हिमालय होटलमा सम्पन्न एनआरएनए महाधिवेशन आधिकारिक : गुरुङ

 गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताको बारेमा बोल्दै एनआरएनए  सचिव टीका गुरुङ (राधिका)ले हिमालय होटलमा सम्पन्न संघको महाधिवेशन नै आधिकारिक रहेको धारणा व्यक्त गरेकी छन् । लन्डनस्थित फानवरोमा सोमवार आयोजित एक कार्यक्रममा अतिथिको रुपमा  बोल्दै उनले सो कुरा बताएकी हुन् ।हाल उनी भ्रमणका क्रममा बेलायत आएकी हुन् । संघको १० औं महाधिवेशनका सम्बन्धमा अधिकांश राष्ट्रिय समिति स्पष्ट रहे पनि एक दुईवटा भने पर्ख र हेरको अवस्थामा रहेको उनले बताइन् । गैरआवासीय नेपाली संघले कोभिड महाम