म्याग्दीका किसानलाई अनुदानमा उन्नत जातको मकैको बिउ वितरण

म्याग्दी – खाद्यान्न बालीको सुरक्षा र उत्पादन वृद्धि गर्नका लागि म्याग्दीका किसानहरुलाई उन्नत जातको मकैको बिउ वितरण गरिएकाे छ। किसानलाई पालिकामार्फत ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गरिएको हो ।  चालु आर्थिक वर्ष २०७८/७९ को ससर्त खाद्यान्न बाली उन्नत बिउ उपयोगमा मूल्य अनुदान कार्यक्रमअन्तर्गत किसानहरुलाई अनुदानमा मकैको बिउ वितरण गरिएको पालिकाले जनाएका छन् । ग्रामीण भेगका किसान, कृषक समूह र कृषि सहकारी सङ्घसंस्थाको मागअनुसार  मकैको बिउ वितरण गरिएको छ ।  छ वटा पालिका रहेको म्याग्दीमा यसवर्ष बेनी ...

सम्बन्धित सामग्री

अनुदानमा पाएको मकैको बिउ उम्रिएन

झापा, १५ चैत । मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् । पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वटाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले एकाध किसान मकैको बिउ नम्रिएको गुनासो […]

धान र मकैको बिउ वितरण

भेरी नगरपालिकाले धान र मकैको बिउ वितरण गरेको छ । कृषि पेसाबाट आत्मनिर्भर किसानलाई अनुदानमा धान र मकैको बिउ वितरण गर्न थालेको हो ।

मकै नउम्रेपछि किसानको लगानी खेर

झापाका किसानले उन्नत जातको भनेर लगाएको मकै नउम्रेपछि समस्या सिर्जना भएको छ भने लगानी खेर गएको छ । स्थानीय तहले अनुदानमा वितरण गरेको मकै र किसानले बजारबाट किनेर लगेको मकैको बिउ नउम्रेपछि किसानको लगानी खेर जाने अवस्था आएको हो । जिल्लाको मेचीनगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको मकै नउम्रेपछि किसानले यस विषयमा आपत्ति जनाएका छन् । मेचीनगर–१०, धुलाबारीस्थित खड्का कृषि भण्डारले बिउ उपलब्ध गराएको थियो । नगरपालिकाले अनुदानमा उपलब्ध गराएको मकै किसानले यहीँबाट लगेका थिए । रामपुर कम्पोजिट जातको मकैको बिउ किसानलाई अनुदानमा उपलब्ध गराउन गरिएको आह्वानअनुसार खड्का कृषि भण्डारको फर्मलाई नगरपालिकाले प्रक्रिया पु-याएर छनोट गरेको थियो । प्रतिकिलो १०४ रुपियाँ ८० पैसाको ५० प्रतिशत तिरेर किसानले मकै रोपेका थिए