स्थानीय तहमा कार्यरत नयाँ कर्मचारीको पहिलो चरणकाे तालिम सम्पन्न

नेपालगञ्ज । प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्ज बाँकेको आयोजनामा भर्चुअल विधिमार्फत सञ्चालित पाँच दिने ‘स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि’ विषयक तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशअन्तर्गत बाँके र बर्दियाका स्थानीय तहहरूमा कार्यरत नयाँ कर्मचारीको पहिलो चरणमा ४२ जनाका लागि तालिम सञ्चालन गरिएको हो । सरकारी सेवामा नवप्रवेशीका रूपमा कार्यरत सहायकस्तर कर्मचारीहरुको क्षमता […]

सम्बन्धित सामग्री

समायोजन भएर पनि संघअन्तर्गत कार्यरत कर्मचारीको विवरण खोज्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका तर अझै पनि संघअन्तर्गतकै स्वास्थ्य संस्थामा काम गरिरहेका स्वास्थ्यकर्मीको विवरण संकलन गर्न थालेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भएका तर संघमातहतका निकायमा नै काम गरिरहेका कर्मचारीको विवरण संघअन्तर्गतका विभाग, महाशाखासँग मागेको हो। संघमा समायोजन भएका तर स्थानीय तह या प्रदेशमा कामकाजको लागि पठाउन सकिने कर्मचारीको विवरणसमेत मन्त्रालयले विभाग र महाशाखासँ मागेको छ। सचिवस्तरीय निर्णय गरी मन्त्र

निर्वाचनमा लापरबाही गर्ने कर्मचारीको विवरण माग

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिका विपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ।आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकूल हुनेगरी मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टीसहित मतपत्र दिने, अर्धकट्टीमा दस्तखत नगराउने, स्ट्याम्प प्याडको सट्टामा अर्कै मसी प्रयोग गराउने, मतपत्र र मतदाताको सही विवरण तयार नगर्ने, मतपत्रमा मत सङ्केत गर्न रबरको स्वस्तिक छाप दिनुपर्नेमा पित्तलक

निर्वाचनका लागि अधिकृतसहित कर्मचारीको टोली मतदानस्थलतर्फ

चितवनमा स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतसहित कर्मचारीको टोली मतदान स्थलतर्फ लागेका छन्।...

कर्मचारीको नगरमोहः रित्तिँदै गाउँपालिका भरिँदै नगरपालिका

काठमाडौं, चैत २२ । दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै र सहरी नगरपालिकामा भरिँदै गएका छन् । सरकारले कर्मचारी समायोजनपछि स्थानीय तह आफैँले माग गरेका कर्मचारी पनि सहरी क्षेत्रका नगरपालिकामा सरुवा गरेसँगै दुर्गम गाउँपालिकामा कर्मचारी रित्तिँदै गएका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह कर्मचारी सरुवा गर्ने क्रममा दुई पटक गरी एक […]

स्थानीय तह निर्वाचन : तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिँदै

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने भएको छ । स्वयंसेवकबाहेक उक्त सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो । जिल्लाका १० वटै पालिकामा कर्मचारी परिचालनका लागि अहिले कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।कार्यालयले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि कर्मचारी र शिक्षकको विवरण माग गरेको छ । निर्वाचनमा परिचालनका लागि जिल्लास्थित कर्मचारी र शिक्षकको विवरण माग गरिएको र विव

निर्वाचनमा खटिने कर्मचारीको २० लाखको दुर्घटना बीमा

३ चैत, काठमाडौं । निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीको २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरेको छ । निर्वाचनको काममा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले स्थानीय तह निर्वाचनका लागि […]

स्थानीय तहका १६१३ कर्मचारीको एकैपटक सरुवा(सूचीसहित)

काठमाडौँ, २१ मङ्सिर। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भइ कार्यरत १६१३ कर्मचारीको एकैपटक सरुवा गरेको छ । मन्त्रालयले लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा उनीहरुको सरुवा गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका […]

स्थानीय तहका १६१३ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको छ।मन्त्रालयको सोमबारको निर्णय अनुसार मंगलबार ति कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरिएको हो। मन्त्रालयका अनुसार अन्तर स्थानीय तहमा कामकाजका लागि खटाउन निवेदन पेस गर्ने ५७ जना कर्मचारीको भने निवेदन रद्द गरिएको छ।मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका

स्थानीय तहका १६५० कर्मचारीको भाेलि सरुवा गरिँदै

काठमाडौं : लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत एक हजार ६५० कर्मचारीको सरुवा गरिने भएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ति कर्मचारीको सरुवा गर्ने भएको हो। मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको जानकारी दिएको हो।मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्

अब कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार स्थानीय तह समायोजन भएका र सोही ऐनअनुसार स्थानीय तहमा नियुक्त भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत सम्बन्धित तहबाट गर्ने निर्णय गरेको हो । मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत नरेन्द्रप्रसाद न्यौपानेले नयाँ नियुक्ति भएका तथा समायोज