बन्दीपुरका किसानलाई आलु बिउ वितरण

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बिउ वितरण गरेको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी ९ हजार ३०० किलोग्राम आलु बिउ वितरण गरिएको हो ।      गाउँपालिकाले एमएस ४२ नीलो र गजुरी रातो उन्नत जातका आलुको बिउ वितरण गरिएको जनाएको छ । विभिन्न व्यावसायिक संस्थामा आबद्ध किसानलाई ५ हजार ३०० र समूह र सहकारीमा आबद्ध किसानलाई ४ हजार किलोग्राम आलुको बिउ वितरण गरिएको हो । प्रतिकिलो ५४ रुपैयाँ पर्ने आलुको बिउमा गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।      गाउँपालिकाभित्रका किसानलाई आवश्यक पर्ने आलुको बिउका लागि सूचना प्रकाशित गरी मागअनुसार बिउ मगाएर वितरण गरिएको गाउँपालिका कार्यालयले बताएको छ ।      गाउँपालिकाका किसानलाई तरकारी खेतीतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउनुका साथै उनीहरूको आयआर्जन सबल बनाउने प्रयास गर्दै पालिका अध्यक्ष पूर्णसिं थापाले बताए ।      किसानलाई अनुदान, उन्नत बिउ, कृषियन्त्रमा समेत सहयोग गर्दै आएको उनको भनाइ छ । किसानका लागि अनुदानका कार्यक्रम ल्याएपछि थप उत्साहित भएर कृषि पेसामा लाग्न थालेको उनले बताए । गाउँपालिकाभित्रका किसानलाई बाख्रा, कुखुरा, फलफूल तरकारी, दुग्ध उत्पादनलगायत क्षेत्रमा अनुदान प्रदान गरेर उत्प्रेरणा जगाउने कामसमेत गाउँपालिकाले सुरु गरिसकेको छ । रासस

सम्बन्धित सामग्री

गुल्मीमा स्थानीय जातको धानबाली संरक्षण गर्न बिउ वितरण

१९ जेठ, गुल्मी । गुल्मीका किसानलाई अनुदानमा स्थानीय जातको धानको बिउ वितरण गरिएको छ । स्थानीय जातको धान बाली संरक्षण गर्ने उद्देश्यले कृषि ज्ञानकेन्द्रले किसानलाई ९० प्रतिशत अनुदानमा हंसराज जातको धानको बिउ वितरण गरेको छ । स्थानीय जातका विभिन्न बलीहरु मासेर उन्नत हाइब्रिड जातका बालीतर्फ किसानहरू आकर्षित भइरहेको समयमा ज्ञानकेन्द्रले किसानलाई स्थानीय जातको धानको बिउ […]

किसानलाई आलुको बिउ वितरण

इलाम नगरपालका चार वडा कार्यालयले किसानलाई एक सय ४२ मन आलुको बिउ वितरण गरेको छ । किसानलाई हिउँदे आलुको बिउ वितरण गरिएको हो । किसानको १० प्रतिशत लागत साझेदारीमा वडाले उन्नत जातको आलुको बिउ वितरण गरेको वडा अध्यक्ष नुतनदेव दुलालले बताए । उनले आर्थिक विकास कार्यक्रम अन्तरगत किसानलाई विभिन्न जातका आलु वितरण गरेको बताए । […]

किसानलाई आत्मनिर्भर बनाउन आलुको बिउ वितरण

पाल्पा । रिब्दीकोट गाउँपालिकाले व्यवसायिक रुपमा आलु खेती गरेर पालिकाभित्रका किसानलाई आत्मनिर्भर बनाउन पहिलो प्रयास स्वरुप किसानलाई अनुदानको आलुको बिउ वितरण गरेको छ । गाउँपालिकाले १५ दिने सूचना निकालेर मागको आधारमा किसानलाई ७० हजार किलो आलु वितरण गरेको छ । यो आलु ५० प्रतिशत अनुदानमा बितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो । कृषिमार्फत […]

म्याग्दीका किसानलाई अनुदानमा उन्नत जातको मकैको बिउ वितरण

म्याग्दी – खाद्यान्न बालीको सुरक्षा र उत्पादन वृद्धि गर्नका लागि म्याग्दीका किसानहरुलाई उन्नत जातको मकैको बिउ वितरण गरिएकाे छ। किसानलाई पालिकामार्फत ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गरिएको हो ।  चालु आर्थिक वर्ष २०७८/७९ को ससर्त खाद्यान्न बाली उन्नत बिउ उपयोगमा मूल्य अनुदान कार्यक्रमअन्तर्गत किसानहरुलाई अनुदानमा मकैको बिउ वितरण गरिएको पालिकाले जनाएका छन् । ग्रामीण भेगका किसान, कृषक समूह र कृषि सहकारी सङ्घसंस्थाको मागअनुसार  मकैको बिउ वितरण गरिएको छ ।  छ वटा पालिका रहेको म्याग्दीमा यसवर्ष बेनी ...

गाउँपालिकाद्वारा अनुदानमा किसानलाई आलुको बिउ वितरण

रसुवाको उत्तरगया गाउँपालिकाले किसानहरुलाई अनुदानमा आलुको बिउ उपलब्ध गराउन सुरु गरेको छ। आलुखेतीलाई व्यावसायिक बनाई जीवन निर्वाहमा सघाउ पुर्याउन गाउँपालिकाले किसानहरुलाई आलुको बिउ उपलब्ध गराउन सुरु गरेको हो। गाउँपालिकाले शनिबारदेखि ५०...

रसुवाको उत्तरगया गाउँपालिकाद्वारा किसानलाई आलुको बिउ वितरण

रसुवाको उत्तरगया गाउँपालिकाले किसानहरूलाई आलुको बिउ उपलब्ध गराउन सुरु गरेको छ । आलु खेतीलाई व्यावसायिक बनाई जीवन निर्वाहमा सघाउ पुर्‍याउन गाउँपालिकाले किसानहरूलाई आलुको बिउ उपलब्ध गराउन सुरु गरेको हो ।गाउँपालिकाले शनिबारदेखि ५० प्रतिशत अनुदानमा गाउँपालिकाको तिरु, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई आलुको बिउ वितरण गर्न सुरु गरेको छ । शनिबार गाउँपालिकाको वडा नम्बर १ तिरुमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले ७० जना किसानलाई आलुको बिउँ वितरण गरेका छन् । प्रति

वीरगञ्जका किसानलाई अनुदानमा गहुँको बिउ वितरण

१२ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ३२ वटा वडाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ । ३५ रुपैयाँ प्रतिकिलोका दरले ३० मेट्रिक टन गहुँको बिउ वितरण गरिएको महानगरले जनाएको छ । ३२ वटै वडाका किसानलाई एलएल ९७१ जातको बिउ वितरण गरिएको कृषि शाखाले जानकारी दिएको छ । एलएल ९७१ तराईका लागि सिफारिस […]

किसानलाई अनुदानमा गहुँको बिउ वितरण

वीरगन्ज महागनगपालिकाले महानगरक्षेत्र भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ ।महानगरपालिका क्षेत्र भित्रका किसानहरुलाइ उन्नत जातको गहुँको बिउ आजबाट वितरण गर्न सुरु गरेको हो । महानगरका कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गरी उत्पादकत्व बढाउनका महानगरपालिकाले अनुदानमा गहुँको विऊ वितरण थालेको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले बताए । महानगरपालिकाभित्र खेती योग्य जमिनमा गहुँबाली […]

किसानलाई अनुदानमा गहुँको बिउ प्रदान

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको छ। गहुँ प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत नगरपालिको कृषि शाखाले किसानलाई अनुदानमा १८ हजार ६६० किलो बीउ वितरण गरेको हो।कृषि शाखाका प्राविधिक सहायक करन सिंह बुढाऐरका अनुसार नगरपालिकामा क्रियाशील १८ वटा कृषि सहकारी, २२ वटा कृषि समूह र ४५ वटा कृषि फार्ममार्फत ३२५ जना किसानलाई उन्नत जातको गहुँको बिउ वितरण गरिएको छ।गहुँ प्रवर्द्धन कार्यक्रमअन्तर्गत संघीय सरकारबाट प्राप्त २० लाख र

भक्तपुरका किसानलाई गहुँ र आलुको बिउ वितरण

३० कात्तिक, काठमाडौं । भक्तपुर नगरपालिकाले किसानलाई उन्नत जातको गहुँ र आलुको बिउ वितरण गरेको छ । मंगलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजपातिले वडा नम्बर १ का किसानहरुलाई प्राथमिकताका आधारमा १ पाथी गहुँ र ५ केजी आलुको बिउ वितरण गरेका हुन् । सो क्रममा नगरप्रमुख प्रजापतिले गहुँ बालीका लागि रासायनिक मलको अभाव हुन नदिने बताएका […]