पहिलेको हिउँ नपग्लिँदै पुनः हिमपात भएपछि हुम्लाको जनजीवन कष्टकर बनेको छ । सदरमुकाम सिमकोटसहित जिल्लाभर सोमबार बिहानबाट हिमपात जारी छ । हिमपातकै कारण तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको हुम्ला विमानस्थलले जनाएको छ । उच्च हिमाली क्षेत्रको तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म पुगेको अनुमान छ ।