काठमडौं, १५ फागुन । सत्ता गठबन्धन नजोगाए राजनीतिक भविष्य नै संकटमा पर्न सक्ने भएबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कठिन निर्णयको घडीमा छन् । दुवैले एमसीसी अनुमोदनका लागि पार्टीबाट निर्णय गराउन बैठक डाकेका छन् । प्रचण्डले खुमलटारमा माओवादीका प्रभावशाली नेताहरुसँग छलफल सुरु गरिसकेका छन् । […]