नेपाल र क्यानडाबीच हुने खेलको तालिका परिवर्तन

नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडासँग खेल्ने तय भएको अभ्यास खेलको तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्नेछ भने एक वार्मअप खेल खेल्नेछ । भिसा प्रक्रियाको कारण खेल निर्धारित समयमा नहुने पक्का भएको हो । नेपाली टिम हालै अमेरिकाबाट एक दिवसीय श्रृखंला खेलेपछि स्कटल्याण्ड र नामेवियासँगको त्रिकोणात्मक श्रृखंला खेल्ने तयारीमा छ । जहाँ नेपालले क्यानडामा दुई एकदिवसीय र दुई टी–२० खेल्ने तय भएको थियो । नेपाली टिम १ जुलाईमा वान

सम्बन्धित सामग्री

नेपाल तीन गोलले पछाडि

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा जारी फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल घरेलु टोली विरुद्धको दोस्रो खेलको मध्यान्तरसम्म तीन गोलले पछि परेको छ । पहिलो खेलमा ५-० को हार बेहोरेको नेपालले आज टोलीमा ४ परिवर्तन गर्दै केही आक्रामक टोली उतार्ने संकेत गरेको थियो । तर नेपालको अग्रपंक्तिले आक्रमण बुन्न सकेको छैन । नेपाल माथि घरेलु […] The post नेपाल तीन गोलले पछाडि first appeared on हाम्रो खेलकुद.

केन्याविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल‚ स्कोर ६ ओभरमा ४९ रन

निर्णायक मानिएको नेपाल र केन्याबीचको ५ खेलको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।  केन्याको राजधानी नैरोबीस्थित जिमखाना क्लब ग्राउन्डमा कप्तान सन्दीप लामिछानेले टस जितेपछि ब्याटिङको निर्णय गरेका हुन्।२ खेलाडी परिवर्तन गरेको नेपालले अन्तिम टी-२० मा आरिफ शेखलाई बेन्चमा राख्दै विवेक यादवलाई मौका दिएको छ। स्पिनर साहब आलमलाई बाहिर राख्दै बसिर अहमदलाई टिममा ल्याएको छ। ४ खेल सकिँदा सिरिज २-२ को बराबरीमा रहेको छ।अहिले नेपाल ६ ओभरमा ४९ रन बनाएर खेलिरहेको छ।

केन्याविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौँ- केन्याविरुद्धको तेस्रो टी-२० खेलमा नेपालले पहिलो बलिङ गर्ने भएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेपछि घरेलु टिमले ब्याटिङको निर्णय गरेको छ । नेपालले केन्यासँग पाँच टी-२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । केन्याविरुद्धको तेस्रो खेलमा नेपालले पहिलो ११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालबाट अर्जुन […]

केन्याविरुद्ध बलिङमा नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्या विरुद्धको दोस्रो  टी–ट्वान्टी खेलमा टस जितेर बलिङ गर्ने भएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा केन्याले नेपालविरुद्ध ब्याटिङ थाल्नेछ ।आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । विवेक यादवको ठाउँमा बसिर अहमद खेल्ने भएका छन् ।  आजको खेलमा जित निकाल्दै नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो । पाँच खेलको टी–ट्वान्टी सिरिजको  ते

युएईविरुद्व टस जितेर फिल्डिङमा नेपाल टोलीमा तीन परिवर्तन

काठमाडौं : आइसिसी क्रिकेट विश्व कप लिग-२  अन्तर्गत जारी त्रि-कोणात्मक सिरिजको तेस्रो खेलमा नेपाली कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन्।दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै युएई केही समयपछि ब्याटिङका लागि मैदानमा उत्रिनेछ।नेपालले अघिल्ला दुई खेलमा एक खेलमा जित र अर्को एक खेलमा हार भोगेको थियो। तेस्रो खेलमा नेपाली टिममा तीन खेलाडी परिवर्तन गरिएको छ। युएई विरुद्वको खेलको प्लेइङ सेटमा ३ खेलाडी परिवर्तन गरिएको हो।नेपालले आ

‘रणनीति परिवर्तन गर्दा कमजोर प्रदर्शन’ – प्रशिक्षक फिलिप्स

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलको दाजोमा आफ्नो टोलीले दोस्रो खेलमा कमजोर प्रदर्शन गरेको स्वीकार गरेका छन् । दशरथ रंगशालामा आइतबार भएको नेपाल र बंगलादेशबीचको दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । बिहीबार भएको पहिलो खेलमा नेपाल २–१ ले हराएको थियो । एएफसी एसियन कप छनोटको […]

नेपाल र बंगलादेश बिचको मैत्रीपूर्ण खेलको समय तालिका परिवर्तन

काठमाडौं, २३ भदौ । नेपाल र बंगलादेशबिच हुने भनिएको राष्ट्रिय महिला फुटबल टोलीको मैत्रीपूर्ण खेलको समय तालिका परिवर्तन गरीएको छ । नयाँ समयानुसार नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि (बिहीबार) र दोस्रो मैत्रीपूर्ण खेल (आइतबार) हुँदैछ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारण गरेको खेल समयलाई परिवर्तन गरेको हो । दशरथ रंगशालामा हुने […]

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरीमा

२० भदौ, काठमाडौं । नेपाल र भारतबीच आइतबार भइरहेको दोस्रो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालले गोल गर्ने दुई राम्रो अवसर गुमायो । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुतईरीले पहिलो खेल खेल्ने टिममा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले […]

फाइनलमा धनगढीको पछिल्लो खेलको टिममा तीन खेलाडी परिवर्तन

काठमाडौं। नेपाल सुपर लिगको फाइनलमा काठमाडौं रेजर्सविरुद्ध धनगढीले आज अघिल्लो खेलको टिममा तीन खेलाडी परिवर्तन गरेको छ। धनगढीले लिगमा पछिल्लोपटक काठमाडौं रेजर्सविरुद्ध पहिलो क्वालिफायरमा खेलेको थियो। उक्त टिममा प्रशिक्षक तोपे फुजाले सौजन राई, दर्शन गुरुङ र टंक बस्नेतको स्थानमा बुद्धबल तामाङ, निशाल लिम्बु, रुपेश केसीलाई स्थान दिएका छन्। काठमाडौंले भने दोस्रो क्वालिफायरमा ललितपुरविरुद्ध खेलको टिममा कुनै परिवर्तन गरेको छैन।