स्याङ्जा : ६० वर्षीय किसान घिलेले मन्दिरमा नगरा बजाउन थालेको २१ वर्ष पूरा भयो। सरकारी जागिर खाएको भए अहिलेसम्म पेन्सन पाकिसक्थ्यो तर उनी अहिले पनि दैनिक ८२ रुपैयाँ १३ पैसामा काम गरिरहेका छन्।शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी मन्दिरमा नगरा बजाउने घिलेको दैनिकी वर्षौंदेखि उस्तै छ। जिल्लाकै दुर्गम मानिएको कालीगण्डकी गाउँपालिकामा थुप्रै बाटा बनेका छन्। यहाँका ८० प्रतिशत नागरिकको घरमा धारो र बिजुली बत्ती पुगेको छ। गाउँपालिकामा शिक्षा र स्वास्थ्यका