देशका विभिन्न ठाउँमा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
भक्तपुर, भक्तपुर नगरपालिका-९ च्यामासिंह चोक नजिक बा.३ ख ४७६५ नम्बरको बस र बा.६१ प ६६१८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
सोमवार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही नगरपालिका-१० कमलविनायक बस्ने दोलखा तामाकोसी गाउँपालिका-१ भीरकोटकाका ३४ वर्षीय देबेन्द्र कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका...