प्रतिनिधिसभा समानुपातिक : एमालेले कटायो २८ लाख मत, अरुको कति?

काठमाडौं : नेकपा एमालेको प्रतिनिधिसभाको समानुपातिकतर्फ २८ लाख मत कटाएको छ।निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ एक करोड ४ लाख ७८ हजार ७३५ मतगणना गर्दा एमालेले २८ लाख १४ हजार ६५५ मत पाएको हाे।नेपाली कांग्रेसले २६ लाख ८८ हजार २१८ मत पाएको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ९६ हजार ९० मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ ।आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत प्राप्त गरेको छ। 

सम्बन्धित सामग्री

जसपाले पठायो प्रतिनिधिसभा समानुपातिक सदस्यको नाम

काठमाडाैँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभाका सदस्यका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । पार्टीको आज बसेको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिए । यसरी सिफारिस हुनेमा प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान छन् […]

निर्वाचन आयोगद्वारा समानुपातिक सिटको कानुन हेरफेर

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ । सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेश सभाको कानुन बाझिएको भन्दै आयोगले संशोधन गरेको हो ।  संशोधनअनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकामा एकरूपमा आएको छ । प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलहरूले समानुपातिक सिटमा बन्दसूचीबाट नाम पठाउन तीन […]

समानुपातिक सिट बाँड्न कानुन परिवर्तन

निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडका लागि कानुन परिवर्तन गरेको छ। सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेश सभाको कानुन बाझिएपछि आयोगले संशोधन गर्दै एकरूपमा दिएको हो। प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलहरूले...

प्रतिनिधिसभा समानुपातिक मत : एमालेको अग्रता कायमै

काठमाडाैँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ। निर्वाचन आयोगले शनिबार बिहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको हाे। त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ। घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात […]

प्रतिनिधिसभा समानुपातिक मतगणना : अहिलेसम्म कुन दलले कति मत प्राप्त गर्‍याे ?

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमालेले एक लाख मत कटाएको छ। एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एक लाख एक हजार ६६५ मत पाएको छ । त्यस्तै कांग्रेसले अहिलेसम्म ८७ हजार २२५ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र […]

युनिफिकेसन चर्चका प्रतिनिधि एमाले समानुपातिक सूचीको दोस्रो नम्बरमा

काठमाडौँ- ‘होली वाइन’का रुपमा नेपालमा चिनिने ‘युनिफिकेसन चर्च’का प्रतिनिधि एकनाथ ढकाल नेकपा एमालेको प्रतिनिधिसभा समानुपातिक सूचीको खस आर्यतर्फ दोस्रो नम्बरमा परेका छन्। उनी रघुजी पन्तपछि खस आर्यतर्फको सूचीमा दोस्रो नम्बरमा परेका हुन्। पूर्वमन्त्रीसमेत रहेका ढकाल केही महिनाअघि एमालेमा प्रवेश गरेका थिए। उनीसँगै उनको सिफारिसमा पार्टीले रिपब्लिका मिडिया ग्रुपकी निर्देशक शोभा ज्ञवालीलाई पनि समानुपातिक सूचीमा सामेल […]

२९ जनाले लिए प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ता

काठमाडौं :  आगामी मंसिर चारमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी समानुपातिक तर्फका २९ जना उमेदवारले बन्द सूचीबाट नाम फिर्ता लिएका छन्।निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार विभिन्न ७ दलका २९ जनाले उम्मेदवारी फिर्ता लिएको बताए। जसमध्ये प्रतिनिसभा तर्फ ९ जना र प्रदेश तर्फका २० जना रहेका छन्।अब आयोगले उम्मेदवारी फिर्ता लिएका उमेद्वारहरु बारे समन्धित दललाई पत्राचार गरिने जनाएको छ। नेकपा माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक

२९ जनाले लिए प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ता

काठमाडौँ । आगामी मंसिर चारमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी समानुपातिक तर्फका २९ जना उम्मेदवारले बन्द सूचीबाट नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार विभिन्न ७ दलका २९ जनाले उम्मेदवारी फिर्ता लिएको बताए। जसमध्ये प्रतिनिधिसभा तर्फ ९ जना र प्रदेश तर्फका २० जना रहेका छन्। अब आयोगले उम्मेदवारी […]

गोविन्द परियार काठमाडौँ–६ बाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौँ-६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन् । विगत १० वर्षदेखि काठमाडौँ महानगरपालिका–२६ बाट […]