महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य उमाशंकर अरगरिया एमालेमा प्रवेश गर्ने तयारी गरिरहेका छन् । उनी असोज ३ गते लोसपाबाट राजीनामा दिने र असोज ८ गते एमालेमा प्रवेश गर्ने तयारीमा लागेका छन् ।२०७४ मा धनुषा–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका अरगरियाले जसपा विभाजन हुँदा उपेन्द्र यादवको साथ छाडेर महन्थ ठाकुरलाई साथ दिएका थिए । लोसपा गठन हुँदा उनी कार्यकारिणी सदस्य बने भने संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी पनि पाए ।चुनावको मुखमा लोसपा छाडेर एमालेमा प