एकै पटक ७२ जना कलाकारले नाच्न मिल्ने गरी बनाइँदै एमाले महाधिवेशनको   मञ्च

नेकपा एमाले महाधिवेशन आउँदो १० मंसिरबाट चितवनमा सुरु हुँदै छ । महाधिवेशनस्थलको नक्सांकन गरिएको एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार १०० अतिथि रहने गरी आकर्षकमञ्च निर्माण गरिनेछ । एकै पटक ७२ जना कलाकारले प्रस्तुति दिन मिल्ने गरी मञ्च बनाइने उनले जानकारी दिए । चार खण्डमा हुने मञ्चको माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्ड केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहने श्रेष्ठले जानकारी दिए । आठ फिट अग्लो, ३० फिट

सम्बन्धित सामग्री

नारायणी किनारमा एमाले महाधिवेशनको चटारो : रातभर यसरी हुँदैछ काम (फोटोफिचर)

नारायणगढस्थित नारायणी नदी किनारको लमतन्न मैदान । जहाँ एमालेको १० औँ महाधिवेशनको भव्य उद्घाटनका लागि मञ्च निर्माण गर्ने चटारो छ । रातोपाटी टीम बुधबार राति १० बजे नारायणी किनारमा भइरहेको मञ्च निर्माणस्थल पुग्दा ४० जना हाराहारीमा कालिगडहरू धमाधम स्टेज निर्माण खटिएका देखिन्थे । कोही होर्डिङ बोर्ड मिलाउन व्यस्त थिए त कोही सजावटमा खटिएका थिए । यस्तै महाधिवेशनमा प्रदर्शनका लागि विभिन्न सजावट पनि बनाइँदै थियो । यहीबीचमा ठेकेदार राजकुमार पटेर कालिगडलाई छिटो काम सक्नुपर्ने बाध्यता रहेको भन्दै भटाभट काम गर