१४ बीमा कम्पनीले बुझाउन सकेनन् पूँजी वृद्धिको योजना, बुझाउने मध्ये धेरैको रोजाइमा हकप्रद शेयर

वैशाख ११, काठमाडौं । बीमा समितिले तोकेको समयभित्र १४ ओटा बीमा कम्पनीले चुक्ता पूँजी वृद्धिको योजना बुझाउन असफल भएका छन् । समितिले दिएको ३० दिनको समय भित्र २४ ओटा बीमा कम्पनीहरूले मात्र पूँजी वृद्धिको योजना बीमा समिति समक्ष पेश गरेका छन् । समितिले ३० दिन भित्र पूँजी वृद्धिको योजना पेश गर्न चैत १० गते निर्देशन दिएको थियो । तर, उक्त अवधि वितिसक्ता समेत बाँकी १४ ओटा बीमा कम्पनीले पूँजीवृद्धि योजना समितिमा बुझाउन सकेका छैनन् । ३९ ओटा बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्सको भने समितिले तोकेको चुक्तापूँजी भने पुगिसकेको छ ।    समितिका अनुसार वैशाख ११ गते आइतवारसम्म  २४ ओटा बीमा कम्पनीहरूले पूँजी वृद्धि योजना समितिमा बुझाएका हुन् । जसमा ११ ओटा जीवन बीमा कम्पनी छन् भने बाँकी १३ ओटा निर्जीवन बीमा कम्पनीले समितिमा पूँजीवृद्धि योजना बुझाएका हुन् । अधिकांश कम्पनीले हकप्रद शेयर जारी गरेर पूँजीवृद्धि गर्ने योजना समितिमा बुझाएका छन् । नयाँ बीमा कम्पनीहरूले मर्जरमा जाने नीति लिएर पनि समितिमा पूाजीवृद्धि योजना पेश गरेको समितिले जनाएको छ ।  यसअघि जीवन बीमा कम्पनीका लागि २ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि १ अर्ब रूपैयाँ चुक्तापूँजी कायम गर्नु पर्ने व्यवस्था थियो । समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नु पर्ने व्यवस्था गरेको छ ।  तोकिएको समयमा कम्पनीहरूले पूँजीवृद्धि योजना समितिमा पेश नगरे ऐनमा भएको व्यवस्था अनुसार कारबाही हुने समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमन पौडेलले जनाकारी दिए । समितिको योजना बीमा कम्पनीहरू घटाउने नै भएकोले उपयुक्त कम्पनी छनोट गरी एक अर्कामा मर्ज हुने गरी योजना ल्याउँन पनि भनिएको पौडेले बताए । 

सम्बन्धित सामग्री

नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न चैत ६ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ५० लाख ३० हजार ८०१ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  नेपाल बिमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब १ करोड भन्दा बढी रहेको छ । २५ प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू.२ अर्ब ५१ करोड पुग्नेछ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको आधारमा १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । प्रस्तावित हकप्रद शेयर नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित हुनेछ । त्यसपछि मात्र नेपाल धितोपत्र बोर्डमा निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने,सेबोनमा निवेदन दियो

काठमाडौं । एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात १०ः६.६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि कात्तिक २ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. २ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ । यो रकम बीमा प्राधिकरणले तोकेभन्दा ८ करोड कम हो ।  निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पु¥याउन निर्देशन दिएको हो ।

सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन्। नेपाल

करीब सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन्। नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बीमा कम्पनीले हकप्रद शेयर विक्री गर्न लागेका हुन्। ती बीमा कम्पनीले कूल छ अर्ब ८५ करोड ६४ लाख ४१ हजार रुपैयाँ मूल्य बराबरको हकप्रद शेयर विक्रीका लागि आवेदन दिएको बोर्डले…

सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् ।