काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध बुधबार प्रदर्शन गरिएको छ । विभिन्न संघ–संगठनमा आबद्ध व्यक्तिहरूले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
ठूलो संख्यामा रहेका प्रदर्शनकारीले एमसीसीविरुद्ध नाराबाजी गरिरहेका छन् । विरोधमा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन् । प्रहरीले पानीको फोहरा प्रयोग गरी...