नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्षमा २८ वर्षीय इन्जिनियर निर्वाचित भएका छन्। उनले ४ हजार ५९ मत पाएका छन्। नेकपा एमालेका तर्फबाट २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष बनेका हुन्। उनले कांग्रेसका उम्मेदवार शशिकिरण बस्ताकोटीलाई १ सय ५९ मतले पराजित गरेका छन्। यसअघि बस्ताकोटी गाउँपालिकाका अध्यक्ष थिए। बस्तााकोटीले ३ हजार ९ सय मत पाएका छन्।