन संविधानसभा […]

लामो यात्राको यात्री जेबी टुहुरे

ओम कोइरालाराजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन। मदन भण्डारीको मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रहेछ। जनताको छोरा मर्दा देश रुँदो रहेछ। मदनको मृत्युपछि मदनकै शोक सभामा जेबी टुहुरेले यो शोक गीत गाइरहँदा सभामा उपस्थित मान्छेको आँखा रसाइरहेका थिए। यो शोक गीत थियो।जेबीको स्वरले सबैलाई भावुक बनायो। यसको रचना गरेका थिए अनिल पौडेलले, शब्द चयन गरेर अनुकूलको शब्द राख्न सक्ने अनिल र त्यसलाई मान्छेको मन छुने गरी स्वर दिने जेबी टुहुरे।आमा दिदी बैनी हो। कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बने

स्मृतिमा जेबी टुहुरे

४० को दशकअघि धेरैले यस्ता गीत सुन्नु हुँदैन, देशद्रोही होइन्छ, कम्युनिस्ट होइन्छ भन्ने हल्ला पनि समाजमा नफैलिएका होइनन्। हल्लाका पछि नलागी युवाहरू जेबी टुहुरको क्रान्तिकारी गीतका फ्यान बन्दै समाज परिवर्तनतिर लागे।...

सम्झनामा जेबी टुहुरे

कालो धन थुपारेर ढल्की हिँड्नु भन्दा ! हलो जोत्नु, गिट्टी कुट्नु होला राम्रो धन्दा !! होला बरु झुपडीमा भोकै सुत्नु राम्रो ! बितोस् बरु जिन्दगी पसिनामै हाम्रो !! यो जेबी टुहुरेको गीत होइन । तर, उहाँको सिङ्गो जीवन भने ठ्याक्कै यस्तै रह्यो ।  जीवन शर्माको यो गीतले टुहुरेको जीवन उतारेको छ । जनवादी गीतका माध्यमबाट गाउँ/बेसी, मेलापात र बस्ती बस्ती जगाउँदै हिँडेको उहाँको जीवन भने साँच्चै अभावमा बित्यो । पसिनामा बित्यो । तर, उहाँको पसिनाले सिँचिएर कति महलमा पुगे त्यसको हिसाब इतिहासले गर्ला । २०३२ देखि २०३६ सालस...

अलविदा जेबी टुहुरे

१० भदौ, काठमाडौं । बिहीबार निधन भएका जनगायक जेबी टुहुरेलाई नेकपा माओवादी केन्द्रले श्रद्धाञ्जली व्यक्त गरेको छ । टुहुरेको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । टुहुरेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाए । त्यस क्रममा सयौं सर्वसाधारण र माओवादी नेता कार्यकर्ताले उनलाई श्रद्धाञ्जली व्यक्त […]

गीत गाउँदा गाउँदै कयौंपटक पक्राउ परेका थिए जेबी टुहुरे

कुनै दिन थियो, जतिबेला गीत गाउँदागाउँदै प्रहरीले स्टेजमै गएर कलाकारलाई पक्राउ गर्ने गर्थ्यो। यस्ता दिनहरु वरिष्ठ जनवादी गायक जुठबहादुर खडगी अर्थात् जेबी टुहुरेले कयौं पटक भोगे। वास्तवमा पञ्चायतको ३० वर्षीय निर्दलीय ब्यवस्थामा दलको पक्षमा आवाज घन्काउनु त्यति सहज थिएन।

जनगायक जेबी टुहुरेको निधन

जनगायक जुठबहादुर खड्की 'जेबी टुहुरे' को निधन भएको छ। ७८ वर्षीय उनको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो।...

मदन भण्डारीका प्रिय गायक थिए जेबी टुहुरे

काठमाडौं । ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’, ‘आमा दिदीबहिनी हो, छोराहरू हो छोरीहरु हो,’ ‘आँधी खोलैले मलाई रोइरहने बनायो साउको जालैले’ जस्ता दर्जनौं जनवादी गीतका गायक जेबी टुहुरे अर्थात् जुठबहादुर खड्गी अब रहेनन् । ७८ वर्षको उमेरमा उपचारका क्रममा उनको बिहीबार बल्खुस्थित बयोधा […] The post मदन भण्डारीका प्रिय गायक थिए जेबी टुहुरे appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रगतिशील गायक जेबी टुहुरे अस्पताल भर्ना, ‘स्ट्रोक’ भएको पुष्टि

काठमाडौँ । लोकप्रिय प्रगतिशील गायक जेबी टुहुरे अस्पताल भर्ना भएका छ । मङ्गलवार दिउँसो एक्कासि बेहोस भएपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको हो । पारिवारिक स्रोतका अनुसार उनलाई उपचारमा संलग्न चिकित्सकले ‘स्ट्रोक’ भएको बताएका छन् । उनलाई अहिले सीसीयुमा राखेर उपचार भइरहेको छ । ७६ वर्षीय टुहुरे वि.स.२०२४ सालदेखि साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका हुन् […]