शिक्षक बन्ने रहर भए बिजनेसम्यान - Naya Patrika

विश्वकै ठूलो अनलाइन बिजनेस अलिबाबा ग्रुपका अध्यक्ष हुन् ज्याक मा । चीनकै धनी व्यक्तिमा उनको नाम दर्ज छ । इन्टरनेटले विश्वकै अर्थव्यवस्थामा उथलपुथल पारिरहेका वेला बजारको ठूलो हिस्सामा अलिबाबाले कब्जा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

उमेरले छेकेन सीताको पढ्ने रहर

घोराही (दाङ) – घोराही उपमहानगरपालिका–१५ की सीता खनाल ४४ वर्षकी भइन्। कक्षा पाँच पढ्दापढ्दै उनको बिहे भएपछि पढ्ने रहर अधुरो थियो। त्यही अधुरो रहर पूरा गर्न उनीअहिले घोराही–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनामा कक्षा ७ मा अध्ययन गरिरहेकी छन्। “मलाई पढ्न लेख्न आउँदैनथ्यो। अहिले छोराछोरी सरहका साथी र शिक्षकसँग पढिरहेको छु”, उनले भनिन्, “शिक्षक, साथी […]

आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षक

९ भदौ, बेनी (म्याग्दी) । प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनःस्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्किएका छन् । पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मङ्गलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ वर्षीय सुवेदीले स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसालाई पुनःनिरन्तरता दिएका हुन् । लामो समयसम्म प्रकाश माविको प्रधानाध्यापक भएका सुवेदीले अस्थायीसहित […]

प्रविधिसँगै बदलियो फोटो कल्चर, देखिन छाडे ‘फोटो स्टुडियो’

टीकापुर । समयअनुसार मानिसका रहर र बानी परिवर्तन हुन्छन् । समयले रहरलाई पूरा गर्ने तरिका पनि बदलिदिन्छ । विगतमा मानिस ‘स्टुडियो’मा गएर फोटो खिच्न निकै रुचाउँथे । यसका लागि गाउँघरदेखि टाढा सहरमा रहेका स्टुडियोमा जाने, खिचेका फोटा ठूला बनाएर भित्तामा तथा एल्बमा सजाउने गर्थे । आजभोलि प्रविधिको विकाससँगै फोटोप्रतिको मोह पनि बदलिएको छ । टीकापुरकी सिर्जना पण्डित चाडपर्व तथा घरमा केही उत्सव हुँदा सम्झनाका लागि स्टुडियोमा गएर फोटो खिचाउँथिन तर अचेल समयले उनलाई बदलेको छ । उनले फोटो स्टुडियो नदेखेको एक दशक पुग्यो । “मोबाइल तथा घरमै क्यामरा भित्रिएपछि फोटो खिच्न स्टुडियो जानु परेन”, उनि भन्छिन्, “आजभोलि फोटो प्रिन्ट गरेर राख्ने चलन पनि हरायो । पुराना फोटो छन् कहिलेकाहीँ हेरिन्छ, रमाइलो लाग्छ ।” अर्की महिला टीका चन्दको अनुभव पनि यस्तै छ । पहिला स्टुडियोमा फोटो खिच्न जाँदा रकमको जोहो गर्ने, पहिल्यै पूर्वतयारी गर्ने गरेकी टीका पनि आजभोलि स्टुडियो जादिनन् । “पहिलाको फोटोको महत्व छुट्टै हुन्थ्यो । साथीहरुसँग सल्लाह गरेर नयाँ लुगा किनेका बेला, विद्यालयका कार्यक्रममा, कतै पिकनिक जाँदा खिचिन्थ्यो”, उनले भनिन्, “त्यो बेलाका फोटोको महत्व छुट्टै थियो । अहिलेका फोटोको महत्व छैन । सामाजिक सञ्जालमा राख्नका लागि मात्र खिचिन्छ । टीकाले समय समयमा पूराना फोटोका एल्बम छन् हेर्छिन्, यसरी हेर्दा रमाइलो लाग्ने उनको भनाइ छ । कैलालीकै नीता खड्का भण्डारी पनि विगतमा खुबै रहर गरेर स्टुडियोमा फोटो खिच्न जाने गर्थिन् । आजभोलि उनि पासपोर्ट साइजका फोटाका लागि मात्र स्टुडियो जाने गरेकी छन् । “त्यो बेला फोटो खिच्न जाने भनेपछि धेरै रमाइलो लाग्थ्यो”, उनले भनिन्, “स्टुडियोमा पालो कुरेर, लाइनमा बसेर फोटो खिचेको अझै याद छ ।” नीताले विवाहका फोटो, बच्चाहरु साना हुँदाका फोटो पनि सजाएर राखेकी छन् । उनिसँग चार एल्बम अझै छन् । “साथीहरुको समूहमा खिचेका एक फोटोबाट दर्जनौँ फोटा बनाउने गरिन्थ्यो”, उनि भन्छिन्, “सबैले एउटै खालका फोटा राख्ने गरिन्थ्यो ।” आजभोलि मानिसले विगतभन्दा फोटो चाहिँ धेरै खिच्छन्, प्रायः दैनिकजसो खिच्छन् । आफ्नै मोबाइलमा फोटो खिच्छन् । खिचेका फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्छन् । यसमा आएका प्रतिक्रिया हेरेर रमाउँछन् । कैलालीकी मीना कुँवरले पनि स्टुडियो नदेखेको धेरै वर्ष भयो । “पहिला वर्षमा पाँच/छ पटक स्टुडियो गइन्थ्यो”, उनले भनिन्, “अहिले मोबाइलले फोटो खिचे पनि प्रिन्ट गरेर राख्ने चलन हरायो ।” दुई दशकदेखि टीकापुरस्थित मनकामना फोटो स्टुडियो सञ्चालन गरेका पदम विष्टको अनुभव पनि यस्तै छ । विगतमा स्टुडियोमा मानिसलाई पालो कुराएर फोटो खिच्ने पदमकहाँ आजभोलि फोटो खिच्न निकै कम आउँछन् । आउने पनि ‘पासपोर्ट साइज’को फोटोमात्रै खिच्न आउँछन् । फोटो खिचेरै विगतमा स्टुडियो चलाएका पदमले आजभोलि स्टुडियोमा अन्य सेवा दिन थालेका छन् । “मैले पनि स्टुडियो खासै नचलेपछि आजभोलि प्रमाणपत्र, मायाको चिनो, फोटो फ्रेम, ब्यानर प्रिन्ट, फोटोकपीजस्ता सेवा दिन थालेको छु”, उनले भने, “शुरू शुरूमा व्यवसाय शुरू गर्दा चाडपर्वका बेला स्टुडियोमा भीड हुन्थ्यो । विभिन्न संस्कृति झल्कने पोसाकमा फोटो खिचाउने आउँथे ।” स्टुडियो सञ्चालकले थारु समुदाय, मगर समुदाय र नेपाली पोसाकका कपडा र गहना स्टुडियोमै राखेका हुन्थे । यी कपडा र गहना लगाएर फोटो खिचाउने पनि उत्तिकै हुन्थे । एउटा फोटो खिच्न पनि तयारी गरेर, कुरेर खिच्नुपर्‍थ्यो । “बिग्रिएमा रिल खेर जान्थ्यो, त्यसैले मानिस तयारी गरेर खिच्थे”, उनि भन्छन्, “हामीलाई पनि व्यापार राम्रो भएपछि रमाइलै लाग्थ्यो । आजभोलि स्टुडियोमा फोटो खिच्ने मानिस आएपछि दङ्ग पर्छौं ।”  शिक्षक तारा साउँद सामाजिक सञ्जालको प्रयोगले फोटो खिच्ने र सार्वजनिक गर्ने तरिका बदलिएको बताउँछिन् । “हरेक कार्यका सकारात्मक र नकारात्मक पक्ष हुन्छन्, विगतमा खिचिने फोटो वर्षौंसम्म स्मृतिमा रहेका छन्”, उनि भन्छिन्, “आजभोलि सामाजिक सञ्जालमा सुरक्षित हुन्छन् । समय र प्रविधिले मानिसलाई बदलेको छ ।” शिक्षक साउँद सामाजिक सञ्जालमा व्यक्तिगत फोटो, पारिवारिक फोटो सार्वजनिक गर्नुका जोखिम पनि त्यतिकै रहेको बताउँछिन् । “मानिसका लुगा कपडा, गरगहना र परिवारको विवरण सामाजिक सञ्जालमा राख्नु त्यति राम्रो होइन”,  उनले भनिन्, “एकातिर आफैले फोटो खिच्दा समय र खर्च बचत हुन्छ, अर्कोतर्फ सामाजिक सञ्जालमा राख्दा यसले कहिलेकाहीँ जोखिम पनि हुनसक्छ ।” रासस

बसाइँसराइ सृजित आर्थिक संकट: विदेश र आन्तरिक बसाइँसराइमा आंशिक नियन्त्रण जरुरी

नेपालमा बसाइँसराइको एक अचम्मको प्रवृत्ति देखिएको छ । सम्पन्न वर्गका सन्तानहरू यूरोप, अमेरिका र अन्य विकसित देशहरूमा बसाइ सरिरहेका छन् । जहाँ सन्तानले भविष्य देख्छ अभिभावकले पनि त्यही देशमा भविष्य देख्छन् । यसरी सम्पन्न वर्गका लागि नेपाल विमानस्थलको एक ट्रान्जिट जस्तो मात्र हुन पुगेको छ । तसर्थ नेपालको सम्पन्न वर्ग नेपालमा थप नयाँ खरीदमा कुनै उत्साह राख्दैन । सम्पन्न वर्गको प्रभुत्व रहेको घरजग्गा, गरगहना, सवारी साधन लगायत महँगा वस्तुहरूको खरीदमा यस वर्गमा कुनै उत्साह छैन । सम्पन्न वर्गको सबैभन्दा नजिकको अनुसरणकर्ता मध्यम वर्ग हो । मध्यम वर्गका लागि पनि नेपाल एकप्रकारको ट्रान्जिटजस्तै बन्न पुगेको छ । यो वर्ग पनि खाडी, मलेशिया, जापान, दक्षिण कोरियालगायत देशबाट आर्जित धनलाई सम्पन्न वर्गले रोजेका देशहरूमा जाने साधनको रूपमा कसरी सदुपयोग गर्ने भन्ने चिन्ताले आतुर छ । यो वर्गलाई पनि नेपालमा थप खरीददारीमा कुनै उत्साह छैन ।  विदेशमा जाने भिसा लागेको भोलिपल्ट आज किनेको गाडी कसरी बेच्ने भन्ने चिन्ता लिँदै आज पैसा भएको मानिसले पनि गाडी किनिरहेको छैन । छोराले अस्ट्रेलिया र अमेरिकामा घर बनाउन थालेपछि नेपालमा बसेको बाबुआमाले थप अर्को घर बनाउन वा तला थप्न किन सोच्छ र ? सम्पन्न वर्गका नेपाल बसेका बाबुआमाका लागि भएको घर, भएका सवारीसाधन त घाँडो सावित भएको सन्दर्भमा यस क्षेत्रमा खरीददारी र थप लगानी कसरी आउँछ र ? नयाँ लत्ताकपडा किन्न त्यो वर्गमा कुन उत्साह आउँछ र ? उताबाट पठाएको उपहारले यताको दैनिक गुजारा चलिरहेको सन्दर्भमा ती वृद्ध अभिभावकहरूले नेपालका पसलमा गएर किन सामान खरीद गर्छन् र ?  बसाइँसराइको अधिकार व्यक्तिगत भए तापनि यसको अनियन्त्रित प्रवाहरोक्न प्रत्यक्ष अप्रत्यक्ष विधिहरू अपनाउन जरुरी देखिन्छ । अन्तरराष्ट्रियबसाइँसराइमा निश्चत थ्रेसहोल्ड राख्नु आवश्यक छ भने आन्तरिक बसाइँसराइलाई रोक्न पनि आवश्यक विधिहरू अपनाउन जरुरी छ । सारमा भन्नुपर्दा यसरी नेपालीहरूको अन्तिम गन्तव्य र परम लक्ष्य विदेश बसाइँसराइ भइरहेको सन्दर्भमा विदेशमा सन्तान भएकाहरूलाई नेपालमा खरीददारीमा मोह छैन । विदेशमा आफ्ना सन्तान नगएकाहरूले पनि एक न एक दिन आफ्नो सन्तान पनि विदेश त गइहाल्छ भनेर ती अभिभावकहरूमा समेत न त घरको तला थप्ने रहर छ, न एक टुक्रा थप जग्गा किन्ने चाह नै छ । यसरी विदेशसँग प्रत्यक्ष जोडिएका र जोडिने सम्भावना भएका दुवैथरी वर्ग, जसले नेपालको जनसंख्याको अधिकांश अंशको प्रतिनिधित्व गर्छन्, तिनीहरूमा नेपालमा कुनै पनि आर्थिक गतिविधिमा संलग्न हुने कुनै इच्छा छैन । देशको आर्थिक क्रियाकलापमा सम्पन्न वर्ग र मध्यम वर्गको यस्तो अनुत्साहले मुलुकमा आर्थिक क्रियाकलाप ठप्प हुने थप जोखिम बढेको छ ।  ग्रामबाट नगरउन्मुख बसाइँसराइ अब नगरबाट विदेशतर्फ उन्मुख भइरहेको सन्दर्भमा हिजो जसरी गाउँहरू खाली हुने समस्या सृजना भएको थियो त्यही समस्या अबको केही समयमा नगरहरूमा पनि देखिने संकेतहरू मिलेका छन् । नगरमा भाडामा लेखिएका प्लेटहरूको वृद्धि एवम् शटर र फ्ल्याटहरू खाली हुने समस्याका पछाडि नगरबाट विदेश उन्मुख बसाइँसराइ प्रमुख कारणका रूपमा रहेको छ । क्रयशक्ति बढी भएका नगरवासीहरू विदेशिँदा बजारमा मागका आउने कमीले निम्त्याउने संकट भयावह रूपमा बढ्दै छ । भनिन्छ, ग्रामहरू आर्थिक गतिविधिविना पनि टिक्न सक्छन् परन्तु नगरहरू आर्थिक गतिविधि कम हुँदा सुक्दै जान्छन् र कालान्तरमा भूत शहरमा रूपान्तरण हुन्छन् । नेपालका शहरहरू यही दिशामा उन्मुख हुँदै गएका छन् । उजाडिन लागेको बस्ती पुरै नउजाडिएसम्म विश्राम लिँदैन भन्ने शास्त्रीय मान्यता नेपालमा पनि लागू हुन सक्ने केही संकेतहरू देखिएका छन् ।  निजामती कर्मचारीका सन्तानहरू निजामती प्रशासनमा छिर्न चाहँदैनन् । जंगी क्षेत्रका कर्मचारीका सन्तानहरू जंगी क्षेत्रमा प्रवेश गर्न चाहँदैनन् । केही अपवादलाई छोड्ने हो भने उद्योग क्षेत्रका सन्तानहरू पनि उद्योग क्षेत्रमा प्रवेश गर्न चाहँदैनन् । शिक्षकको सन्तान शिक्षक हुन चाहँदैन । कृषकका सन्तान कृषक हुन चाहँदैन । यसरी आफ्ना अभिभावकको पेशाप्रति चरम वितृष्णा नयाँ पुस्तामा उत्पन्न भएको छ । सबैभन्दा चिन्ताको विषय यो नयाँ पुस्तावर्ग अन्य विकल्पहरू रोज्नुभन्दा सीधै विदेश पलायनलाई आफ्नो लक्ष्य बनाइरहेको हुन्छ । अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई आफ्नो पेशालाई अनुकरण गर्न सक्ने गरी व्यावहारिक र सैद्धान्तिक दुवै पक्षबाट पुष्टि गर्न सक्ने क्षमता गुमाइरहेको छ । आदर्शको अवसान र साधनभन्दा साध्यमा बढी जोड दिने र स्थापित सिद्धान्तको उल्लंघन समृद्धिको आधार बनिदिँदा नयाँ पुस्तालाई आफ्नो पेशामा लाग्न उत्प्रेरणा दिने नैतिक साहस पुरानो पुस्ताले गुमाउँदै जाँदा आफ्ना सन्तानलाई ‘मेरो पेशामा अनि मेरो देशमा भविष्य’ छ भनेर सहमत तुल्याउन सकिरहेका छैनन् । पद्धतिमा आधारित भई आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने मनोबल नयाँ पुस्तामा रोपण गर्न नसक्दा यस्तो अवस्थाको सृजना भएको हो । वैदेशिक रोजगार प्रवर्द्धनलाई नेपालको आर्थिक कूटनीतिको षड् अंगमध्ये एउटा अंगको मान्यता प्राप्त हुँदा नयाँ पुस्तामा स्वदेशमा बस्नु भनेको अन्धकारमय भविष्य बनाउनु हो र विदेशमा बसाइँसराइ गर्नु भनेको उज्ज्वल भविष्यको सुनिश्चितता हो भन्ने भाष्य स्थापित गर्न थप मद्दत मिलेको छ ।  उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै नेपालको अस्तित्व जोगाउने हो भने वर्तमान अनियन्त्रित बसाइँसराइलाई नियन्त्रण गर्नु आवश्यक भइसकेको छ । बसाइँसराइको अधिकार व्यक्तिगत भए तापनि यसको अनियन्त्रित प्रवाह रोक्न प्रत्यक्ष अप्रत्यक्ष विधिहरू अपनाउन जरुरी देखिन्छ । अन्तरराष्ट्रिय बसाइँसराइमा निश्चत थ्रेसहोल्ड राख्नु आवश्यक छ भने आन्तरिक बसाइँसराइलाई रोक्न पनि आवश्यक विधिहरू अपनाउन जरुरी छ । संघीयताको अवधारणामा राज्यका अधिकारहरू तीन तहका सरकारमा विनियोग गरिएभैंm आर्थिक क्रियाकलापहरू र सेवाको पनि प्रदेश र स्थानीय तहमा हस्तान्तरित हुने अभ्यास लागू हुन आवश्यक भइसकेको छ । भूमिपतिको सुरक्षा र भूमिको हदबन्दीको वर्तमान व्यवस्थामा सुधार आउँदा साथ कृषिको आधुनिकीकरण भई ग्रामीण क्षेत्रको शहरउन्मुख बसाइँसराइको गति धेरै सुस्त गर्न सकिन्छ । नाम कमाएका शिक्षण संस्था र स्वास्थ्य संस्थाका सेवाहरूको विकेन्द्रीकरणले पनि ग्रामीण क्षेत्रबाट शहरतर्फ हुने बसाइँसराइलाई थप कम गर्ने देखिन्छ । आन्तरिक बसाइँसराइलाई न्यून गर्न स्थानीय तहले विशेष भूमिका खेल्न सक्ने देखिन्छ । सारमा भन्नुपर्दा स्थानीय तहले बसाइँसराइ रोक्ने नीति अंगीकार गर्नु आवश्यक भइसकेको छ । यसका लागि कुनै स्थानीय तहमा बसाइँसराइ भएर आउँदा निश्चित मापदण्डहरू अपनाउनुपर्ने, साधनस्रोतमाथि पर्न सक्ने असरको पूर्वमूल्यांकन गरेर मात्र बसाइँसराइको अनुमति दिने जस्ता विषयमा विशेष  ध्यान जानु आवश्यक छ । कुनै स्थानीय निकायले बसाइँसराइको अनुमति दिँदा किन बसाइँसराइ गर्नुपर्‍यो सम्बद्ध स्थानीय निकायले बसाइँसराइ रोक्न किन सकेन भन्ने कुराको समेत पुष्टि हुने विषयहरू समेटिनु आवश्यक देखिन्छ । यसरी आन्तरिक र बा≈य दुवैथरी बसाइँसराइ नियन्त्रण गर्न सम्बद्ध पक्षहरू समयमै चनाखो हुन आवश्यक छ । जनशक्ति निर्यात नीति र आर्थिक वृद्धि प्राप्त गर्ने नीति आफैमा विरोधाभासी विषय हुन् । जनशक्ति निर्यातसहितको आर्थिक वृद्धि र राजस्व वृद्धिको असम्भव मोडलतिर देशलाई धकेल्नु निश्चय नै बुद्धिमानी कार्य होइन । लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

'कोरोनाले रोक्यो कतारको बाटो, गाउँमै गाई पालेँ विदेश जानु साटो'

इलाम – पढ्ने रहर त्यागेर परदेशीनु पर्ने बाध्यतामा पर्नुभयो इलाम नगरपालिका ३ पुवामझुवाका गिमान सुनुवार । उमेर १९ मा लाग्दै थियो । लक्ष्य शिक्षक बन्ने थियो । तर मनको रहर र सपना मनमनै मारेर उहाँ रोजगारीका लागि कतार जानुभयो । झण्डै १२ वर्ष कतारमै बित्यो । सानै उमेरमा परदेशीनु पर्दा उहाँको पढ्ने रहर त पुरा भएन । तर क...

'कोरोनाले रोक्यो कतारको बाटो, गाउँमै गाई पालेँ विदेश जानु साटो'

इलाम – पढ्ने रहर त्यागेर परदेशीनु पर्ने बाध्यतामा पर्नुभयो इलाम नगरपालिका ३ पुवामझुवाका गिमान सुनुवार । उमेर १९ मा लाग्दै थियो । लक्ष्य शिक्षक बन्ने थियो । तर मनको रहर र सपना मनमनै मारेर उहाँ रोजगारीका लागि कतार जानुभयो । झण्डै १२ वर्ष कतारमै बित्यो । सानै उमेरमा परदेशीनु पर्दा उहाँको पढ्ने रहर त पुरा भएन । तर कमाएर पूरा गर्न साँचेका सपना भने पुरा गर्नुभयो उहाँले । विश्वमा कोरोना महामारी नफैलिएको भए यो सपना पनि अधुरै हुँदो हो । महामारीको कारण भएको लकडाउनले गिमानलाई घरैमा राख्यो । महामारीले परदेश...

मावि हाक्ने 'कान्छो प्रधानाध्यापक'

जुम्ला तिला गाउँपालिका ६ घोडेगाउँमा जन्मिएका ३२ वर्षीय धनबहादुर रोकायाको सानैदेखि शिक्षक बन्ने रहर थियो । उनी जुन स्तरको अध्ययन गर्थे, त्यही स्तरको शिक्षक बन्ने धोको मनभित्रै बुन्थे । शिक्षक बन्ने धोको त सानैदेखि थियो तर प्रधानाध्यापक बन्ने कल्पनासम्म थिएन । अहिले कहिल्यै पनि कल्पना नगरेको प्रधानाध्यापक बनेका छन् । उनले भने,'सानो उमेरमै प्रधानाध्यापकको जिम्मेवारी पाउँदा चुनौति र अवसर दुबै अनुभूति भइरहेको छ ।'

तातो पानी खान्छु म

तातो पानी खान्छु म घरमै बस्छु पढ्छु म साइनो लेख्छु रमाउँछु । साना हामी बालक पढ्ने लेख्ने रहर छ असल बालक बन्नु छ । मित्र उत्साह थप्छन् शिक्षक चेतना थप्छन् बाआमा जिम्मेवारी थप्छन् ।

शिक्षक नै शौच गर्न जंगल जानु परेपछि...

तेह्रथुम, वैशाख १६ । खुला दिसामुक्त जिल्लाका शिक्षकहरु नै शौच गर्न जंगलतिर जान्छन् भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ ।   तर तपाईँ अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो । तर यसमा शिक्षकहरुको रहर ...