चितवनमा फेरि एक हप्ता थपियो निषेधाज्ञा

चितवन : दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले तेस्रो पटकमा एक हप्ता निषेधाज्ञा थप गरेको छ। दोस्रो पटक थपिएको निषेधाज्ञा जेठ १३ गते राति १२ बजे सकिँदै थियो। जेठ २० गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए। चितवनमा जेठ १३ सम्म निषेधाज्ञा ​खाद्यान्न तथा दैनिक उपभोग्य सामान खरिदका लागि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान ६ बजे...

सम्बन्धित सामग्री

चितवनमा पुस्तक अभाव

नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दासमेत विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयको पाठ्यपुस्तक अभाव भएको छ ।अन्य पुस्तक धमाधम वितरण भइरहेको उनले जानकारी दिए । चितवनसहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यस केन्द्रबाट पुस्तक वितरण गर्ने गरिएको छ । गत वर्ष यस के

चितवनमा पुस्तक अभाव

काठमाडौँ,१९ जेठ । नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दासमेत विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालयअन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र काक्षा ८ को नेपाली, स्वास्थ्य र अग्रेजी विषयको पाठ्यपुस्तक अभाव […]

चितवनमा पुस्तक अभाव

चितवन । नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दासमेत विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालयअन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र काक्षा ८ को नेपाली, स्वास्थ्य र अग्रेजी विषयको पाठ्यपुस्तक अभाव भएको […]

चितवनमा पनि पाठ्यपुस्तक अभाव

चितवन : नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दा विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। सामुदायिक विद्यालयअन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो।जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अग्रेजी विषयको पाठ्यपुस्तक अभाव छ। अन्य पुस्तक भने बिक्री उनले जानकारी दिए।चितवनसहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यो केन्द्रबाट पुस्तक वितरण गर्ने गरिएको छ। गत वर्ष यो केन्द्रबाट ४५ ला

उदघाटन र शिलान्यासमा सहभागी हुन प्रचण्ड फेरि चितवनमा

१६ चैत, काठमाडौं । उदघाटन, शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि चितवन गएका छन् । उनी राप्ती नगरपालिकामा हर्दी विद्युत सबस्टेशनको उदघाटन, भरतपुर–२२ धनौजीमा कभर्डहल उदघाटन, भरतपुर महानगर रिङरोडको पश्चिम खण्ड शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुनेछन् । एक हप्ता अगाडि मात्रै पनि उनी गृह जिल्ला चितवनका बिभिन्न कार्यक्रममा […]

महाधिवेशनले चुनावमा बहुमत हासिल गर्ने संकल्प लिनेछ : भट्टराई

चितवन – नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन महाधिवेशन लगत्तै एमाले चुनावको तयारीमा जाने बताएका छन् । १०औँ महाधिवेशनको उद्घाटन अघि शुक्रबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘यो हप्ता हामी महाधिवेशनमा छौँ, अर्जुनदृष्टि यसैमा छ । महाधिवेशनपछि ‘जसरी महाभारतमा अर्जुनले दृष्टि लगाए’, त्यसरी एमालेको दृष्टि अब चुनावमा हुन्छ ।’ महाधिवेशनले पार्टीलाई […]

चितवनमा निजी सवारीमा जोर-बिजोर प्रणाली लागू, हप्ताको तीन दिन पसल खुल्ने

चितवनमा कोरोना रोकथामका लागि जारी निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ । आज जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशमा १० देखि १७ असारसम्मका लागि निषेधाज्ञा थप गरिएको हो

चितवनमा हावाहुरीका कारण केराखेतीमा लाखौंको क्षति

वैशाख ३०, चितवन । चितवनको पूर्वी क्षेत्रमा मंगलबार राति वर्षासहित आएको हावाहुरीले केराखेतीमा लाखौंको क्षति भएको छ । पूर्वी चितवनको कुमरोज, रत्ननगर, खैरहनी लगायतको क्षेत्रमा लगाइएको केराखेतीमा क्षति पुगेको हो । खैरहनी नगरपालिका वडा नम्बर १२, १३ र रत्ननगरको वडा नम्बर ५ मा लगाइएको केराखेतीमा हावाहुरीले क्षति गरेको चितवन केरा उत्पादक संघका अध्यक्ष माधव घिमिरेले जानकारी थिए । क्षतिको यकिन विवरण नआए पनि हालसम्म १ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।  केरामा क्षति हुंँदा खैरहनी र रत्ननगरको दक्षिण क्षेत्रका किसान प्रभावित भएका छन् । बजारमा लैजान केही हप्ता मात्र बांँकी रहंँदा हावाहुरीले बोट नै ढल्नेगरी क्षति पु¥याउँदा उनीहरु चिन्तित भएका हुन् । ‘मेरो २० बिघामा लगाएको केराखेती मध्ये ६ बिघामा लगाएको कामनै नलाग्ने गरी हावाहुरीले ढाल्यो यतातिर अरू साथीको पनि एउटा बोट पनि काम लाग्ने अवस्थामा छैन ।’ खैरहनी नगरपालिका वडा नम्बर १३ का स्वर्णिम एकिकृत कृषक समूहका अध्यक्ष ऋषि गुरुङले भने ।  समूहमा ११ जना कृषकमध्ये सबैजसोको केराखेती नष्ट भएको उनले बताए । उक्त समूहमा आबद्ध प्रत्येक किसानले १० बिगाहदेखि २० बिगाह जग्गामा केराखेती गर्दै आएका छन् । कतिपय किसानले भर्खरै मात्र केराखेती शुरू गरेको र बीमा समेत गर्न नभ्याएका कारण उनीहरू थप मर्कामा परेको गुरुङको भनाइ छ ।  हावाहुरीले रत्ननगरपालिका तथा खैरहनी नगरपालिकामा बढी क्षति पुगेको हो । संघका पूर्व अध्यक्ष विष्णुहरि पन्तले आफ्नो सबै गरी ३५ बिघामा केरा लगाइएकोमध्ये १२ बिघाहा क्षेत्रफलमा लगाइएको केरा क्षति भएको बताए । ‘यस्तो हावाहुरी आयो बोट नै समेत सोत्तर बनायो,’ उनले भने । कोरोना कहरको समयमा हावाहुरीले क्षति भएपनि बीमा कम्पनीले विवरण संकलन गरेर गएकाले नोक्सान कम हुने आश किसानहरुको छ ।  यसपटक अघिल्ला वर्षजस्तो गर्मी नभएको र केरा पाक्नै ढिला गरेका कारण हावाहुरीको चपेटामा पर्नुपरेको किसानहरुको भनाइ छ । संघमा हालसम्म सातसय भन्दा बढी किसान आबद्ध छन् । जिल्लामा ३ हजार पाँचसय बिघाभन्दा बढी क्षेत्रफलमा केरा लगाइएको छ । वार्षिक चितवनमा डेढ अर्बसम्मको केराको कारोबार हुँदै आएको छ ।