एनआरएनए महाधिवेशन अनिश्चित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनमा एकपक्षीय रूपमा महाधिवेशन प्रतिनिधि चयन गरेपछि रोकिएको निर्वाचन र महाधिवेशन कहिले हुने हो भन्ने अनिश्चित रहेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल अक्टोबर १८ देखि समाप्त भएकोले विधान मुताविक संरक्षक परिषद्लाई जिम्मा दिनु पर्नेमा जिम्मा न दिएर आलटाल गर्ने काम भै रहेको छ । परराष्ट्र मन्त्रालयमा […] The post एनआरएनए महाधिवेशन अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

हिमालय होटलमा सम्पन्न एनआरएनए महाधिवेशन आधिकारिक : गुरुङ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताको बारेमा बोल्दै एनआरएनए  सचिव टीका गुरुङ (राधिका)ले हिमालय होटलमा सम्पन्न संघको महाधिवेशन नै आधिकारिक रहेको धारणा व्यक्त गरेकी छन् । लन्डनस्थित फानवरोमा सोमवार आयोजित एक कार्यक्रममा अतिथिको रुपमा  बोल्दै उनले सो कुरा बताएकी हुन् ।हाल उनी भ्रमणका क्रममा बेलायत आएकी हुन् । संघको १० औं महाधिवेशनका सम्बन्धमा अधिकांश राष्ट्रिय समिति स्पष्ट रहे पनि एक दुईवटा भने पर्ख र हेरको अवस्थामा रहेको उनले बताइन् । गैरआवासीय नेपाली संघले कोभिड महाम

एनआरएनए महाधिवेशन : शेष घलेले डाके तयारी भेला

एनआरएनएको १० औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रमुख संरक्षक शेष घलेले तयारीलाई तीव्रता दिएका छन् । घलेले महाधिवेशनका विषयमा छलफल गर्न तयारी समितिका संयोजक सोनाम लामाको निवासमा शनिबार बैठक राखेका छन् ।वर्तमान नेतृत्वले एकपक्षीय ढंगबाट निर्वाचन कार्यक्रम अघि बढाएपछि एनआरएनए विभाजनको संघारमा पुगेको भन्दै घलेले हस्तक्षेप गरी लामाको संयोजकत्वमा  समिति बनाएका थिए । सोही समितिमार्फत महाधिवेशन तयारीका गतिविधिबारे जानकारी लिन उनले भेला डाकेका हुन् । एनआरएनए पदाधिकारीहरूका अलावा अध्यक्षका आका

एनआरएनए महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले सङ्घको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गर्नुभएको छ । सङ्घको विधान २००३ (२०२१ संशोधनसहित) को धारा १६.१.४ अनुसार उहाँले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गर्नुभएको आज विज्ञप्तिमार्फत जनाउनुभएको छ । गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद् (एनसिसी)मध्ये …

एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद टुंगियो

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाविधेशन प्रतिनिधि विवाद टुंगिएको छ । संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुंग्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो । ‘यदि कसैले बीचमा खेल खेलेन भने समितिभित्र महाधिवेशन प्रतिनिधि विवाद टुंग्गो लागेको छ,’ जोशीले भने । संघका अध्यक्ष कुमार पन्तले गठन गरेको […]

एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन प्रतिनिधि विवाद टुङ्गिएको छ । संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुङ्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो ।'यदि कसैले बीचमा खेल खेलेन भने समितिभित्र महाधिवेशन प्रतिनिधि विवाद टुङ्गो लागेको छ,' जोशीले भने । संघका अध्यक्ष कुमार पन्तले गठन गरेको सो समितिमा सर्वसम्मतले महाधिवेशन प्रतिनिधि मिलाएर चुनावमा जाने सहमति भएको जानकारी जोशीले दिए ।यसअघि संघले सल्लाहकारद्वय विश्वआर्दश पण्डि

एनआरएनए महाधिवेशन : मुख्यसचिव र सेनाप्रमुखलाई विवादमा तान्ने प्रयास

लन्डन, २२ मंसिर : गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनसम्बन्धी विवादमा मुख्यसचिव शंकरदास बैरागी र सेनाप्रमुख प्रभुराम शर्मालाई तान्ने प्रयास भएकाे छ । गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनका अध्यक्ष प्रत्यासी कुल आचार्यले केही दिनअघि मुख्यसचिव बैरागी र सेनाप्रमुख शर्मालाई काठमाडाैंको होटेल र्‍याडिसनमा रात्रीभोज दिएकाे भन्दै अर्काे पक्षले संघको निर्वाचन विवादमा शक्ति प्रदर्शन गर्न खोजेकाे आराेप लगाएकाे […]

एनआरएनए महाधिवेशन ६ महिनाभित्रै गर्छौं : अध्यक्ष पन्त

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ महाधिवेशन तथा विश्व सम्मेलन छ महिनाभित्रै सम्पन्न गरिने  भएको छ ।  पदाधिकारीहरूको बैठकले स्थगित महाधिवेशन छ महिनाभित्रै गर्नेगरी पहल थालिएको अध्यक्ष कुमार पन्तले बताए । उक्त संस्थाकोे अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार सम्पन्न भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको थियो । अध्यक्ष पन्तले स्थगित महाधिवेशन र सम्मेलन

परराष्ट्र मन्त्रालयको पत्रले एनआरएनए महाधिवेशन स्थगित

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को ६–८ कात्तिकमा काठमाडौँमा हुने भनिएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन सर्ने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर मात्रै महाधिवेशन गर्न निर्देशन दिएपछि आइतबार बसेको एनआरएनएको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्ने विधान […]

तोकिएको मितिमा एनआरएनए महाधिवेशन नहुने निश्चित

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को विश्व सम्मेलन तथा दसौँ महाधिवेशन तोकिएको समयमा नहुने भएको छ । विवादले उग्र रूप लिएपछि परराष्ट्र मन्त्रालयले यसअघिनै निर्वाचनका गतिविधि रोक्न भनेको थियो। यद्यपि निर्वाचन समयमै हुने दाबी हुँदै आएको थियो। यसैबीच परराष्ट्र मन्त्रालयले पुनः अध्यक्ष कुमार पन्तलाई ६५ प्रतिशत पुरानो समितिलेले चयन गर्न पाउने प्रावधान विधान […]