विश्वभर त्रासको रूपमा फैलिएको कोराना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनका नयाँ संक्रमित क्यानडामा भेटिएपछि भारतमा तनाव देखिएको छ ।
क्यानडामा ओमिक्रोनका १५ संक्रमित भेटिएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले गम्भीर खतराको संकेत गरेको छ । अब क्यानडामा ओमिक्रोन फैलिनसक्ने चेतावनी दिइएको छ ।
क्यानडामा भारतीय नागरिक समेत धेरै बसोबास गर्ने र ओहोरदोहोर गरिरहने भएकाले भारतमा समेत तनाव उत्पन्न भएको छ । हालै क्यानडाबाट फर्किएका एक व्यक्तिमा कोरोना पुष्टि भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।