उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डल र मन्त्री बडूबीच भेटघाट

नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेटघाट गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नवनियुक्त मन्त्री बडूसमक्ष भेटघाट गरेको हो ।लामो समयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पाएकोमा निजी क्षेत्र खुसी भएको महासंघका अध्यक्ष गोल्छाले बताए । अब उद्योग मन्त्री बडूले उद्योग व्यवसाय क्षेत्रका समस्यालाई समाधान गरेर अघि बढ्न महासंघले आग्रह गरेको छ । अध्यक्ष गोल्छाले तरलता अभाव, चर्को ब्याजदर, विद्युत कटौती, इन्धनक

सम्बन्धित सामग्री

पूर्वका उद्योगीले बेलायती राजदूतसँग मागे औद्योगिक विकासमा सहयोग

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको औद्योगिक विकासमा सीप र प्रविधि हस्तान्तरणमार्फत सहयोग गर्न बेलायती राजदूत निकोला पोलिटसँग आग्रह गरेको छ ।  राजदूत पोलिटको पहिलो प्रदेश १ भ्रमणका अवसरमा सोमबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा महासंघका प्रतिनिधिहरूले प्रदेशको आर्थिक विकासमा सहयोग गर्न आग्रह गरेका हुन् । भेटघाटमा महिला...

‘बेलायतबाट कम लगानी आयो, लगानी र व्यापारलाई प्राथमिकता दिऔं’ : गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले पुरानो सम्बन्ध भएपनि बेलायतबाट नेपालमा न्यून लगानी भएको बताएका छन् । बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग भेटघाट क्रममा गोल्छाले अब बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युत सहज आपुर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानी अवसर बढेको गोल्छाले राजदूत आचार्यलाई जानकारी गराए । नेपालले यी विषयमा गरेको सुधार बेलायतलाई ज

प्रदेश २ का उद्योगी व्यवसायीका समस्या समाधान गर्न माग

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ को नेतृत्वमा गएको उद्योगी व्यवसायीहरुको एक टोलीले विभिन्न सरोकारवाला निकायहरुसँग भेटघाट र अन्तरक्रिया गरेको छ ।उद्योग व्यावसाय क्षेत्रमा देखिएको समस्याको समाधानका लागि उद्योगी व्यवसायीको प्रतिनिधि मण्डलले सरकारका विभिन्न निकाय र निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटघाट र अन्तरक्रिया गरेको छ । प्रदेश २ उद्योग वाणिज्य महासंघका अध्यक्ष गणेशप्रसाद लाठको नेतृत्वमा रहेको […]