काठमाडौं, असोज १५। चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना । कात्यायनी शुभ दद्याद्देवी दानवघातिनी ।। हिन्दु नेपालीहरुको महान चाँड बडादसैँको आज छैटौँ दिन हो । आजको दिनमा कात्यायिनी भगवतीको पूजा तथा अर्चना गरिन्छ । नवरात्रीको छैटौँ दिन आज अष्टमातृका भगवतीको छैठौँ शक्तिका रुपमा कात्यायिनी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, […]