पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना ल्याउँछु : मन्त्री श्रेष्ठ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गरेका छन्। सोमबार काठमाडौंमा आयोजित विश्वका सबैभन्दा धेरै उचाइमा होटल खोलेर गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल होटललाई शुभकामना एवं आधिकारिक प्रमाणपत्र प्रदान गर्ने क्रममा सो कुरा बताएका हुन्।सोलुखुम्बु जिल्लाको गोरखसेप सगरमाथा आधारशिविर नजिकको गाउँमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको छ।

सम्बन्धित सामग्री

पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको भन्दै खुशी व्यक्त गर्नुभयो । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको छ ।