काठमाडौं : वैदेशिक रोजगारीका नाममा मासिक १ सय नेपाली ठगीमा पर्ने गरेका छन्। रोजीरोटीको जोहो गर्न विदेशिने नेपाली राम्रो काम,राम्रो कमाइ हुने प्रलोभनमा परी ठगीमा पर्ने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। चालू आर्थिक वर्षको ९ महिनामा विदेश पठाइदिने बहानामा ठगिएका ८३१ उजुरी दर्ता भएका छन्। जसमा कामदारको ३७ करोड ३० लाख ठगिएको विभागको तथ्यांकले देखाएको छ। व्यक्तिगत तवर (एजेन्ट)बाटै ४ सय जना २३ करोड २२ लाख ४५ हजार ठगिएको विभागले जनाएको छ। विदेश पठाउने नाममा मोटो रकम असुल्ने तर नपठाउन