इटहरी सडक बालकमुक्त शहर

इटहरी क्षेत्रबाट एक वर्षमा नौ जना सडक बालकलाई उद्दार गरिएको छ। केही वर्ष अघिसम्म यहाँ बग्रेल्ती सडक बालक भेटिने गरेकोमा अब भने भेटिदैनन्। जसले गर्दा इटहरी अब सडक बालक मुक्त शहर भएको छ।

सम्बन्धित सामग्री

सडक मानव मुक्त शहर बनाउन इटहरी उपमहानगरपालिका सक्रिय

१४ वर्षीय बालक दिपेनलाई तत्काल प्रहरीले उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरियो। पछि सञ्चो भएपछि विराटनगर प्रहरीको जिम्मा लगाइएको थियो।...

शहर पसेको चितुवाको इटहरीमा सकुशल उद्धार

३० जेठ, सुनसरी । इटहरी उमहानगरपालिकाका बासिन्दाको घरमा पसेको चितुवाको सकुशल उद्धार गरिएको छ । इटहरीके जुट विकास टोल आसपासमा चितुवा देखिएको थियो । चितुवालाई सुरक्षाकर्मी तथा वन्यजन्तु सम्बन्धी प्राविधिकको सहयोगमा नियन्त्रण लिइएको हो । चितुवालाई हाललाई डिभिजन बन कार्यालय, इनरूवा, सुनसरी पठाइएको प्रहरीले जनाएको छ । चितुवा देखिएको क्षेत्रका बासिन्दा त्रसित थिए भने प्रशासनले […]

इटहरीमा कांग्रेसलाई गठबन्धनको आश, एमालेलाई विरासतको भर

१८ वैशाख, इटहरी । प्रदेश–१ को मुख्य शहर इटहरी उपमहानगरपालिकाको नेतृत्व लिन सत्तारूढ गठबन्धन र विपक्षी दल नेकपा एमालेका उम्मेदवारबीच बलियो प्रतिस्पर्धा हुने देखिएको छ । इटहरीको नेतृत्व नगुमाउने योजनाका साथ अगाडि बढेको एमालेले यामकुमार सुब्बालाई मेयरको उम्मेदवार बनाएको छ । ०७४ को निर्वाचनमा ८ वडाध्यक्ष सहित एमालेबाट द्वारिकलाल चौधरी मेयर र लक्ष्मी गौतम उपमेयर […]

एक दशकमा प्रदेश १ तीव्र शहरीकरणतर्फ, यी हुन् १४ जिल्लाका १०० बढी शहर बजार

विराटनगर ।  पूर्व–पश्चिम राजमार्ग बन्नुअघि इटहरीको अस्तित्व सामान्य बस्तीका रूपमा थियो । राणाकालमा सतन चौधरीले गैसार भन्ने ठाउँमा जंगल फाँडी यहाँ बसोबास शुरू गरे । अहिलेको इटहरी चोकभन्दा एक किलोमीटर दक्षिणमा रहेको गैसारबाट उत्तरमा ढेडु टोलसम्म फैलिएको बस्तीले आधुनिक रूप धारण गर्न राजमार्ग नै बन्नुपर्‍यो ।  त्यसअघि पूर्वबाट राजधानी जान विकट पहाडी बाटाहरूको प्रयोग हुन्थ्यो । महीनौं हिँडेर राजधानी पुग्नुपर्थ्यो । गाडी चढ्नुपरे भारतको बाटो हुँदै रक्सौलसम्म पुगिन्थ्यो र वीरगञ्ज नाकाबाट राजधानी जानुपर्थ्यो । राजमार्ग निर्माणसँगै यो सवारी चालकहरू बस्ने ‘जक्शन’ बन्यो । बिस्तारै आवागमनको केन्द्र पनि । त्यसपछि यसले रूपै फेर्‍यो । जोगबनीदेखि पहाड उक्लिने बाटाले यहीँनेर पूर्व–पश्चिम राजमार्गलाई छेड्यो । अनि, इटहरी पूर्वकै व्यस्त शहर बन्यो । गाउँबाट उठेर २०५३ मा नगरपालिका घोषित इटहरी २०७१ मङ्सिरमा उपमहानगरपालिका बन्यो । सुखद संयोग प्रदेश १ का दुई उपमहानगरपालिका सुनसरीमै ‘जुम्ल्याहा’ रूपमा छन्, इटहरी र धरान । यी दुवैले यो प्रदेशको वैभवलाई प्रतिनिधित्व गर्छन् । बितेको दशकमा इटहरी मात्र होइन, यसको पश्चिमको पकली, उत्तरको हाँसपोसा र दक्षिणको खनारसमेत शहरीकरणमा समेटिएका छन् । र, इटहरी–धरानको खाली–सीमा मेटिँदै गएको छ । उदाहरण इटहरीको भए पनि मुहार यो सिंगो पूर्वी नेपालको हो । केही वर्षयता यहाँ शहरीकरणको गति तीव्र छ । १९७० सालसम्म दमक दलदल क्षेत्र थियो । झापाको पुरानो बजार गौरीगञ्ज र मोरङको मधुमल्ला आउजाउ गर्दा त्यही दलदल बाटो हिँड्नुपर्थ्यो । त्यही भएर आदिवासी धिमाल समुदायले यसलाई ‘दालदालीको दामा’ भन्ने गर्थे । त्यही शब्द अपभ्रंश हुँदै दमक नामकरण हुन पुगेको दमक नगरपालिकाका पूर्वउपप्रमुख मोहन धिमालले बताए । त्यसपछि विस्तारै नजिकैको रतुवा बगरमा बुधवार बजार लाग्न शुरू भएको थियो । अनि, बजारीकरणतर्फ लाग्यो । २०३९ मा नगरपालिका बनेको दमक तीव्र विकासका साथ अघि बढिरहेको छ । दमकमा विश्वकै अग्लो बुद्ध मूर्ति, क्लिन इन्डस्ट्रियल पार्क, भ्यु टावर निर्माण गर्ने ठूला योजना प्रस्ताव गरिएका छन । निर्माणाधीन अन्य योजनामा फाल्गुनन्द सभागृह, नमूना बजार, फोहोरमैला प्रशोधन केन्द्र, चक्रपथलगायत छन् ।  प्रदेश १ को राजधानी विराटनगर घोषणा भयो । तर, यसको नामकरणका लागि दलहरूबीच सहमतिका प्रयास भइरहेको छ । विराटनगरको विकासको गति र फैलावट पनि गतिशील छ । २२ किलोमीटर पूर्वमा रहेको रंगेलीबाट १९७१ सालमा मोरङको सदरमुकाम यहाँ सारिएको हो । २००८ सालमा नगरपालिका घोषित विराटनगर ११ वर्षअघि उपमहानगरपालिका बन्यो । यही वर्ष महानगरपालिका बनिसकेको छ । भवन तथा शहरी विकास डिभिजन कार्यालय विराटनगरका डिभिजनल इन्जिनीयर श्यामकिशोर सिंहका अनुसार सार्क क्षेत्रमै शहरीकरणको गति नेपालको बढी छ । ‘नेपालभित्र पनि सातओटा प्रदेशमध्ये १ नम्बरमा तीव्र गतिमा शहरीकरण भइरहेको छ,’ उनले भने, ‘यसको कारण हो, बसाइँसराइ । पूर्वाधार र सुविधा भएका क्षेत्रमा बसाइ सर्ने क्रम बढेको छ । यसले शहरीकरणमा दबाब पुगेको छ । आर्थिक गतिविधि शहरमै बढी छ । सुविधा बढी भएकाले शहरले गाउँका मान्छेलाई तानिरहेको छ, गाउँले शहरतिर ठेलिरहेको छ ।’ नगरमा गुरुयोजना बनाएर बस्ती विकास, बाटो सञ्जाल, विद्यालय, डम्पिङ साइटजस्ता कुरामा ध्यान दिनु जरुरी रहेको उनले औंल्याए । ‘धेरै गाउँ हुँदा पहिला सानो जनसंख्या थियो, सानै शक्ति थियो । अब एकीकृत हुँदा ठूलो जनसंख्या भएको छ र यसले ठूलै शक्ति निर्माण गरेको छ । यसलाई विकासमा लगाउनुपर्छ,’ उनले भने । सिंहका अनुसार राजमार्ग आसपास क्षेत्रमा बढी शहरीकरण भइरहेको छ । यसले गर्दा आर्थिक गतिविधि पनि वृद्धि भइरहेको छ । पूर्वतिर रंगेली, उत्तरतिर धरानसम्म गाभेर यसलाई ‘बृहत्तर विराटनगर महानगर’ बनाउन सकिने योजनाविद्हरू बताउँछन् । त्यति मात्र होइन, विराटनगर देशकै ठूलो महानगरको अवस्थिति बोकेको शहर हो । पूर्वतिर रंगेली, उत्तरतिर धरानसम्म गाभेर यसलाई ‘बृहत्तर विराटनगर महानगर’ बनाउन सकिने योजनाविद्हरू बताउँछन् । बीचतिर इटहरी, इनरुवालगायत शहर यसमा जोडिनेछन् । डिभिजनल इन्जिनीयर श्यामकिशोर सिंहले पनि शहरी विकासलाई उच्चस्तरमा लैजान यो अवधारणा उचित हुने बताए । तत्कालीन योजना आयोगमा शहरी विकाससम्बन्धी जिम्मेवारी वहन गर्ने सदस्य डा. सुनीलबाबु श्रेष्ठ भन्छन्, ‘सिँगै देशमा शहरीकरणको गति तीव्र छ, त्यसभन्दा तीव्र १ नम्बर प्रदेशमा छ ।’ राज्यको पुन:संरचनाका क्रममा स्थानीय तह शक्तिशाली भएका छन् । साविक गाविस/नगरपालिका गाभेर ठूला आकारका गाउँपालिका/ नगरपालिका बनाइएका छन् । तिनलाई अधिकारसम्पन्न बनाइएका छन् । स्रोतको उत्पादनदेखि परिचालनसम्मका स्वायत्तता दिइएका छन्। यसले पनि शहरीकरणमा बल पुग्ने विज्ञहरूको अपेक्षा छ । सरकारले शहरीकरणका लागि केही नयाँ योजनासमेत अघि सारेको छ । त्यसमध्ये एउटा हो ‘एक शहर एक पहिचान ।’ श्रेष्ठका अनुसार यसका लागि प्रदेश १ का विभिन्न शहरले ‘पहिचान’ का प्रस्तावहरू हालिरहेका छन् । ‘धनकुटाले खाद्य हरियाली नगरका रूपमा पहिचान चाहेको छ,’ उनले भने, ‘यो यस्तो योजना हो, जसमा कृषिमा आत्मनिर्भरतासहित हरियालीलाई प्राथमिकता दिइन्छ । जस्तो– घरमा फलफूलको बगैंचा लगाउने । यसले हरियालीसँगै आम्दानी पनि हुन्छ ।’ दमक, इलामलगायत शहरले पनि ‘पहिचान’ का परियोजना बनाइरहेको उनले जानकारी गराए । त्यस्तै, सरकारको अर्को योजना हो– ‘स्मार्ट भिलेज ।’ त्यसका लागि पनि ठाउँ छनोट भइरहेको उनले जानकारी दिए । उनका अनुसार यस वर्ष ३ ओटा खाद्य हरियाली शहर र ७५ ओटा ‘स्मार्ट भिलेज’ बनाउने तयारी छ । नेपालमा यति धेरै नगर घोषणा गरिएका छन् कि हामी नगरवासीका रूपमा दक्षिण एशियामा एक नम्बरमा छौं । देशभर नगरवासीको संख्या ५८ दशमलव ४ प्रतिशत पुगेको छ । तर, कतिपय नगरपालिकामा पूर्वाधार कमजोर छन् । ‘तिनलाई विकासपथमा तीव्र गतिमा अघि लैजानु जरुरी छ, चुनौती पनि उत्तिकै छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि योजना आयोगले एकीकृत शहरी विकास योजना ल्याउन हरेक स्थानीय तहलाई भनेको छ । त्यसपछि सडक, ढल, बिजुली, टेलिफोनजस्ता काम एकीकृत ढंगले हुनेछन । एउटा विकास गर्दा अर्को अवरुद्ध हुने वा भत्किने क्रम सकिनेछ ।’ प्रदेश १ मा एउटा महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका छन् । राणाशासनकालमा धनकुटा बडाहाकिम कार्यालय थियो । यसैले तराईका केही भाग र इलामसम्मको प्रशासन हेर्थ्यो । विसं १९४२ पछि धनकुटा पूर्वका ३ अड्डाका अपिल सुन्ने केन्द्र बन्यो । पञ्चायतकालमा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम अर्थात् १६ जिल्लाको प्रशासनिक केन्द्र बन्यो । विकासको गतिमा पहाड पनि लम्किँदै तराईका मात्र होइन, प्रदेश १ का पहाडी शहर पनि तीव्र गतिमा अघि बढिरहेका छन् । इलाम २०१५ मै नगरपालिका बने पनि पूर्वाधार र विकासमा पछाडि थियो । कृषि र पर्यटनका बलमा यसले विकासको अग्रता समाएको छ । यहाँ विमानस्थल, जैविक विविधतायुक्त पर्यटकीय स्थल, सभागृह निर्माण तीव्रतर गतिमा भइरहेको छ । विकासको गति समाएको अर्को शहर हो– धनकुटा । राणाशासनकालमा धनकुटा बडाहाकिम कार्यालय थियो । यसैले तराईका केही भाग र इलामसम्मको प्रशासन हेर्थ्यो । विसं १९४२ पछि धनकुटा पूर्वका ३ अड्डाका अपिल सुन्ने केन्द्र बन्यो । पञ्चायतकालमा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम अर्थात् १६ जिल्लाको प्रशासनिक केन्द्र बन्यो । २०४६ को परिवर्तनपछि विकास क्षेत्रको अवधारणालाई कम महत्त्व दिएका कारण प्रशासनिक रूपमा यसको प्रभाव घट्न थाल्यो । नेपालको एकीकरण भएबाटै धनकुटा बनेर यहाँबाट प्रशासनिक, सामरिक र न्यायिक काम शुरू भएको इतिहासकार डा. गोपालबहादुर भट्टराईले जानकारी दिए । त्यहाँबाट यहाँ आइपुग्दा पछिल्लो छोटो समयमा यसले भौतिक विकासमा राम्रै फडको मारेको छ । तीव्र शहरीकरणमा अघि बढिरहेका शहरहरू  मोरङ : विराटनगर, रंगेली, उर्लाबारी, बेलबारी, विराटचोक, सलकपुर, लेटाङ, कटहरी, डायनियाँ, नयाँ बजार, कर्सिया, मिक्लाजुङ, पथरी, शनिश्चरे, झोराहाट सुनसरी : धरान, इटहरी, झुम्का, तरहरा, इनरुवा, चतरा, भरौल, दुहबी झापा : दमक, बिर्तामोड, काँकडभिट्टा, भद्रपुर, सुरुंगा, धुलाबारी, झिलझिले, गौरादह, गौरीगन्ज, चन्द्रगढी, चारआली, बुधबारे, शनिश्चरे धनकुटा : धनकुटा बजार, हिले, जितपुर, पाख्रिबास, लेगुवा, जोरपाटी, सिँधुवा, तित्रे, भेडेटार, डाँडाबजार, राजारानी, मौनाबुधुक, शुक्रबारे तेह्रथुम : वसन्तपुर, म्याङलुङ, जिरीखिम्ती, मोराहाङ, पोक्लाबाङ, संक्रान्ती, चुहानडाँडा, लसुने, शुक्रबारे संखुवासभा : खाँदबारी, चैनपुर, तुम्लिङटार, मुढेशनिश्चरे, किमाथांका, हटियागोला, बाना बजार, बाह्रबिसे, ताम्कु ताप्लेजुङ : फुङलिङ, दोभान, खाम्दिंगे, सिवा पाँचथर : फिदिम, यासोक, रवि, दुरदिम्बा, जोरपोखरी, थर्पु, पञ्चमी, अमरपुर, भालुचोक, काबेली, च्याङ्थापु, फलैंचा, ओयाम, मावा, आङना, चिसापानी, राँके, पौवाभन्ज्याङ, नवमीडाँडा इलाम : सदरमुकाम इलाम बजार, फिक्कल, मंगलबारे, देउराली, शुक्रबारे, माङसेबुङ, पशुपतिनगर, सप्तमी, कुटिडाँडा, जौबारी, आइतबारे उदयपुर : गाईघाट, बेलटार, कटारी, रामपुर, मुर्कुची ओखलढुंगा : रुम्जाटार, मानेभन्ज्याङ, रामपुर, खानीभन्ज्याङ, खिदी फलाँटे, घोराखोसी, ओखलढुंगा भोजपुर : भोजपुर, दिङ्ला, घोडेटार, तिवारीभन्ज्याङ, प्याउली, बालङखा, टक्सार खोटाङ : दिक्तेल, खोटाङ बजार, ऐंसेलुखर्क, बाक्सिला, बुइपा, मानेभन्ज्याङ, चिसापानी, सिमपानी सोलुखुम्बु : नाम्चे, सल्लेरी, लुक्ला, नेचा, पत्ताले

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैँडाकोटमा पनि

काठमाडौं । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबर नेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैँडाकोटमा पुगेको छ ।  डिशहोमका बिक्री प्रबन्धक मनोज शर्माले नेपालका प्रमुख शहर काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, विरगंज, धरान, जनकपुर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान, भैरहवा पनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ । छिटै नेपालगञ्ज र धनगढीमा पनि पुग्दै छ । अब ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टर

धनकुटामा ह्वात्तै बढ्यो खसी बोकाको कारोबार

धनकुटाबाट दशैंको समयमा धरान, इटहरी, विराटनगर र दमक लगायतका पूर्वी शहर र काठमाडौंसम्म खसीबोका निर्यात हुने गरेको व्यापारीहरूको भनाइ छ ।

घरजग्गा कारोबारमा पोखरा र इटहरी अगाडी, धनगढी र नेपालगञ्ज नयाँ ‘हटस्पट’

अहिले घरजग्गा कारोबार अत्याधिक बढेको छ । काठमाडौँ उपत्यका छोडेर कारोबारीहरु मोफसलमा केन्द्रित भएका छन् । जसका कारण घरजग्गा कारोबार र राजस्व असुलीमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरुलाई काठमाडौँ बाहिरका मालपोतले पछि पारेका छन् ।भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले पनि काठमाडौँ बाहिरका शहरहरु घरजग्गा कारोबारको ‘हटस्पट’ बन्ने गरेको देखाएको छ । पोखरा र इटहरी पहिलोकाठमाडौँ उपत्यकालाई पछि पार्ने दौडमा अहिले मोफलसका शहरहरुबीच तीव्र प्रतिस्पर्धा छ । २ वर्ष अगाडीसम्म काठमाडौँ बाहिर पोखरा र चितवनमा जग्गाको कारोबार उच्च थियो । तर, अहिले पोखरा र चितवनलाई नेपालगञ्ज र धनगढीले पछि पारिसकेका छन् ।राजस्व संकलनमा भने पोखरा अझै अग्रस्थानमा कायमै छ । तर, कारोबार संख्या भने धनगढी र नेपालगञ्जको बढी छ । देशभरीमा सबैभन्दा बढी घरजग्गा कारोबार इटहरीमा भएको छ । इटहरी, चितवन, पोखरा, भैरहवा र बुटवलमा जग्गाको भाउ काठमाडौँ उपत्यकाकै हाराहारीमा छ ।भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार उपत्यका बाहिर घरजग्गा किनबेचमा इटहरी पहिलो र राजस्व संकलनमा पोखरा पहिलो देखिएको छ । गतवर्ष इटहरीमा २७ हजार ९५५ घरजग्गा किनबेच हुँदा १ अर्ब १३ करोड राजस्व संकलन भएको छ । पोखराबाट १३ हजार ८९५ घरजग्गा किनबेच हुँदा २ अर्ब ११ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । कहाँ कति कारोबार ?झापाको भद्रपुर र दमक मालपोतबाट ३५ हजार घरजग्गा किनबेच हुँदा १ अर्ब ३० करोड राजस्व उठेको छ ।मोरङको विराटनगर र बेलवारीबाट ४० हजार घरजग्गा किनबेच भएको छ । यसवापत १ अर्ब ८२ करोड राजस्व संकलन भएको छ । चितवनका ४ मालपोत कार्यालयबाट २२ हजार घरजग्गा किनबेच हुँदा २ अर्ब ३३ करोड राजस्व संकलन भएको छ ।बुटवल र भैरहवामा ११ हजार घरजग्गा किनबेच हुँदा १ अर्ब ७९ करोड राजस्व उठेको छ । प्रदेश राजधानी दाङ सरेवपछि बुटवलको कारोबार सुस्ताएको हो ।दाङ, नेपालगञ्ज र धनगढी हटस्पट बन्दैनेपालगञ्ज र धनगढी अहिले परिचित हटस्पट शहरभन्दा बढी कारोबार हुने शहर बनेका छन् । बुटवल, पोखरा, चितवनलाई यी २ शहरले उछिनेका छन् । चितवन र पोखरा जस्ता उच्च कारोबार हुने शहरलाई दाङले पनि पछाडि पारेको छ । दाङका घोराही, लमही र तुल्सिपुरबाट २९ हजार घरजग्गा किनबेच भएका छन् । नेपालगञ्ज र धनगढी घरजग्गा कारोबारको नयाँ हटस्पट बन्ने दौडमा छन् । गत बर्ष नेपालगञ्जमा २० हजार ६ सय घरजग्गा किनेबच हुँदा ९१ करोड ३४ लाख राजस्व संकलन भएको छ ।धनगढी र टिकापुर मालपोतबाट १६ हजार ३ सय घरजग्गा किनबेच हुँदा १ अर्ब १४ करोड राजस्व उठेको छ । कैलालीमा धनगढी, टिकापुर, अत्तरिया, सुखड र लम्की गरी ५ वटा शहर छन् । यी ठाउँमा केही वर्षअघि लाख रुपैयाँ कट्ठा पर्ने जग्गाको मूल्य अहिले १० लाखसम्म पुगेको छ ।

डिशहोम फाइबर नेट सेवा बनेपामा

काठमाडाैं । डिशहोमको फाइबर नेट सेवा काभ्रेपलाञ्चोकको बनेपामा विस्तार भएको छ । प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको र सोही अनुरुप डिशहोमको फाइबर नेट बनेपामा पुगेको कम्पनीले जनाएको छ ।काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यस अघि नै डिशहोम फाइबर नेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्यसहित हाल बनेपा पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विर

जनकपुरमा पनि डिशहोम फाइबर नेट सेवा

डिशहोम फाइबर नेट सेबा जनकपुरमा पनि विस्तार भएको छ ।  काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र विराटनगरमा यसअघि नै डिशहोम फाइबर नेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य सहित डिशहोम फाइबर नेट हाल जनकपुरमा पनि विस्तार गरिएको कम्पनीले जनाएको छ । छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि यो सेवा विस्तार हुने डिशहोमले जनाएको छ । डिशहोम फाइबर नेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवका साथ डिशहो...

सुनसरीमा नेपाली सेना परिचालन

इटहरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा नेपाली सेना परिचालन गरिएको छ । सुनसरीमा कोरोना संक्रमितको संख्या अत्याधिक बढेको भन्दै मुख्य शहर इटहरी, धरान र इनरुवामा सेना परिचालन गरेको हो । सेनाले धरान, इटहरी र इनरुवामा मूख्य बजार क्षेत्र, अति भीड हुने स्थान र राजमार्गमासमेत नियमित गस्ती गर्ने बताइएको छ । यस अघि बैशाख ३१... The post सुनसरीमा नेपाली सेना परिचालन appeared first on Purbeli News.