चितवनमा फेरि १० दिन निषेधाज्ञा थपियो

साउन १४, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आगामी साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोभिड १९  को संक्रमणको जोखिम उत्तिकै रहेको र डेल्टा भेरियण्ट भाइरससमेत पुष्टि भएको भन्दै साउन २४ गतेसम्म निषेधाज्ञा थपिएको हो ।  प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आफ्नो पेशा व्यापार व्यवसाय चलाउन अनुरोध गरेको छ ।  प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको निषेधाज्ञामा भौतिक रुपमै उपस्थित भई  कुनै प्रकारको सभा, सम्मेलन, सेमिनार, महोत्सव सञ्चालन गर्न नपाइने उल्लेख छ । भौतिक रुपमा नै उपस्थित भइ गर्नुपर्ने साधारण सभाको लागि मापदण्ड पालना गरी सीमित व्यक्तिको उपस्थित जनाई प्रशासनसँग स्विकृति लिनुपर्ने छ । यसैगरी भौतिक रुपमै उपस्थित भएर पठनपाठन गर्न नपाइने, सिनेमा, पार्टी प्यालेस, ब्युटी पार्लर, सैलुन, जिमखाना, फुटसलहरु सञ्चालन गर्न पाइने छैन । यस्तै मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगायतका धार्मिकस्थलमा नित्य पूजा बाहेक अन्य जमघट गर्न नपाइने जारी आदेशमा उल्लेख छ  साथै आदेशमा शैक्षिक संस्थामा परीक्षा सञ्चालन गर्दा जेड आकारमा सिट प्लान गर्ने र एउटा कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने उल्लेख छ । यस्तै लामोदुरीका सवारीसाधनहरु ट्राफिक कार्यालयको समन्वयमा सीमित संख्यामा सञ्चालन गर्न पाइने उल्लेख छ ।  ऋव जिल्लामा सार्वजनिक सवारी साधनहरु जोरविजोर प्रणाली अनुसार सञ्चालन गरिने भएको छ । अन्य नियमहरु पुरानै आदेश बमोजिम अनुसार सञ्चालन गर्न पाइने पनि आदेशमा उल्लेख छ ।   

सम्बन्धित सामग्री

चितवनमा केही खुकुलो पार्दै भदौ २० गतेसम्म थपियो निषेधाज्ञा

भदौ १०, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनद्वारा कडा पारिएको व्यवसायिक क्षेत्र र सरकारी कार्यालयलाई पुनः केही खुकुलो गर्दै १० दिन निषेधाज्ञा थप गरेको छ । कार्यालयले भदौ २० गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । जारी निषेधाज्ञा आज (बिहीवार) राति १२ बजे सकिँदैछ ।   बुधवार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आदेश जारी गरी भदौ २० गतेसम्म निषेधाज्ञा थपिन लागेको जानकारी दिएका हुन् । यसअघि थप गरिएको निषेधाज्ञामा सक्रिय संक्रमितको संख्याको साथै मृत्युदर मा पनि वृद्धि भएकोे भन्दै निषेधाज्ञा कडा पारिएको थियो । तर पछिल्ला दिनहरुमा सक्रिय संक्रमित दर र मृत्युदरमा कमी आएपछि निषेधाज्ञा केही खकुलो गरिएको प्रशासनले जानकारी दिएको छ ।  आदेश अनुसार यस अघि जारी गएिको निषेधाज्ञामा चारओटा बढी भीड हुने सरकारी कार्यालयहरु मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, नापी कार्यालय र जिल्ला प्रशासन कार्यालयहरु बन्द गरिएकोमा अबदेखि नियमित रुपमै सञ्चालन हुनेछन् ।  यसैगरी, अत्यावश्यक बस्तु बाहेक दैनिक उपभोग्यका वस्तुहरुका लागि साताको तीन दिन मध्यान्ह्र १२ बजेदेखि ६ बजेसम्म सञ्चालन हुँदै आएकोमा अबदेखि पहिलेकै समय तालिकामा सातै दिन सञ्चालन गर्न पाइनेछ । अन्य क्षेत्रहरुको हकमा कुनै आदेश संशोधन तथा परिवर्तन  गरिएको छैन । ‘व्यवसाय तथा अन्य  संस्थाहरु आंशिक रुपमा सञ्चालनमा आउँदा एक्कासी भीड बढ्यो भन्ने गुनासो आयो सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले भने, ती विषयहरुलाई पनि हामीले मूल्यांकन गर्‍यौं ।’ कोरोना संक्रमितको संख्या घटेसँगै सिसिएमसीको सिफारीश अनुसार निषेधाज्ञा खकुलो गरिएको शर्माले बताए । ‘अघिल्लोपटकको निषेधाज्ञामा करीब ३ हजार सक्रिय संक्रमित थिए शर्माले भने, अहिले घटेर १ हजार ८०० जतिमा झरेको छ ।’ उनका अनुसार संक्रमितको दर अनुसार निषेधाज्ञालाई कडा र खुकुलो गर्दै लगिने छ । कोरोना संक्रमित दर कम हुँदै गएमा अन्य क्षेत्रलाई पनि खुकुलो पार्दै लगिने उनको भनाइ छ ।

संक्रमण कम नभएपछि कडाई गर्दै १० दिन थपियो चितवनमा निषेधाज्ञा

साउन ३१ ,चितवन । जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेबाट जारी गरिने निषेधाज्ञालाई केही कडाई गर्दै १० दिन थप गरेको छ । दैनिक रुपमा कोरोना संक्रमण भीडभाडकै कारण बढेको देखिएकोले प्रशासनले निषेधाज्ञामा कडाई गरेको हो  ।  प्रशासनले आइतवार आदेश जारी गर्दै भादौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्यााउने निर्णय गरेको हो  । जारी निषेधाज्ञा साउन ३२ गते १२ बजे सकिदैछ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेश अनुसार भाद्र १ गतेदेखि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालयको अत्यावश्यक तथा आन्तरिक कार्य बाहेक अन्य नियमित सेवा प्रवाह बन्द गरिने भएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टराईले जनमानसबाट र सर्वपक्षीयको सुझाव अनुसार भीडभाड हुने यी सरकारी कार्यालय बन्द गरिएको जानकारी दिए । ‘सबैतिरबाट यी भीड हुने कार्यालय बन्द गर्नुपर्ने सुझाव आयो, भट्टराईले भने, संक्रमणदर कम नभए यही बीचमा आदेश संशोधन गर्न पनि सकिन्छ ।’ यी कार्यालय बाहेक अन्य कार्यालय भीड नदेखिएको र स्वास्थ्य मापदण्ड प्रयोग गरी सञ्चालन गर्न सुझाव दिइएकोले सोही अनुसार सेवा प्रयोग गर्नुपर्ने उनले बताए । स्थानीय तह, वडा कार्यालयहरुको हकमा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्नु पर्नेछ । सार्वजनिक यातायातको हकम जोर विजोर प्रणाली लागू गर्दै सवारीसाधन निसंक्रमित गर्दै भौतिक दूरी कायम गर्दै सीट क्षमता भन्दा यात्रु नराख्ने, मास्क नलगाउने यात्रुलाई सवारीसाधन चढ्न निशेध गर्नुपर्ने आदेशमा उल्लेख छ । अन्य नियम जारी निषेधाज्ञाका अनुसार नै सञ्चालन हुने आदेशमा उल्लेख छ ।

चितवनमा खुकुलो गर्दै एक साता थपियो निषेधाज्ञा

चितवन । चितवनमा खुकुलो गर्दै एक साताको लागि निषेधाज्ञा थप गरिएको छ । आज जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै यही असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको हो । यसअघि थप गरिएको निषेधाज्ञा भोलि सकिँदै छ । जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको र यसको न्यूनीकरण र रोकथामका लागि निषेधाज्ञा थप गरिएको...

चितवनमा पुनः एक साता निषेधाज्ञा थपियो

चितवन । चितवनमा यही जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लम्ब्याएको हो । दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिँदै छ । कोरोना संक्रमण दर घट्दै गए पनि जोखिम...

चितवनमा पनि एक साता थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय चितवनले आज सूचना जारी गर्दै १३ गतेदेखि लागू हुनेगरि २० जेठसम्मका लागि निशेधाज्ञा थप गरिएको जानकारी दिएको हो

चितवनमा फेरि एक हप्ता थपियो निषेधाज्ञा

चितवन : दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले तेस्रो पटकमा एक हप्ता निषेधाज्ञा थप गरेको छ। दोस्रो पटक थपिएको निषेधाज्ञा जेठ १३ गते राति १२ बजे सकिँदै थियो। जेठ २० गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए। चितवनमा जेठ १३ सम्म निषेधाज्ञा ​खाद्यान्न तथा दैनिक उपभोग्य सामान खरिदका लागि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान ६ बजे...

जेठ १३ गतेसम्म थपियो चितवनमा निषेधाज्ञा

चितवन। कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरेको छ। पहिलो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ।

चितवनमा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियो

चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले जेठ १३ गतेसम्मका लागि निषेद्याज्ञा थप गरेको छ। पहिलो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदै छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञाको थपिएको जनाइएको छ। पहिलो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमणको फैलावट कम गर्न सहयोग गरेको निष्कर्षसहित थप दुईसाता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको बताइएको छ। रासस

जेठ १३ गतेसम्म थपियो चितवनमा निषेधाज्ञा

चितवन। कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरेको छ। पहिलो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ।

चितवनमा जेठ १३ गते सम्मलाई थपियो निषेधाज्ञा

यसअघि वैशाख १६ गते देखि ३१ गते(भोलि) रातिसम्मका लागि निषेधाज्ञा थियो। यो अवधिमा जिल्लामा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा थप लम्ब्याउने निर्णय गरेको हो।