ओलीको ‘शब्दवाण’ पछि ९४ वर्षीय अधिवक्ताको गुनासो– मेरो अपमान भयो श्रीमान् !

काठमाडौं । वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री केपी शर्माको अभिव्यक्तिबाट आफ्नो अपमान भएको भन्दै न्यायाधीशहरुको ध्यानाकर्षण गराएका छन् ।सोमबार प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाई सकेर संवैधानिक इजलास उठेसँगै ९४ वर्षीय कानुन व्यवसायी भण्डारीले न्यायाधीशहरुको ध्यानाकर्षण गराएका हुन् ।आफूले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका साथै विभिन्न अधिकारका लागि भएको संघर्षमा योगदान गरेको चर्चा गर्दै उनले यो उमेरमा आइपुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नोबारे गरेको टिप्