सानिमा बैंकको १४.७० प्रतिशत लाभांश बिहीवार पारित हुने !

काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १४ दशमलव ७० प्रतिशत लाभांश भोलि (बिहीवार) पारित हुने भएको छ । बैंकले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कात्तिक २ गते १९औं वार्षिक साधारण सभा बोलाएको हो । सभा कुण्डलिनी दरबार, ब्यान्केट, चण्डोल, काठमाडौंमा उक्त दिन बिहान ११ बजे शुरु हुनेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ५ दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रुपैयाँ छ । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरूलाई समेत सभाले पारित गर्ने बताइएको छ ।  लाभांश प्रस्तावसहित विविध प्रस्ताव पारितका लागि बोलाएको साधारण सभा प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज २१ गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा माग लिन सक्नेछन् । 

सम्बन्धित सामग्री

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

काठमाडौँ – नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ। शुक्रबार बैंकको ३८ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्तावित ३० प्रतिशत लाभांश पारित गरेको हो। बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। समीक्षा वर्षको […]

एसियन लाइफले पारित गर्यो २७ प्रतिशत लाभांश

एसियन लाइफ इन्स्योरेन्सले २७ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको १३ औं वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश पारित गरेको हो ।भर्चुअल रूपमा बसेको कम्पनीको वार्षिक साधारणसभाले पारित गरेसँगै लगानीकर्ताले २७ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको २७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।विसं. २०६४ सालदेखि कारोबार सुरू गरेको कम्पनीले विसं. २०७८ सम्म आइपुग्दा ३० अर्ब रुपैयाँको जीवन बीमा कोष र ३० अर्ब रुपैयाँ लगानी रहे

हिमालयनको २६ प्रतिशत लाभांश पारित

हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २९औँ साधारणसभाले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको...

एसबीआई बैंकको ५.५१ प्रतिशत लाभांश पारित

नेपाल एसबीआई बैंकको ५.३१ प्रतिशत लाभांश पारित गरेको छ । मंगलबार सम्पन्न बैंकको २८औँ वार्षिक साधारणसभाले गत  आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको  ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरि कुल ५.३१ प्रतिशत  लाभांश पारित गरेको हो ।योसँगै बैंकका सेयर धनीहरूले गत वर्षको लाभांश पाउने भएका छन् । साथै सोही सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।

आइसिएफसी फाइनान्सको १४ प्रतिशत लाभांश पारित

आइसिएफसी फाइनान्स लिमिटेडले प्रस्ताव गरेको सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ । फाइनान्सको १८औँ साधारणसभाले १० प्रतिशत बोनस सेयर तथा चार प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतले पारित...

निफ्राको ८.४२ प्रतिशत लाभांश पारित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको तेस्रो वार्षिक साधारणसभा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।सभाले २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारुति गर्ने र आव २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने […]

सिबिआईएल क्यापिटलको २५ प्रतिशत लाभांश पारित

सिबिआईएल क्यापिटलले आफ्ना सेयरधनीहरुका लागि २५ प्रतिशत नगद लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न पन्ध्रौं वार्षिक साधारणसभामा उक्त लाभांश पारित गरेको कम्पनीले जनाएको छ ।साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट २५ नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको हो ।

डिप्रोक्स लघुवित्तको २१.०५ प्रतिशत लाभांश पारित

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । चितवनमा सम्पन्न सभाले २१.० ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।२० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २१.०३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी एक […]

एनएलजी इन्स्योरेन्सको १०.५३ प्रतिशत लाभांश पारित

एनएलजी इन्स्योरेन्स कम्पनीले प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले १५ औं वार्षिक साधारणसभा सम्पन्न गरी १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश […]

एनएमबि लघुवित्तको २० प्रतिशत लाभांश पारित

२७ पुस, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न आठौं वाषिक साधारण सभाले १९ प्रतिशत बोनस र १ प्रतिशत (कर प्रयोगनका लागि) नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १ (एक) प्रतिशतका दरले […]