प्रधानमन्त्रीलाई बारको १० दिने अल्टिमेटम, प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्नुस्

काठमाडौं, ३० चैत। नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनसहित कानून व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहालालाई दबाब दिएका छन्। बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर ध्यानाकर्षण गराउँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दबाब दिएका हुन्। प्रधानमन्त्रीको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति हुन नसक्दा न्यायपालिकाको साख गिरेको बताए।

सम्बन्धित सामग्री

तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग

काठमाडौँ – नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्कालअघि बढाउनुपर्नेलगायतका माग राख्दै दबाबमूलक कार्यक्रम प्रारम्भ गरेको छ । बारको मागमा प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्नुपर्ने, सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्ति गर्नुपर्ने र पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने माग गरेको छ । न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसङ्गति अन्त्य गर्नुपर्ने, संसदीय सुनुवाइ […]

तत्काल प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग

तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण

१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति गर्न नेपाल बारको अल्टिमेटम

काठमाडौं। नेपाल बार एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ। एशोसिएसनले आज पत्रकार सम्मेलन गर्दै दिइएको समय सीमाभित्र पनि प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधबार पत्रकार सम्मेलन गरी नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने ‘हामी आजै आन्दोलनका कार्यक्रम घोषणा गर्दैनौं। तर माग पूरा नभए आन्दोलनको घोषणा हुन्छ।’

प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

न्यायाधीश नियुक्तिको बाटो खोलिदिन आग्रह

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डसँग भेटेर टोलीले सर्वोच्च न्यायालयको नेतृत्वसहित अन्य न्यायाधीश नियुक्तिका लागि कानुनी बाटो खोलिदिन आग्रह गरेको हो । प्रतिनिधि सभामा विचाराधीन विधेयक पारित गरेर प्रक्रिया तत्काल अघि बढाउन बार पदाधिकारीसहितको टोलीले प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री प्रचण्डले चाँडै प्रक्रिया सुरु गर्ने आश्वासन बारको टोलीलाई दिनुभएको छ ।

प्रधानन्यायाधीश सिफारिस गर्न बारको अल्टिमेटम

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको छ । करिब १४ महिनादेखि प्रधानन्यायाधीश रिक्त भएपछि बारले यसअघि राष्ट्रपति, सभामुखलगायतलाई भेटेर नियुक्तिबारे ध्यानाकर्षण गराएको थियो । दस दिनभित्र नियुक्तिको प्रक्रिया सुरु गर्न बारले अल्टिमेटम दिएको हो ।