स्थानीय तहका १६५० कर्मचारीको भाेलि सरुवा गरिँदै

काठमाडौं : लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत एक हजार ६५० कर्मचारीको सरुवा गरिने भएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ति कर्मचारीको सरुवा गर्ने भएको हो। मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको जानकारी दिएको हो।मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्