आईपिओको तयारीमा रहेको नर्भिकले दियो ५० प्रतिशत बोनस, अधिकृत पुँजी १ अर्ब कायम

नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभा(एजीएम)ले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । आइपीओ निश्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७÷७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो । नर्भिक अस्पतालको हालको चुक्तापूँजी १५ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यस्तै, एजीएमले हाल ३० करोडमा सीमित अधिकृत पूँजीलाई बढाएर १०० करोड पुर्याउने प्रस्ताव समेत पारित गरेको छ । नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७÷७८ मा ८ करोड ५६ लाख खूद मुनाफा आर्जन गरेको थियो । सोही मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत व्यवस्थापन हुने बताइएको छ ।  नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको अस्पतालले जनाएको छ। 

सम्बन्धित सामग्री

नर्भिकले ४० प्रतिशत लाभांश दिने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । हस्पिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट आफ्ना शेयर धनीलाई ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । नर्भिकले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिनेछ । गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको […]

नर्भिक अस्पतालको ५० प्रतिशत बोनस सेयर पारित

नर्भिक इन्टरनेशनल हस्पिटलले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।पब्लिक कम्पनीमा रुपान्तरण भई आयोजना भएको पहिलो वार्षिक साधारणसभाबाट नर्भिकले ५० प्रतिशत बोनस सेयर दिने. प्रस्ताव पारित गरेको हो ।आइपीओ निश्कासनको तयारीमा रहेको नर्भिकले आर्थिक वर्ष २०७७÷०७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।अस्पतालको […]

आईपीओ जारी गर्ने तयारीमा रहेको नर्भिक अस्पतालले पारित गर्‍यो ५० % लाभांश

पुस २८, काठमाडौं । सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीले यस वर्ष ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएपछिको पहिलो वार्षिक साधारण सभा बुधवार सम्पन्न गरी कम्पनीले ५० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको हो ।  कर प्रयोजनका लागि नगद लाभांशसमेत कम्पनीलेनै व्यवस्थापन गर्ने जानकारी दिएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ को खुद मुनाफाबाट बोनस शेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । नर्भिकले हाल कायम चुक्तापूँजी रू. १५ करोडको आधारमा ५० प्रतिशत बोनस शेयर वितरणपछि चुक्तापूँजी रू. २२ करोड ५० लाख पुग्नेछ । कम्पनीले साधारण सभाबाटै हाल रू. ३० करोडमा सीमित अधिकृत पूँजीलाई बढाएर रू.१ अर्ब पुर्‍याउने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ मा रू. ८ करोड ५६ लाख खुुद मुनाफा आर्जन गरेको थियो । सभाले सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ । सभामा अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेलासमेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको बताए । महामारीको समयमा जनमानसप्रति सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइएकोे र नर्भिकले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि प्रभावकारी कार्यक्रमहरु गरेको उनले बताएका छन् । उनले अस्पतालमा हालै आईभीएफ सेन्टर सञ्चालनमा आएकाले निकट भविष्यमै अन्तरराष्ट्रिय स्तरको स्किन सेन्टर स्थापनाको तयारी भइरहेको समेत बताए । उनले हस्पिटल व्यवस्थापनका लागि आधुनिक सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइने, अस्पतालका सेवालाई आधुनिकीकरण गर्दै लैजाने, हस्पिटल सेवा विस्तारका लागि नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाउने र सर्वसाधारणका लागि शेयर निश्कासनको प्रक्रिया अगाडि बढाइने योजनासमेत रहेको बताए । सभामा कम्पनीका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरी, प्रबन्ध निर्देशक मेगा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र तथा सञ्चालक र शेयरधनीको सहभागिता रहेको थियो ।