तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ । यसअगाडि नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो ।व्यास नगरपालिकाले आजदेखि २० गतेसम्म विद्यालयमै खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। यसक्रममा हालसम्म एक पटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइने उनले बताए । १४ वटै वडामा रह